• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन

by
१५ बैशाख २०८०,
0
दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङस्थित ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्‍याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारी मात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ ।

सिकार आरक्षमा बँदेलको संख्या बढ्दो छ । वैधानिकरूपमा अनुमति लिएर बँदेलको सिकार गर्न पाइन्छ । तर पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुन सकेको छैन । आरक्षमा बँदेल सिकारीको रोजाइमा बँदेल परेन । नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा आर्थिक वर्ष २०७३/७४ पछि बँदेलको सिकार हुन नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए ।

ढोरपाटनमा हरेक वर्ष असोज–कात्तिक र फागुन–वैशाखयाममा नाउर, झारल र बँदेल सिकारका लागि बोलपत्र आह्वान गरेर अनुमति दिइन्छ । हरेक वर्ष नाउर र झारलको सिकार भइरहे पनि बँदेलको सिकार शून्य रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

ढोरपाटनमा गत आव २०७८/७९ देखि नाउर र झारलको सिकार गरे पनि बोनसको रूपमा बँदेलको सिकार गर्न रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्षको दोस्रो सिजनमा १२ नाउर, नौ झारल र ११ बँदेलको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि बँदेलको सिकारका लागि सिकारीले इच्छा नदेखाएका हुन् ।

कँडेलले यस वर्षको अघिल्लो याम ९असोज–कात्तिक० मा बोलपत्र स्वीकृत भए पनि दुई नेपाली सिकार गर्न नआएको बताए । ‘अघिल्लो याम बोलपत्र स्वीकृत भए पनि बँदेल सिकारका लागि सिकारी आएनन्’, कँडेलले भने, ‘यस वर्ष बोलपत्र स्वीकृत नभएपछि सिकारी यस याममा पनि नआउने निश्चित देखिन्छ ।’ बँदेल सिकार रातिमा उत्तम रहेकाले पनि सिकारीले इच्छा नदेखाएको हुनसक्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

पहिले नाउर र झारलको सिकार गरेवापत बोनसका रूपमा रतुवा र बँदेल एक–एकवटा सिकार गर्न दिइने गरे पनि अहिले त्यसको व्यवस्था नभएको हिमालयन आउट फिटर्सका सञ्चालक अतुल खड्काले बताए । उनले अहिले बँदेलको सिकारका लागि पनि बोलपत्रमार्फत स्वीकृत हुनुपर्ने भएकाले सिकारीले इच्छा नदेखाएको बताए ।

सञ्चालक खड्काले नेपालीका लागि सिकार गर्न विभागले सहज वातावरण बनाइ दिनुपर्ने बताए । प्रक्रिया नबुझेर पनि नेपाली सिकारी नआउने गरेका हुन् । त्यसका लागि विभागले जानकारी दिनुपर्ने उनको धारणा छ । स्थानीय गङ्गा भण्डारीले ढोरपाटनवासीको मुख्य खेती आलु भए पनि बँदेलले क्षति पुर्‍याउँदा हरेक वर्ष घर व्यवहार चलाउन गाह्रो पर्दै आएको बताए ।

Previous Post

बजेट अभावले पर्वतका ७६ खानेपानी योजना अधुरै

Next Post

अर्थमन्त्री महतले भने– अयोग्य लडाकुलाई दुई–दुई लाख दिने निर्णय अर्थ मन्त्रालयले गरेको छैन

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
अर्थमन्त्री महतले भने– अयोग्य लडाकुलाई दुई–दुई लाख दिने निर्णय अर्थ मन्त्रालयले गरेको छैन

अर्थमन्त्री महतले भने– अयोग्य लडाकुलाई दुई–दुई लाख दिने निर्णय अर्थ मन्त्रालयले गरेको छैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In