बि.पी. कोइरालाका केही अमर वाणीहरुः
१) आजको अन्तर्राष्ट्रिय परिस्थितिमा हामी हरघडी जागरुक भएर देशको सार्वभौमिकताको रक्षाको लागि तत्पर भएनौँ भने स्वतन्त्रताको अपहरण हुन बेर लाग्ने छैन ।
२) अर्काको इसारामा नाच्ने जातिले कुनै उन्नति वा साहसको काम गर्नै सक्तैन ।
३) चुनाव, संसद, वैधानिक शासन, स्वतन्त्र न्यायालय, नागरिक अधिकारको वैधानिक प्रत्याभूति लगायतका प्रजातन्त्रका तत्वहरु जतिछिटो देशमा ल्याउन सक्यो प्रजातन्त्रले पनि त्यति छिटो यथार्थ स्वरुप लिन सक्छ ।
४) देशको शासनको विकेन्द्रीकरण पनि प्रजातन्त्रको मुख्य अङ्ग हो ।
५) हाम्रो दृष्टिमा प्रत्यक्ष शासन अप्रजातान्त्रिक मात्र हैन राष्ट्रिय हित विरुद्ध पनि छ ।
६) नेपालमा स्वतन्त्र व्यक्ति भनेको त मैले देखेको छैन देशको ऐतिहासिक घटनाले मानिसलाई दुई पक्षमा विभाजित गरिसकेको छ ।
७) प्रशस्त उत्पादन भएमा मात्र व्यवहारिक रुपमा समाजवाद लागु गर्न सकिन्छ । अहिले नेपाल सामन्तवाद र पुँजीवादको सन्धीस्थलमा छ ।
८) राष्ट्रियता, स्वतन्त्रता, सामाजिक न्याय यी तीन आधारभूत चाहनालाई एकीकृत रुपमा स्थान दिने राजनीतिक अवधारणा नै प्रजातन्त्र हो । एशियाली धारणामा त प्रजातन्त्र भनेको यही नै हो ।
९) भारतीय प्रेषको एउटा खेमाबाट नेपालको विषयमा बढाइचढाई गर्ने र सङ्कुचित धारणा आउने गरेका छन् । उनीहरुले यहाँको परिवर्तनलाई स्वीकार गर्न नसक्नुमा नेपालको राजनीतिक आधारभूत यथार्थ पनि एक हदसम्म कारण रहेको छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट












