धुर्मुस आफूलाई खुब स्वर सम्राट मान्थ्यो…. यत्तिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो….
केही बेरपछि किसान सुक सुक गर्दै रुन थाल्यो…
धुर्मुसः (मनमनै खुशी हुँदै) खुशी लाग्यो मेरो संगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ ।
किसानः म हजुरको गीत सुनेर रोएको होइन,
धुर्मुसः अनि किन त ?
किसानः पोहोर साल मेरो एउटा गोरु म¥यो, मर्ने वेलामा यस्तै स्वर निकालेको थियो…. आज मलाई मेरो गोरुको याद आयो अनि रोएको ।
सपिङ गर्न जाम
केटोः मसँग घुम्न जान्छौ ?
केटीः कता लान्छौ हौ ?
केटोः तिमी जता भन्छौ त्यहीँ जाम ।
केटीः ओके त्यसो भए जाम सपिङ गर्न ।
केटोः कसम दिदी मैले त मजाक पो गरेको त ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













