इसा मसिहका केही अमर वाणीहरुः
१) जोसँग मेरो आज्ञा छ र आज्ञा मान्दछ उही मलाई चाहिन्छ । जो मसँग प्रेम गर्दछ मेरा पितालाई प्रेम गर्दछ र म उसलाई प्रेम गर्नेछु र आफूलाई उसका समक्ष प्रकट गर्नेछु ।
२) एक अर्कासँग प्रेम गर, जस्तो मैले तिमीसँग गरेँ, त्यस्तै प्रेम तिमी पनि अरुलाई गर ।
३) संसारले तिमीलाई घृणा ग¥यो भने तिमी बुझ्नु कि मेरो अगाडि उसले तिमीलाई घृणा गरेको छ । यदि तिमी संसारका भए त संसार आफ्नालाई प्रेम गथ्र्याे । तर तिमी संसारका होइनौ, मैले तिमीलाई संसारबाट बाहिरका लागि छानेको छु । त्यसैले संसार तिमीसँग घृणा गर्दछ । मेरा यी शब्द सधैँ सम्झिराख्नू ।
४) प्रभुको सर्वप्रथम आज्ञा हो तिमी आफ्ना प्रभु परमेश्वरसँग पूर्ण मन, प्राण, बुद्धि र शक्तिले प्रेम गर्नु ।
५) दोस्रो आज्ञा हो आफ्ना छिमेकीसँग आफूलाई झैँ प्रेम गर्नु ।
६) त्यसै गरी हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, झुटो बयान नदिनु आदि पनि प्रभुकै आज्ञा हुन् ।
७) यदि कसैले मेरो नाउँमा आफ्नो घर, बान्धव, माता–पिता, सन्तान एवम् भूमि छोडेको छ भने उसलाई सय गुणा प्राप्त हुनेछ र ऊ अनन्त जीवनको अधिकारी बन्नेछ ।
८) तिमी मलाई किन उत्तम भन्छौ ? परमेश्वरलाई छोडेर अरु कोही उत्तम छैन । यदि तिमी सुन्दर जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरुको पालन गर ।
९) जब तिमी प्रार्थना गर्दछौ तब कपटीको झैँ नहोस्, किनकि अरुलाई देखाउनका लागि सभामा र सडकको मोडमा उभिएर प्रार्थना गर्न तिमीलाई मन पर्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













