• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित

by
१६ बैशाख २०८०,
0
चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजात गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ । नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन् । चार महिना यातायातका साधन ठप्प हुँदा स्थानीय मर्कामा पर्ने गरेका छन् । नरेठाँटीभन्दा केही माथि तोरीखोला घरबास छ । यातायात सञ्चालन नहुँदा घरबासमा पाहुनासमेत पुग्न सक्दैनन् । लामो समयदेखि बर्खामा समस्या भोग्दै आएका स्थानीय अहिलेको बर्खामा भने गाडी सञ्चालन हुन्छ भन्नेमा आशावादी छन् । चुक्तीखोलामा अहिले मोटरेबल पुल बन्न थालेपछि उनीहरुमा आशा पलाएको हो ।

दुई वर्ष अगाडि चुक्तीखोलामा पुल बनाउने सम्झौता भए पनि निर्माण कम्पनीले काम गरेको थिएन । केही समय यता पुल निर्माणले गति लिएको छ । पुल निर्माण हुन थालेपछि स्थानीयसमेत हर्षित छन् । अहिले पुलको ढलानको काम हुन थालेको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरेको बजेटले यहाँ पुल निर्माण हुन थालेको हो । विसं २०७८ वैशाखमा पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०८९ वैशाखमा पुल निर्माण सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण कम्पनीले समयमै पुल सम्पन्न नगरेपछि विसं २०८९ पुससम्म म्याद थप गरिएको थियो । पुसमा पनि पुल बनेन । निर्माण कम्पनीले असार मसान्तसम्म सक्नेगरी धमाधम काम गरिरहेको गलकोट नगरपालिकाका सबइञ्जिनियर चन्द्र पुनले जानकारी दिनुभयो । पुल निर्माणका लागि रु दुई करोड तीन लाखमा जुम्ली÷विके जेभिले जिम्मा लिएको पुनको भनाइ छ ।

पुनका अनुसार अहिले पुलको ८५ प्रतिशत काम सकिएको छ । उहाँ भन्नुहुन्छ, “सुरुमा निर्माण कम्पनीले विभिन्न समस्या देखाएर काम गरेन, अहिले तीव्र गतिमा काम भएको छ, यो पुल अघिल्लो वर्षमै सकिएर सञ्चालनमा आउनुपर्ने हो, तर काम नहुँदा अहिलेसम्म सञ्चालन हुन सकेको छैन, धेरै काम बाँकी छैन, अहिलेकै हिसाबले काम निरन्तर भयो भने अबका दुई÷तीन महिनामा पुल सम्पन्न हुन्छ, यो बर्खामा सञ्चालन हुने देखिएको छ ।” अहिलेसम्म पुल नबन्दा आफूहरुले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको स्थानीय कृषक हिराबहादुर पुनले बताउनुभयो । उहाँले खास गरी गाउँमा कृषकले बर्खे तरकारी बढी उत्पादन गर्ने जनाउँदै खोलामा पुल नबन्दा डोकोमा बोकेर बजारसम्म पु¥याउनुपरेको दुखेसो पोख्नुभयो । पुल निर्माणपछि उत्पादनले बाह्रै महिना बजार पाउने पुनको भनाइ छ । सडक नजिक भए पनि बर्खामा धेरै समस्या भोग्नुपरेको पुन बताउनुहुन्छ ।

“हिउँदमा कुनै समस्या छैन, साना ठूला सबै गाडी खोला तर्छन्, बारीबाटै तरकारी बेच्न सकिन्छ, तर बर्खामा चुक्तीखोला उर्लेर आउँछ, खोला वारपार गर्न पनि निकै कठिन हुन्छ, वारपारका लागि बनाइएको झोलुङ्गे पुल पनि पुरानो भएको छ”, पुनले भन्नुभयो, “ज्यानलाई हत्केलामा राखेर पुल तर्नुपर्छ, न झोलुङ्गे पुल गतिलो छ, न मोटर गाडी तर्ने पुल, खोलामा पुल बनाउन थालेको पनि दुई÷तीन वर्ष भयो, अहिले त सक्छन् कि जस्तो छ ।” गलकोट–२ का अध्यक्ष हिमबहादुर भण्डारीले पुल समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई समयसमयमा आग्रह गरिरहेको बताउनुभयो । उहाँले समयमै पुल नबन्दा बर्खामा स्थानीयलाई सामान ढुवानी गर्न निकै समस्या हुने गरेको बताउनुभयो । सबैभन्दा बढी मर्कामा कृषिक परेको उहाँको भनाइ छ ।

अध्यक्ष भण्डारी भन्नुहुन्छ, “खोला नजिकै विद्यालय र वडा कार्यालय रहेको छ, सेवाग्राही सेवा लिन आउँदा पनि खोलाको डर भइरहेको छ, यो पुल बनेपछि यस क्षेत्रका हजारौँ नागरिकलाई सहज हुने थियो, बर्खाको समय गाउँमा कोही बिरामी परेर अस्पतालमा पु¥याउनुपरे झन् ठूलो समस्या पर्छ, यस वर्षदेखि पुल सञ्चालनमा आउँछ कि भन्ने अपेक्षा छ, अहिले पुलको काम धमाधम भइरहेको छ ।”

Previous Post

गर्भवती बनाउने कुर्सी

Next Post

श्रमिकको अधिकारका लागि लड्न आवश्यक

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
श्रमिकको अधिकारका लागि लड्न आवश्यक

श्रमिकको अधिकारका लागि लड्न आवश्यक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In