• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मधेस प्रदेशः पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

by
२ बैशाख २०८०,
0
मधेस प्रदेशः पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम– नयाँ वर्ष विसं २०८० को पहिलो दिन आज मधेस प्रदेशका प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दो छ । सिमाना जोडिएका क्षेत्रमा भारतीय नागरिक र अरु क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल छ ।

विशेष गरी सिरहाको सलहेस फूलबारीमा वैशाख १ गते मात्रै फूल्ने भनिएको फूल हेर्न लाग्ने मेला भर्न छिमेकी देश भारत र प्रदेशका अरु जिल्लाबाट हजारौँ नागरिक सहभागी भइरहेका छन् । त्यसैगरी जनकपुरधामको विश्वप्रसिद्ध जानकी मन्दिर, धनुषाधाम, सर्लाहीको मानवनिर्मित भरत ताललगायतका क्षेत्रमा मानिसको चहलपहल बढ्दो छ । नयाँ वर्षमा मात्रै होइन यहाँका आठ वटै जिल्लामा रहेका मुख्यमुख्य धार्मिक शक्तिपीठ, प्राकृतिक तालतलैया र रमणीयस्थल बाह्रै महिना चहलपहल हुन्छ ।

मधेस प्रदेशमा पर्यटनका विविध क्षेत्रमा प्रचुर सम्भावना छन् तर योजनाबद्ध विकासका लागि ‘पर्यटन गुरुयोजना’ नै नहुँदा यहाँका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक महत्वका क्षेत्रको उचित विकास हुन सकेको छैन । त्यसै कारण यहाँ आउने आउने पर्यटकबाट उचित लाभ लिन सकिएको छैन ।

देश प्रादेशिक संरचनामा जानुअघि केन्द्र सरकारले यहाँको पर्यटन विकासका लागि योजनाबद्ध विकास, पर्यटकीयस्थलको सुधार तथा प्रचारप्रसारमा ध्यान दिन सकेन । प्रादेशिक संरचना निर्माण भएको छ वर्ष हुनलाग्दा पनि प्रदेश सरकारले समेत गुरुयोजना बनाउन सकेको छैन ।

मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले पनि अहिलेसम्म पर्यटन पूर्वाधार निर्माण र अरु गतिविधि गर्नका लागि गुरुयोजना नभएको बताए । उनले सङ्घ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रसमेतको समन्वयमा पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका काम गर्न प्रदेश सरकारले विगतदेखि नै पर्यटन गुरुयोजना बनाएर काम गर्ने भने पनि त्यसले मूर्तरुप पाउन नसकेको बताए ।

मुख्य धार्मिक, सांस्कृतिक एवं पर्यटकीयस्थलको सुधार, भौतिक संरचना निर्माण र आन्तरिक एवं बाह्य पर्यटकीय गतिविधि बढाउने उद्देश्यले आवश्यक कार्य गर्न पहल भने भइरहेको उनको भनाइ छ ।’पर्यटन सम्भावना धेरै छन् । धार्मिक सांस्कृतिक क्षेत्रदेखि प्राकृतिक सुन्दरतामा आधारित पर्यटन र मिथिलाकालीन सभ्यतासँगै जोडिएका तमाम मौलिक कुराहरू छन् । तिनको विकास र संरक्षणका लागि विकासको खाका बनाउनुपर्ने महसुस हामी सबैलाई भएको छ’, सचिव घिमिरेले भने, ‘सबै तहलाई समेट्दै एकीकृत र एकद्वार प्रणालीमा काम गर्ने गरी प्रदेश तहबाट गुरुयोजना निर्माण गर्दैछौँ तर पर्यटन ऐन नै नआएकाले त्यसको प्रबन्धका लागि सरकारलाई आग्रह गरिरहेका छौँ।’

प्रदेशसभा सदस्य रामआशीष यादवले आफूहरूले पहिलो कार्यकालमा पर्यटन क्षेत्र हेर्ने विभागीयमन्त्रीलाई र सरोकारवालालाई मधेस प्रदेशको पर्यटन सम्भावनाको उचित विकास र त्यसबाट बढीभन्दा बढी लाभ लिने गरी योजना अगाडि सार्न आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताए ।

‘विगतमा सङ्घ सरकारले योजनाबद्धरुपमा काम गर्न सकेन । त्यसैले सम्भावना भएर पनि मधेस प्रदेशमा उल्लेख्यरूपमा पर्यटकीय गतिविधि बढ्न सकेनन् । अहिले त प्रदेश र स्थानीय सरकार छन्, तिनले आफ्नो क्षेत्रको योजनाबद्ध विकास गर्न सक्छन्’, संरक्षण अभियन्तासमेत रहेका यादवले भने , ‘मधेसको मौलिक संस्कृति, धर्म संस्कार, धार्मिक तीर्थस्थललाई जीवन्त बनाउन यहाँको प्रकृति र संस्कृतिलाई ध्यानमा राखेर वातावरणमैत्री विकासको खाका जरुरी छ । त्यसका लागि सरकारले तत्काल पर्यटन ऐन र आफ्नो गुरुयोजना निर्माण गर्नुपर्दछ ।’

पर्यटन भ्रमण वर्ष सन् २०२० मा प्रदेश संयोजकको भूमिका निर्वाह गरिसकेका प्रतिनिधिसभा सांसद मनिष झाले आफ्नो नेतृत्वमा मधेस प्रदेशमा ४० वटा पर्यटन गन्तव्यको पहिचान गरी सरकारलाई बुझाए पनि ति क्षेत्रमा अहिलेसम्म योजनाबद्धरुपमा ठोस गतिविधि बढ्न नसकेको बताए ।

‘केन्द्र सरकारले देशका अरु प्रदेशमा जति काम गरेको छ, मधेस प्रदेशमा त्यसरी लगानी गरेको छैन र त्यसको योजना पनि छैन । प्रदेश सरकार पनि पर्यटन विकासका टुक्रे योजनामै अल्झिएको छ’, झाले भने, ‘योजनाबद्ध रुपमा पूर्वाधार निर्माण, अन्तरप्रदेश भ्रमण आदानप्रदान, पर्यटन सर्किट निर्माणका काममा ध्यान दिन सकिएको छैन । मैले त यस विषयमा तमाम उपायका बारेमा जानकारी दिएको छु तर काम हुनसकेन । जनकपुरधामलगायतका क्षेत्रमा बाहिरबाट आउनेलाई केही दिन पर्यटन गतिविधिमा इङ्गेज गराउने योजना छैन । प्रदेशभित्रकै नागरिकले यहाँका सम्भावना चिन्न सकेका छैनन् ।’

-टीकाराम सुनार रासस

Previous Post

रारा ताजमा घुम्न आउने पर्यटकको घुइँचो

Next Post

नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ

सम्बन्धित खबर

गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा
समाचार

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

१४ चैत्र २०८२,
Load More
Next Post
‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी

नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In