• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका

by
१६ बैशाख २०८०,
0
छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ । यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ । यहाँबाट नवलपरासी, चितवन, तनहुँ, गोर्खाका अग्ला डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै सुप्रसिद्ध तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि, राष्ट्रिय निकुञ्जको जङ्गल तथा मौलाकालिकालाई दाहिने पारेर सलल बगेको नारायणी नदी अवलोकन गर्न सकिन्छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने पर्यटकका लागि मौलाकालिका पनि एक धार्मिक पर्यटकीय गन्तव्य बनेको यहाँका स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।

स्वदेशी एवं विदेशी पर्यटक पुग्ने चितवनका पर्यटकीय गन्तव्यमा केबलकारको सञ्चालनसँगै अर्काे एक गन्तव्य पनि थपिएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । यहाँ जङ्गल सफारीका लागि आउने पर्यटकका लागि थप गन्तव्य बनेको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यसले चितवनको पर्यटन प्रवद्र्धनका लागि निकै सहयोग पुग्ने हामीले ठानेका छौँ । हामीले यहाँ आउने पर्यटकलाई घुमाउने गन्तव्यमा अब मौलाकालिका पनि थपिएको छ । त्यसैले यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन यसले थप सहयोग गर्छ भन्ने हाम्रो बुझाइ छ ।” केबलकार चढ्न आउने जङ्गल सफारी जाने र सफारी गर्न आउने केबलकार चढ्नसक्ने भएकाले चितवन आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने उहाँको भनाइ छ । नारायणगढबाट नारायणी नदीको पुल पार गर्नेबित्तिकै दाँहिनेतर्फ दुई किलोमिटरमा मन्दिरको फेदीको प्रवेशद्वार पुगिन्छ । त्यहाँबाट केबलकारको पाँच मिनेटको यात्रामा मन्दिर नजिकै पुग्न सकिन्छ । मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरण छ ।

केबलकारबाट पनि यो प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ । समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर अवस्थित छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गैँडाकोटमा केबलकार सञ्चालनमा आउँदै गर्दा यसको प्रत्यक्ष लाभ भरतपुरले प्राप्त गर्ने बताउनुहुन्छ । यसले भरतपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मौलाकालिकामा केबलकार चल्दै गर्दा यहाँ पर्यटकको बसाई लम्बिने छ । यसका साथै चितवनमा अर्काे एक पर्यटकीय पूर्वाधार थपिएकामा हामी खुसी छौँ ।” पछिल्लो समय सो केबलकारसँगै प्याराग्लाइडिङसमेत सुरु भएको भन्दै उहाँले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारी गरिरहेकाले समयमा यी गन्तव्य महत्वपूर्ण हुने बताउनुभयो ।

यसले भरतपुर क्षेत्रको आर्थिक गतिविधि बढाउन थप सहयोग पुग्ने उहाँको विश्वास छ । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी स्थानीय तहसँग समन्वय गरेर केबलकार सञ्चालन गरेमा यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । चितवनका स्थानीय पर्यटकीय गतिविधि प्रवद्र्धनमा यस पूर्वाधारले टेवा पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले मौलाकालिकामा केबलरकार सञ्चालन हुँदै गर्दा नारायणगढ क्षेत्रका होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा मौलाकालिका केबलकार सहयोगी बन्नेछ ।” धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटा केबलकार सञ्चालनमा आएसँगै पहिले हिँडेरै जानुपर्ने अवस्था नरहेको र यसका कारण भक्तजनको सङ्ख्या बढेको बताउनुहुन्छ । केबलकार सञ्चालनमा आएपछि यहाँ २० प्रतिशतभन्दा बढी भक्तजन थपिएको र यो सङ्ख्या बढ्दै जाने देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षमा यस शक्तिपीठमा वर्षमा कम्तीमा तीन लाख ५० हजार भक्तजन जाने गरेकामा अब सबैका लागि सहज भएकाले यो सङ्ख्या बढ्ने अनुमान हामीले गरेका छौँ ।” ऐतिहासिक महत्वको यस मन्दिर चार सय ५० वर्ष पहिला सेन राज्यका पालामा निर्माण भएको जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, “डाँडाको टुप्पामा एउटा सानो मन्दिर थियो, कहिलेकाहीँ स्थानीय आदिवासी पूजाअर्चना गर्थे । सोह्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको किंवदन्ती छ ।” हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ कार्यको सुरुआतको प्रतीक मानेर पूजा गर्ने गरिएको मन्दिरको प्रशासनिक एवं व्यवस्थापकीय एक सदस्य छवि खनाल बताउनुहुन्छ । उहाँले मन्दिरलाई स्थानीयस्तरमा धेरै पटक पुनःस्थापित गरिएको भन्दै थप आगन्तुक समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको बताउनुभयो । मन्दिर व्यवस्थापन समितिले पछिल्ला वर्षमा यहाँ बलि दिने प्रथामा रोक लगाएको छ । यहाँ बलिको साटो नरिवल, फलफूल चढाउने संस्कार बढ्दै गएको छ । भगवतीको दर्शन गरी उहाँको चरणमा परेर गरेको भाकलबाट मनोकाङ्क्षा पूरा हुने विश्वास छ । विसं १९९० सम्म त्यहाँ ठूलो सालको रुख थियो भन्ने कथन रहेको छ । रुख वरिपरि ढुङ्गाको पर्खाल थियो । खिया लागेर भष्म भइसकेका खुँद आकारका फलामका हतियार थिए ।

धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिलारपत्थर थिए । आज पनि भक्तजनले तिनको पूजा गर्दै आएका छन् । मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुक भारतबाट धार्मिक आस्था राख्ने हजारौँ भक्तजन पूजा गर्न आउने गरेका छन् । नेपालका पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारी, पूर्वराजा, पूर्वमन्त्रीहरु, भारतका प्रसिद्ध योगगुरु राम देवले मन्दिरमा पूजाअर्चना तथा भ्रमण गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले विसं २०७३ वैशाख ८ गते मन्दिरमा पूजा अर्चनाका साथै मन्दिरको आवासीय सुविधाको उद्घाटन गर्नुभएको थियो । विसं २०३८ देखि संस्थागत पूजाअर्चनाका साथै जनसहभागितामा विकास निर्माण कार्य गरिँदै आएको र विसं २०५३ मा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भएपछि धार्मिक तथा अन्य पर्यटकको सङ्ख्या उल्लेखनीयरुपमा बढेको छ । स्थानीय बासिन्दा र निजी क्षेत्रको साझेदारीको नमूना परियोजनाका रुपमा छोटो समयमै यहाँ केबलकार निर्माण सम्पन्न भएको छ । “यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभई छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्ने स्थानीयको भनाइ छ । यो आयोजनाबाट पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्ने यहाँका जनप्रतिनिधिहरु बताउँछन् ।

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ । यसका साथै मौलाकालिका मन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधीन अवस्थामा छ । मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ । केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ । केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने क्षमता रहेको छ । केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो ।

देशको पूर्वपश्चिम यात्रा गर्ने व्यक्ति अधिकांश नारायणगढ पुग्नुपर्छ । नारायणगढमा कुनै व्यक्ति दुई घण्टामात्र अडिनुपर्ने अवस्था आयो भने पनि उसले मौलाकालिका पुगेर दर्शन र दृश्यावलोकन गरेर सजिलै ओर्लिन सक्छ । त्यसैले यहाँका स्थानीय पर्यटन व्यवसायीले पनि यसलाई छोटो समयकै एक आकर्षक गन्तव्यका रुपमा लिएका छन् ।

Previous Post

‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In