काठमाडौं । नेपाली नगारिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाइन अमेरिका पठाउने गिरोहका अर्का सदस्य सन्देश शर्र्मालाई पक्राउ गरेको हो । उनलाई बुधबार टोलीले पक्राउ गरेको जनाएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले बनाएका छन् । यसअघि टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो । उनीहरूले विभिन्न व्यक्तिबाट ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप लागेको छ ।













