• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

    ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

    गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    बजेटको प्रभाव सुन बजारमा, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखराका होटल पाहुनाले भरिभराउ

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेची पारिको विद्यालय बन्द हुँदा ‘

by
१४ बैशाख २०८०,
0
मेची पारिको विद्यालय बन्द हुँदा ‘
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा ७ कक्षामा पढ्न जाने गर्छिन् ।

आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छिन् ।

सडक, सञ्चार, खानेपानी, सुरक्षा लगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नम्बर १५ को ग्वालाबस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौती खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन् ।

सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर अहिले खेतीपाती र चिया मजदुरीमा लागेका छन् । ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा ३ कक्षा उत्तीर्ण गरेका उनले मेची नदीको बाढीमा कुन बेला बगिएला भन्ने डरले पढाइ नै छाडिदिएको सुनाए ।

डेढ सय जनसंख्या भएको ग्वालाबस्ती र सिसौडाँगी मेची नदी पारिको नेपाली भूभाग हो । जहाँ विकासका कुनै पूर्वाधार पुर्‍याउन सकिएको छैन । स्थानीयवासीले दशकौंदेखि सडक, पुल, शिक्षा, स्वास्थ्य, सुरक्षा र कृषिमा अनुदान माग गर्दै आएका छन् तर उनीहरूको आवाजको सुनुवाइ भएको छैन ।

ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीको रूपमा विक्रम संवत् २०५७ सालमा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो । कुनै समय ४ जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ ।

विद्यालयका २ ब्लकमध्ये पहिलो ब्लकको एउटा कोठालाई कार्यालय बनाइएको छ । अरु ३ कक्षा कोठा हुन् । ४ वटै कोठा बन्द गरेर ताला लगाइएको छ ।

‘शिक्षक आउँदैनन्, अनि विद्यार्थी पनि आउन छाडे,’ विद्यालयका लागि ५ कठ्ठा जग्गादान गरेको दाता परिवारका सदस्य कुमार राजवंशीले भने, ‘नियमित विद्यालयमा आउनुहोस् भनेर धेरैपटक शिक्षकलाई सम्झायौं तर उहाँहरू मन लागे आउने र नलागे नआउने गर्नुहुन्थ्यो । अहिले त विद्यालय नै बन्द भयो ।’

उनका अनुसार विद्यालयमा विगतदेखि बाल कक्षा, १ कक्षा र २ कक्षाको मात्र पढाइ हुँदै आएको थियो । पढाइ नियमित नभएपछि पढिरहेका विद्यार्थीले पनि विद्यालय छाडे । जसमध्ये कोही भारतीय विद्यालयतिर पढ्न गइरहेका छन् भने अधिकांश खेतीपातीतिर लागेको उनले जानकारी दिए ।

विद्यालय सञ्चालनको समयमा हरेक दिन विद्यार्थीले राष्ट्र गान गुञ्जाउँथे । अहिले बन्द रहेको कार्यालय कोठामा बाल कक्षाका विद्यार्थीलाई पकाएर खुवाउने एउटा थोत्रो ग्यास चुलो, प्लास्टिकका भाडाकुँडा र एउटा स्टीलको दराज माकुराको जालोभित्र छोपिएको छ । कक्षा कोठामा डेक्स र बेञ्च एउटा पनि छैनन् ।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति लोकबहादुर दाहालले विद्यार्थी आउन छाडेपछि मेची प्राथमिक विद्यालयको पठनपाठन प्रभावित भएको स्वीकार गरे । उनले सेवा सुविधा धेरै पाइन्छ भन्दै विद्यार्थी भारतीय स्कूलमा जाने गरेको बताए ।

गत वर्षको अभिलेखअनुसार विद्यालयमा १६ विद्यार्थी पढ्थे । पढाउने १ जना शिक्षक भवराज जोशी काज सरुवा लिएर कालिका आधारभूत विद्यालयमा गए । अर्का बाल शिक्षक रेवती राजवंशीले शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेर आदर्श माध्यमिक विद्यालयमा गए । शिक्षा शाखाले विद्यालय नेतृत्वविहीन नहोस् भनेर मेची वारीको कालिका आधारभूत विद्यालयका शिक्षक युवराज ढकाललाई मेची प्राथमिक विद्यालयको प्रधानाध्यापक तोकेको छ ।

कालिकामा नियमित अध्यापन गराइरहेका ढकाल मेची प्राथमिक विद्यालय जान्छन् ।

शिक्षक एकपछि अर्को गर्दै बाहिरिए पछि विद्यालयको सम्पूर्ण रेखदेख कर्मचारी राजेश राजवंशीले गर्दै आएका थिए । उनी पनि मेची वारी भिन्डीबस्तीमा घर भएकाले मेची नदी तरेर नियमित विद्यालय नजाने गरेको स्थानीयको दाबी छ ।

विक्रम संवत् २०७० सालतिर मेची प्राथमिक विद्यालयमा ५० विद्यार्थीले पढ्ने गरेको र विकासका कुनै पूर्वाधार नबनेपछि स्थानीयले गाउँ नै छाडेर बसाई हिँड्दा विद्यार्थी घटेको विद्यालयका कर्मचारी राजेश राजवंशीले बताए । उनले भारतीय सीमा सुरक्षा वल ९एसएसबी० को दस्ता विद्यालयमै आएर ‘यो स्कूल नेपालको कि भारतको’ भनेर सोध्ने गरेको बताए ।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति दाहालले ग्वालाबस्ती र सिसौडाँगी नेपालकै भूभाग हो भनेर चिनाउन समेत त्यहाँको एक मात्र विद्यालय बन्द गर्न नहुने धारणा व्यक्त गरे । बरु विद्यालयलाई कसरी सुविधासम्पन्न बनाउन र विद्यार्थीलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्नुपर्ने उनी बताउँछन् ।

Previous Post

‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुने

Next Post

सुडानबाट ३०० भन्दा बढी बेलायती नागरिकको उद्धार

सम्बन्धित खबर

ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह
समाचार

ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

१७ जेष्ठ २०८३,
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
फिचर-ब्यानर

गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

१७ जेष्ठ २०८३,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
आर्थिक

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

१७ जेष्ठ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
फिचर-ब्यानर

बजेटको प्रभाव सुन बजारमा, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

१७ जेष्ठ २०८३,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखराका होटल पाहुनाले भरिभराउ

१७ जेष्ठ २०८३,
पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो
फिचर-ब्यानर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

१७ जेष्ठ २०८३,
Load More
Next Post
सुडानबाट ३०० भन्दा बढी बेलायती नागरिकको उद्धार

सुडानबाट ३०० भन्दा बढी बेलायती नागरिकको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In