चांगन अटो नेपालले नयाँ वर्ष २०८०लाई लक्षित गरी “नयाँ साल, साह्रै बब्बालअफर” सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान “ALSVIN” र यसै चांगनको प्रिमियम पिक “HUNTER ” लिन ईक्छुक ग्राहक वर्गहरुलाई आकर्षकअफरहरु सार्वजनिक गरेको छ। योअफर२०८० बैसाख१देखि २०८० बैसाख ३१ सम्मको लागि लागुहुनेछ । यसअफरअन्तर्गत, ग्राहक वर्गहरुले चांगनको कुनै पनि सवारी साधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन (iPhone 14, iWatch रAirPods) जित्न सक्नुहुनेछ ।
यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिद मा रु ५०,००० सम्मको फेस्टिव बोनस तथा स्क्राचकार्ड मार्फत रू ५०,००० सम्मको अधिक छुट पाउन सक्नुहुनेछ । साथ साथै आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न ईच्छुक ग्राहक वर्गहरुले भने थप रु २,००,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नु हुनेछ।चांगन अटो नेपालले टेस्टराइड गर्ने ग्राहक वर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी बिजेतालाई १ रात र २ दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ।
चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसंगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउंदै आइरहेको छ । चांगन अटो कम्पनीले चाङ्गन गाडीको ग्राहकहरू लाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ।
ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीकोअवलोकन गरि टेस्टराइड गर्न सक्नुहुनेछ । यसका साथै www.changannepal.com मार्फत बिस्तृत जानकारी लिनका साथ साथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नु हुनेछ । चांगन अटो सम्बन्धि सम्पुर्ण जानकारी चाङ्गनको वेबसाइट, फेसबुक र इन्स्टा ग्राम मार्फत लगईन गरि प्राप्त गर्न सक्नु हुने छ ।













