• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

by
१६ बैशाख २०८०,
0
व्यावसायीकतामा जोड दिन बाख्रा उपहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तरकारी खेतीमा आबद्ध रहनुभएकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उहाँले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गर्नुभएको हो । तरकारी खेती गर्ने क्रममा रामपुर नगरपालिका र ‘हेफर प्रोजेक्ट नेपाल’को सहयोगमा उपहारस्वरुप बाख्रा पाएपछि देवकोटा खुसी हुनुहुन्छ । बिना लगानी उपहारका रुपमा पाएको बाख्राबाट व्यावसाय बढाउँदै जाने उहाँको सोच छ । “आफूले लगानी नगरिकन उपहारस्वरुप माउँ बाख्रा पाएकी छु, यसलाई घरमा राम्रोसँग पालनपोषण गरेर व्यावसायिकरुपमा अगाडि बढाउनेछु, तरकारी खेतीमा पनि बाख्रापालन गरेपछि मलको समस्या भएन”, देवकोटाले भन्नुभयो । उहाँको घरमा अहिले पाँच माउँ बाख्रा र एउटा खसी छ । देवकोटाले तालपोखरा स्वावलम्बन महिला समुहमार्फत बाख्रा उपहार पाउनुभएको छ । बाख्राबाट धेरै पाठापाठी उत्पादन गरेर आम्दानीको दीगो स्रोतका रुपमा व्यावसायिक तवरबाट काम गर्ने उहाँले बताउनुभयो ।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मलन समाज (बेस) नेपालको सहजीकरणमा कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालनमा छ । परियोजनाअन्तर्गत नगरपालिकाभित्र गठन भएका २० स्वालम्वन महिला समूहमा २१ उन्नत जातको बोयर क्रस बीउ बोका वितरण गरिएको छ । हालसम्म परियोजनाबाट ४१ महिला स्वावलम्बन समुह, दश युवा समूह गठन, उपहार समूह ३१ रहेका छन् । यी समूहमा परियोजनाका गतिविधि सञ्चालन भइरहेका छन् । परियोजनामार्फत गठन भएका महिला समूहमा परियोजना सुरु भएदेखि (आर्थिक वर्ष २०७७÷७८) को असारदेखि हालसम्म रामपुरमा ३६१ उन्नत जातका प्रजननयोग्य माउँपाठी वितरण गरिएको छ । अहिलेसम्म परियोजनाले रामपुरभित्र ३५ वीउ बोका उपलब्ध गराएको छ । महिलाको आम्दानीसँग जोड्नका लागि बाख्रापालन, कृषि, स्थानीय जातका कुखुराको प्रवद्र्धन कार्य भइरहेको छ ।

समूहको संस्थागत विकासका लागि मासिक बैठक बस्ने, बचत उठाउने र लगानी गर्ने, प्राविधिक छलफल, खोर निर्माणमा अनुदान, पाँच माउँ बाख्रा भएकालाई खोर बनाउन सहयोग, क्षमता विकासका विभिन्न तालिम, साना पशुका लागि जुकामाटेको औषधि, लहरेबालीका बीउबिजन वितरण भइरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका संयोजक सन्जु परियारले बताउनुभयो । घरको कामसँगै बाख्रापालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन नगरपालिकाले माउँ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको नगर उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । “उन्नत जातका बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन कार्यक्रममा जोड दिइरहेका छौँ, बाख्रापालक किसानलाई प्रोत्साहन गर्दै नगरले आवश्यकता र किसानको मागको आधारमा विभिन्न सहयोगका कार्यक्रम गर्नेछ”, उहाँले भन्नुभयो ।

यहाँ किसानले आधुनिक प्रविधिका खोर निर्माण, स्थानीय खरी तथा बोयर क्रस जाता बाख्रा पाल्दै आएका छन् । रामपुर नगरपालिकामा सञ्चालन भइरहेको यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आयस्रोत वृद्धि गर्न स्थानीय तहले बेला बेलामा अनुगमन, समूहलाई क्षमता विकास तालिमलाई जोड दिँदै छोटो समय अवधि नभई कम्तीमा पनि तीनदेखि चार वर्षको समय अवधिसम्म कार्यक्रम निरन्तररुपमा सञ्चालन गर्दै जानुपर्ने बताउनुहुन्छ, पछौटेपन उन्मुलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेय । स्थानीय सरकारको साझेदारीमा हाल पाल्पाका दश स्थानीय तह रामपुर र तानसेन नगरपालिकासहित गाउँपालिकातर्फ निस्दी, पूर्वखोला, रिब्दीकोट, रम्भा र तिनाउँमा बाख्रापालनलगायतका विभिन्न कृषि तथा पशुपालनका कार्यक्रम चलिरहेको हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने बताउनुहुन्छ ।

पहिला बाख्रा र पशुमा मात्र सञ्चालन गरिएको कार्यक्रम अहिले भने पालिकाको समन्वयमा कृषि तथा पशुपालनमा सञ्चालन भइरहेको न्यौपानेले जानकारी दिनुभयो । हेफरले पालिकासँगको समन्वयमा २०७८ सालदेखि कार्यक्रम गरिरहेको छ । पाल्पामा सन् २००१ देखि नै प्रारम्भ भएको हेफर प्रोजेक्ट कार्यक्रममा जोडिएका स्थानीयले बाख्रापालनबाट मनग्य आम्दानी लिन सफल भएका छन् । बाख्रापालन नै स्थानीयको मुख्य आयआर्जनको स्रोत बनेको छ । गत आर्थिक वर्षमा पाल्पा जिल्लाबाट करिब रु २० हजार खसीबोका बिक्री गरिएका थिए ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

थिच्ने ठाउँ

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

थिच्ने ठाउँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In