सरः (रिसाएर) यदि यहाँ कोही मूर्ख बसेको छ भने उभिइहाल ।
केही क्षणपछि एक विद्यार्थी गम्भीरतापूर्वक उभियो ।
मास्टरः के तँ मूर्ख होस् ?
केटोः होइन तर म यस कारण उभिएँ कि कक्षामा तपाईं एक्लै उभिएको राम्रो लागेन ।
लिएर जान्छन्
एउटी सेल्स गर्लले मालिक समक्ष राजिनामा दिइछन् ।
मालिकः तर तिमी आफ्नो जागिर किन छोडदैछौ ?
सेल्स गर्लः सर, ममा अब पहिलेको जस्तो सुन्दरता रहेन ।
मालिकः तर यो कुरा तिमीले कसरी थाहा पायौ ?
सेल्सगर्लः आजकाल मानिसहरु बिल चुक्ता गरेर खुद्रा पनि गनेर लिएर जान्छन् ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट












