• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मधेस प्रदेशः पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

२ बैशाख २०८०,
0
मधेस प्रदेशः पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

जनकपुरधाम– नयाँ वर्ष विसं २०८० को पहिलो दिन आज मधेस प्रदेशका प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दो छ । सिमाना जोडिएका क्षेत्रमा भारतीय नागरिक र अरु क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल छ ।

विशेष गरी सिरहाको सलहेस फूलबारीमा वैशाख १ गते मात्रै फूल्ने भनिएको फूल हेर्न लाग्ने मेला भर्न छिमेकी देश भारत र प्रदेशका अरु जिल्लाबाट हजारौँ नागरिक सहभागी भइरहेका छन् । त्यसैगरी जनकपुरधामको विश्वप्रसिद्ध जानकी मन्दिर, धनुषाधाम, सर्लाहीको मानवनिर्मित भरत ताललगायतका क्षेत्रमा मानिसको चहलपहल बढ्दो छ । नयाँ वर्षमा मात्रै होइन यहाँका आठ वटै जिल्लामा रहेका मुख्यमुख्य धार्मिक शक्तिपीठ, प्राकृतिक तालतलैया र रमणीयस्थल बाह्रै महिना चहलपहल हुन्छ ।

मधेस प्रदेशमा पर्यटनका विविध क्षेत्रमा प्रचुर सम्भावना छन् तर योजनाबद्ध विकासका लागि ‘पर्यटन गुरुयोजना’ नै नहुँदा यहाँका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक महत्वका क्षेत्रको उचित विकास हुन सकेको छैन । त्यसै कारण यहाँ आउने आउने पर्यटकबाट उचित लाभ लिन सकिएको छैन ।

देश प्रादेशिक संरचनामा जानुअघि केन्द्र सरकारले यहाँको पर्यटन विकासका लागि योजनाबद्ध विकास, पर्यटकीयस्थलको सुधार तथा प्रचारप्रसारमा ध्यान दिन सकेन । प्रादेशिक संरचना निर्माण भएको छ वर्ष हुनलाग्दा पनि प्रदेश सरकारले समेत गुरुयोजना बनाउन सकेको छैन ।

मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले पनि अहिलेसम्म पर्यटन पूर्वाधार निर्माण र अरु गतिविधि गर्नका लागि गुरुयोजना नभएको बताए । उनले सङ्घ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रसमेतको समन्वयमा पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका काम गर्न प्रदेश सरकारले विगतदेखि नै पर्यटन गुरुयोजना बनाएर काम गर्ने भने पनि त्यसले मूर्तरुप पाउन नसकेको बताए ।

मुख्य धार्मिक, सांस्कृतिक एवं पर्यटकीयस्थलको सुधार, भौतिक संरचना निर्माण र आन्तरिक एवं बाह्य पर्यटकीय गतिविधि बढाउने उद्देश्यले आवश्यक कार्य गर्न पहल भने भइरहेको उनको भनाइ छ ।’पर्यटन सम्भावना धेरै छन् । धार्मिक सांस्कृतिक क्षेत्रदेखि प्राकृतिक सुन्दरतामा आधारित पर्यटन र मिथिलाकालीन सभ्यतासँगै जोडिएका तमाम मौलिक कुराहरू छन् । तिनको विकास र संरक्षणका लागि विकासको खाका बनाउनुपर्ने महसुस हामी सबैलाई भएको छ’, सचिव घिमिरेले भने, ‘सबै तहलाई समेट्दै एकीकृत र एकद्वार प्रणालीमा काम गर्ने गरी प्रदेश तहबाट गुरुयोजना निर्माण गर्दैछौँ तर पर्यटन ऐन नै नआएकाले त्यसको प्रबन्धका लागि सरकारलाई आग्रह गरिरहेका छौँ।’

प्रदेशसभा सदस्य रामआशीष यादवले आफूहरूले पहिलो कार्यकालमा पर्यटन क्षेत्र हेर्ने विभागीयमन्त्रीलाई र सरोकारवालालाई मधेस प्रदेशको पर्यटन सम्भावनाको उचित विकास र त्यसबाट बढीभन्दा बढी लाभ लिने गरी योजना अगाडि सार्न आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताए ।

‘विगतमा सङ्घ सरकारले योजनाबद्धरुपमा काम गर्न सकेन । त्यसैले सम्भावना भएर पनि मधेस प्रदेशमा उल्लेख्यरूपमा पर्यटकीय गतिविधि बढ्न सकेनन् । अहिले त प्रदेश र स्थानीय सरकार छन्, तिनले आफ्नो क्षेत्रको योजनाबद्ध विकास गर्न सक्छन्’, संरक्षण अभियन्तासमेत रहेका यादवले भने , ‘मधेसको मौलिक संस्कृति, धर्म संस्कार, धार्मिक तीर्थस्थललाई जीवन्त बनाउन यहाँको प्रकृति र संस्कृतिलाई ध्यानमा राखेर वातावरणमैत्री विकासको खाका जरुरी छ । त्यसका लागि सरकारले तत्काल पर्यटन ऐन र आफ्नो गुरुयोजना निर्माण गर्नुपर्दछ ।’

पर्यटन भ्रमण वर्ष सन् २०२० मा प्रदेश संयोजकको भूमिका निर्वाह गरिसकेका प्रतिनिधिसभा सांसद मनिष झाले आफ्नो नेतृत्वमा मधेस प्रदेशमा ४० वटा पर्यटन गन्तव्यको पहिचान गरी सरकारलाई बुझाए पनि ति क्षेत्रमा अहिलेसम्म योजनाबद्धरुपमा ठोस गतिविधि बढ्न नसकेको बताए ।

‘केन्द्र सरकारले देशका अरु प्रदेशमा जति काम गरेको छ, मधेस प्रदेशमा त्यसरी लगानी गरेको छैन र त्यसको योजना पनि छैन । प्रदेश सरकार पनि पर्यटन विकासका टुक्रे योजनामै अल्झिएको छ’, झाले भने, ‘योजनाबद्ध रुपमा पूर्वाधार निर्माण, अन्तरप्रदेश भ्रमण आदानप्रदान, पर्यटन सर्किट निर्माणका काममा ध्यान दिन सकिएको छैन । मैले त यस विषयमा तमाम उपायका बारेमा जानकारी दिएको छु तर काम हुनसकेन । जनकपुरधामलगायतका क्षेत्रमा बाहिरबाट आउनेलाई केही दिन पर्यटन गतिविधिमा इङ्गेज गराउने योजना छैन । प्रदेशभित्रकै नागरिकले यहाँका सम्भावना चिन्न सकेका छैनन् ।’

-टीकाराम सुनार रासस

अघिल्लो समाचार

रारा ताजमा घुम्न आउने पर्यटकको घुइँचो

अर्को समाचार

नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ

सम्बन्धित खबर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
फिचर-ब्यानर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
आवाज

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
फिचर-ब्यानर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी

नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन