• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शरिरलाई फुर्तिलो र जवान राख्न गर्नुहोस् यी काम

by
१९ बैशाख २०८०,
0
शरिरलाई फुर्तिलो र जवान राख्न गर्नुहोस् यी काम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ढल्कदो उमेरसँगै मानिसको शरिर पनि फुल जस्तै ओइलिएर जान्छ । साधारणतया ४० कटेपछि मनिसमने शरिरमा बुढ्यौलीपन देखिन सुरु गर्छ । तर कतिपय मानिसहरुको शरिर उमेर ढल्केपनि जवान र फुर्तिलो देखिन्छ । मानिसको खानपान र दैनिक क्रियाकलापले मासिको शरिरमा आउने परिवर्तानमा ठुलो भुमिका खेल्ने गर्दछ ।

फुर्तिलो स्वस्थ्य र सुन्दर शरिर होस भन्ने सबैको इच्छा हुन्छ हामीले दैनिक रुपमा गर्ने काम र खान पान थोरै परिवर्तन गर्न सकेमा हाम्रो शरिरलाई फुर्तिलो र जवान राख्ने इच्छा पूरा गर्न मद्दत गर्न सक्छ।

सबैजना आफ्नो उमेर भन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिए पुग्छ ।

बुढ्यौली घटाउन यी टिप्स अपनाउनुहोस्
– राति सुत्नुअघि पाँचवटा बदाम, एक ओखर र सूर्यमुखीको दाना भिजाउनुहोस्। बिहान सबभन्दा पहिले यी चिजहरू खानुहोस् । तपाईंको स्वास्थ्यको साथसाथै, यो तपाईंको छालाको लागि पनि लाभदायक साबित हुन सक्छ।

– यसका अलावा राति सुत्नुअघि मोबाइल र ग्याजेटहरूबाट टाढा रहनुहोस्, यसले तपाईंको निद्रामा बाधा पुर्‍याउन सक्छ। त्यसैले सुत्दा तिनीहरूलाई आफूबाट टाढा राख्नुहोस्।

– यसबाहेक, तपाईंले आफ्नो दिनचर्यामा व्यायाम समावेश गर्नुपर्छ। यसो गर्नाले तपाईको शरीर तन्दुरुस्त रहन्छ र तपाईलाई धेरै रोगबाट बचाउन पनि मद्दत गर्न सक्छ।

– आफ्नो छालाको हेरचाहलाई दिनचर्यामा समावेश गर्नुहोस्। पर्याप्त मात्रामा पानी पिउनुहोस्। राति सुत्नुअघि छालालाई राम्ररी सफा गर्नुहोस् । मोइस्चराइजर वा सीरम लगाएर सुत्नु

शरिरलाई फुर्तिलो र जवान राख्न खानुहोस यी खाना
१. माछा
यदि तपाईं मांसाहारी हुनुहुन्छ भने हप्तामा दुई पटक सेल्मन, मेकेरल र सार्डिनजस्ता माछालाई आफ्ना खानामा समावेश गर्नुहोस् किनभने यसमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ । यो ओमेगा थ्री फ्याटी एसिड मुटुका लागि निकै स्वस्थबर्धक हुन्छ ।

२. जैतुनको तेल
चिकित्सकका अनुसार रिफाइन्ड वा अन्य कुनै तेलको साटो यदि खानामा जैतुनको तेल प्रयोग गरिन्छ भने यसले तपाईंको तेललाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा हाइपरटेन्सन र मधुमेहजस्तो रोग नियन्त्रण हुन्छ ।

३. दही
उमेर बढेसँगै हड्डी पनि कमजोर हुन थाल्छन् किनभने तपाईंको शरीरमा क्रमशः क्याल्सियमको कमी हुन थाल्छ । त्यसकारण यस्तो अवस्थामा तपाईं क्याल्सियमले भरपुर खानेकुरा जस्तै दुध, दही, पनिर आदिको सेवन गर्नुहोस् ।

४. रातो र सुन्तला रङका तरकारी तथा फलफूल
खरबुजा, स्ट्रबेरी, गोलभेडा, रातो, पहेंलो क्याप्सिकमलगायतका फलफूल र सागसब्जीमा लाइकोपिन नामको एक प्राकृतिक तत्वले भरिपूर्ण हुन्छ । यो एक प्रकारको प्राकृतिक रसायन हो जसको सेवनले प्रोस्टेट क्यान्सर र फोक्सोको क्यान्सरलाई पनि रोक्न सहयोग गर्छ । अध्ययनमा पत्ता लागे अनुसार यो खाद्य पदार्थले तपाईंलाई स्ट्रोकबाट पनि बचाउन सक्छ ।

५. ब्रोकोली
ब्रोकोली र हरियो पात भएका सागसब्जी भिटामिन र एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ र यसमा फाइबरको मात्रा पनि अत्यधिक हुन्छ । यी सब्जीको सलाद र अन्य कुनै रुपमा सेवन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । यसको सेवनले मधुमेह, क्यान्सर र मुटु रोग आदिबाट शरीरलाई टाढा राख्छ । साथै, यसले तौल पनि नियन्यत्रण गर्छ ।

६. बदाम, काजु, ओखर, किसमिस
सबै प्रकारका नट्सले तपाईंको छालालाई जवान बनाइराख्छ । बदाम, ओखर, काजु, किसमिस, पिस्ताजस्ता नट्समा बुढ्यौली कम गर्ने शक्ति हुन्छ । यसमा विशेष प्रकारको पोषक तत्व हुन्छ जसले उमेर सम्बन्धी मुटु रोग, स्ट्रोक, टाइप टु मधुमेह र कुनै क्यान्सरसम्म रोक्न मद्दत गर्नसक्छ । नट्सले तपाईंको दिमागको समेत रक्षा गर्छ ।

७. सख्खरखण्ड
सख्खरखण्डमा भरपुर मात्रामा बिटा क्यारोटिन हुन्छ जसले तपाईंको शरीरलाई भिटामिन ए प्रदान गर्छ । यो भिटामिन स्वस्थ दृष्टि र छालाका लागि महत्वपूर्ण छ । यसले तपाईंको प्रतिरोधी क्षमतालाई पनि बलियो राख्छ । तपाईंले एक मध्यम सख्खरखण्डमा जति भिटामिन ए पाउनुहुन्छ त्यो पाउन तपाईंले पाकेको २३ कप ब्रोकोली खानुपर्छ ।

८. मसला
यसले तपाईंको खानालाई स्वादिष्ट मात्रै बनाउने होइन, यसले तपाईंलाई स्वस्थ पनि राख्छ । वास्तवमा मसलामा एन्टिअक्सिडेन्ट हुन्छ जसले तपाईंलाई वर्षौंसम्म स्वस्थ रहन मद्दत गर्छ । उदाहरणका लागि लसनुले तपाईंको रक्त नलीलाई खुल्ला राख्न मद्दत गर्छ । दालचिनीले तपाईंलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स ९रगतमा हुने बोसो० लाई कम गर्न मद्दत गर्छ । बेसारले तपाईंलाई अवसाद र अल्जाइमर रोगबाट बचाउन सक्छ । ताजा मसलाको प्रयोग गर्नुहोस् तर कुनै पनि सप्लिमेन्ट लिनुभन्दा अघि डाक्टरको सल्लाह लिनुहोस् ।

९. पानी
जति–जति तपाईंको उमेर बढ्छ, तपाईंको शरीरमा त्यति नै पानीको कमी हुन थाल्छ । साथै तपाईंको प्यास पनि मेटिन थाल्छ । तसर्थ तपाईं कम पानी पिउन थाल्नुहुन्छ । पानी तपाईंको स्वास्थ्यका लागि थुप्रै प्रकारले आवश्यक छ । यसले तपाईंको जोर्नीलाई लचिलो बनाउँछ । तपाईंको शरीरको तापक्रमलाई नियन्त्रित गर्न मद्दत गर्छ र तपाईंको मनोदशालाई प्रभावित गर्छ । छालालाई हाइड्रेट राख्नका लागि कम्तीमा ८ गिलास पानी पिउनै पर्छ ।

Previous Post

अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिँदै छ : अध्यक्ष ओली

Next Post

महावीरका केही अमर वाणीहरु

सम्बन्धित खबर

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
आवाज

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

१८ चैत्र २०८२,
आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
Load More
Next Post
कसैसँग नडराऊ र कसैलाई डर नदेखाऊ –महावीर

महावीरका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In