• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

    एमाले सचिवालय बैठक शुक्रबार बस्ने

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको कडा नियन्त्रण

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

    एमाले सचिवालय बैठक शुक्रबार बस्ने

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको कडा नियन्त्रण

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘राजनीति होइन विद्यार्थी पढाऔं ’

by
२५ चैत्र २०७९,
0
‘राजनीति होइन विद्यार्थी पढाऔं ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० किम्चे गाउँका बालबालिका कक्षा ९ पढ्न घान्द्रुक जानुपर्छ । किम्चेबाट हिँडेर घान्द्रुक पुग्न एक घण्टा लाग्छ । गाउँमै कक्षा ८ सम्म पढाइ हुने जनप्रेमी आधारभूत विद्यालयको शैक्षिक अवस्था पनि खस्किरहेको भन्दै गाउँबासी चिन्तित छन् । ‘शिक्षकलाई गाउँपालिकाबाट अनुगमनमा आउँदामात्रै पढाऊँ है भन्ने छ । तर, कहिलेकाहीँ अनुगमनमा आउँदामात्रै राम्रो पढाउने हो ?’ किम्चेकै विद्या विक भन्छिन्, ‘विद्यालयमा नियमित अनुगमन गर्दिए राम्रो हुन्थ्यो । विद्यालय व्यवस्थापन समितिमा खिचातानी (राजनीतिक) गर्छौं । कसरी शिक्षा राम्रो बनाउने भन्ने सोच्नुपर्‍यो ।’

किम्चेमा शुक्रबार आयोजित गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाईमा उनको कुरा सुनेपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सरकारी विद्यालयमा कमजोरी रहेको स्वीकारे । उनले आफूले कक्षा ८ को नतिजा हेर्दा सन्तोषजनक नभएको र सुधार गर्न विद्यालयका प्रधानाध्यापकलाई भनिसकेको बताए ।

अध्यक्ष केसीले सरकारी विद्यालय बिगार्ने छुट कसैलाई नभएको अध्यक्ष केसीले बताए । ‘हामी एकदिन अनुगमनमा आउँला । तपाईं (अभिभावक) सधैं जानुपर्छ,’ उनले भने, ‘ती विद्यालय हाम्रा सम्पत्ति हुन् । हुने खानेले बोर्डिङमा पढाउँछन् । गरिबका बच्चा पढ्ने विद्यालय बिगार्ने, नपढाउने छुट कसैलाई छैन ।’ एउटा विद्यालयको उत्तर पुस्तिका अर्को विद्यालयले परीक्षण गर्न थालेपछि विद्यालयको वास्तविक शैक्षिक अवस्था पत्ता लाग्न थालेको उनले बताए । ‘पहिला आफैं प्रश्न निकाल्थे, कापी जाँच्थे । अहिले पालिकाले कक्षा ५ र ८ को प्रश्न निकाल्छ,’ उनले भने, ‘कापी अर्कै विद्यालयकोले जाँचेपछि अवस्था थाहा भएको छ ।’

कृषक अनिल विकले पशु प्राविधिक आउँदा शुल्क लिने गरेको गुनासो गरे । उनले पशु प्राविधिकलाई पैसा तिर्नुपर्ने हो वा होइन भन्ने जिज्ञासा राखे । जवाफमा पशु सेवा शाखा प्रमुख ऋषिराम दाहालले कृषकसँग छुट्टै औषधि दिएकोबाहेकको शुल्क लिन नमिल्ने बताए । ‘गाउँपालिकाले ३२ थरीका औषधि कृषक दर्ता भएपछि निशुल्क दिन्छ । त्योबाहेक औषधि पशु प्राविधिकले दिए पैसा तिर्ने हो,’ उनले भने, ‘नभए यति पैसा नदिई म आउँदिनँ भन्न मिल्दैन ।’

स्थानीय गमप्रसाद गुरूङले पहिला किम्चे गाउँमै खोप सेवा दिने गरिएको भए पनि अहिले छोडिएको बताए । जवाफमा स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले गाउँमा धेरै बिरामी र सुत्केरी महिला नभएकाले स्वास्थ्यचौकी अर्को ठाउँमा सारेको बताए । ‘औषधि मात्र खेर जाने भयो । सेवाग्राही भए फेरि त्यसलाई स्थापना गर्न समस्या छैन,’ उनले भने ।

कार्यक्रममा ९ जना सहभागीले घान्द्रकु जाने सडक समयमै सक्नुपर्ने, गाउँमा खानेपानी आयोजनाको काम हुन नसकेको, यातायात सुविधा नभएको गुनासो गाउँपालिका नेतृत्वसँग गरेका थिए । जवाफमा अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाको आफ्नै स्रोत निकै कम भएकाले चाहेअनुसार काम गर्न सम्भव नभएको बताए । ‘जनताले भनेका काम गर्न पाए हुन्थ्यो भन्ने हामीलाई पनि हुन्छ । तर, हामीसँग साधनस्रोत कम छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारसँग योजनाका लागि बजेट छुट्याइदिन आग्रह गरेका छौं ।’ जनताका काम र समस्या जतिसक्दो छिटो सक्न उनले वडाध्यक्ष र कर्मचारीलाई आग्रह गरे । ्

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँबासीलाई स्वास्थ्य बिमा गर्न आग्रह गरिन् । आफैं बिमा गर्न नसक्नेको हकमा वडाबाट सिफारिस प्राप्त भएमा पालिकाले नै बिमा गर्न लाग्ने शुल्क भुक्तान गरिदिने उनले बताइन् । जुन वडामा जे खेती हुन्छ त्यो ठाउँलाई पकेट क्षेत्र घोषणा गर्ने योजना रहेको उपाध्यक्ष अधिकारीले सुनाइन् । ‘जहाँ जुन किसिमको खेती हुन्छ त्यसलाई पकेट क्षेत्र बनाउने सोच छ । प्राविधिक पठाएर त्यो ठाउँबारे बुझेपछि यो काम अघि बढ्छ,’ उनले भनिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले दोस्रो चौमासिकको कार्य प्रगति प्रस्तुत गरेका थिए । उनले गाउँपालिकाले क्यू–आर कोडबाटै राजस्व तिर्ने व्यवस्था मिलाएको देवकोटाले बताए । ‘इ–सेवा, कनेक्ट आइपीएसबाटै व्यवसाय, मालपोथ लगायतको राजस्व भुक्तानी गर्न मिल्ने गरी गाउँपालिकाको सूचना प्रविधि रोडम्याप बनाउँदै छौं,’ उनले भने ।

६१ जनालाई अपांग परिचयपत्र र ७९ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको अधिकृत देवकोटाले जानकारी दिए । उनकाअनुसार ५७ जना अनाथ विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

Previous Post

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

Next Post

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

८ जेष्ठ २०८३,
आवाज

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

८ जेष्ठ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको कडा नियन्त्रण

८ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

८ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

८ जेष्ठ २०८३,
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
Load More
Next Post
उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In