एकाबिहानै मुन्द्रे आफ्नी श्रीमतीलाई बेस्मारी हल्लाउँदै थियो । यो देखेर धुर्मुसले सोध्यो—
धुर्मुसः किन हल्लाएको यसरी ?
मुन्द्रेः यसलाई खोकी लागेको छ ।
धुर्मुसः (बिचैमा) अनि हल्लाएर खोकी निको हुन्छ त ? औषधि पो खुवाउनुपर्छ ।
मुन्द्रेः हल्लाएर निको हुँदैन भन्ने मलाई पनि थाहा छ नि ।
धुर्मुसः अनि किन हल्लाएको त ?
मुन्द्रेः साले गोरु ! पहिलो कुरा त सुन । डाक्टरले खोकी निको पार्ने औषधी दिएको छ । अनि राम्ररी हल्लाएर मात्र खुवाउनु भनेको छ । त्यही भएर पो हल्लाएको क्या ।
मेकअप र मोबाइल
एकाबिहानै मेकअप गरिरहेकी श्रीमतीलाई मुन्द्रेले सोध्यो—
मुन्द्रेः आज बिहानै बिहानै कहाँ जाने तयारी हो ?
श्रीमतीः कहीँ पनि होइन ।
मुन्द्रेः बौलाइस कि क्या हो ? बिहानै बिहानै मेकअप गर्दैछेस् त !
श्रीमतीः हिजो मोबाइल अनलक गर्ने अप्सनमा फेस आइडी राखेको थिएँ । मेकअप नगरी अनलक नै भएन क्या ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













