• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपनिर्वाचनः दुई पूर्वप्रहरी अधिकारीले पाउलान् संसद् प्रवेश ?

by
२२ चैत्र २०७९,
0
उपनिर्वाचनः दुई पूर्वप्रहरी अधिकारीले पाउलान् संसद् प्रवेश ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आगामी २० वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा हेभिवेट भीडन्त हुने भएको छ । तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुन लागेको हो । तनहुँका सांसद रामचन्द्र पौडेल राष्ट्रपति, बाराका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यस्तै, चितवनबाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको हो ।

तीनवटा निर्वाचन क्षेत्रमा नै चर्चित र पार्टीका प्रमुख नेता नै उम्मेदवार भएकाले उपनिर्वाचनमा सम्पूर्ण देशवासीको चासो देखिएको हो । तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराईले आज मनोनयन दर्ता गराएका छन् । उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । यसअघि कांग्रेसले जितेको र अहिले सत्ता गठबन्धनको पनि साथ रहेकाले भट्टराईको पल्लाभारी देखिन्छ ।

तर, उनको मुख्य चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले र नेकपा एमालेका सवेन्द्र खनालको हुनेछन् । अर्थशास्त्री वाग्ले हालैमात्र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन् । यस्तै खनाल अवकाश प्राप्त प्रहरी महानिरीक्षक हुन् । यसअघि काठमाडौं निर्वाचन हारेका खनाललाई एमालेले फेरि तनहुँमा उम्मेदवार बनाएको हो ।

तनहुँमा अन्य दलका उम्मेदवारमा राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना पनि छन् ।

चितवनमा रास्वपाका सभापति रवि लामिछानेले नै पुनः मनोनयन गराएका छन् । यसअघि पहिलोपटक उम्मेदवार बन्दा नै निर्वाचन जितेका उनी पुनः उपनिर्वाचन जितेर संसद प्रवेश गर्ने दाउमा छन् । यसपटक उनीविरुद्ध कांग्रेसले युवानेता जितनारायण श्रेष्ठलाई लामिछानेविरुद्ध खडा गराएको छ ।

एमालेले भने रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । न्यौपाने एमाले चितवन जिल्ला अध्यक्ष हुन् । उनी गत निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बने पनि कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई एमालेले समर्थन गरेपछि न्यौपानेको उम्मेदवारी फिर्ता गरिएको थियो ।
बारा–२ मा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा गत निर्वाचनमा जसपाले जित हासिल गरेको थियो ।

सप्तरीबाट चुनाव हारेका यादवले बाराबाट संसद् प्रवेश रणनीति बनाएका छन् । तर, उनलाई मधेशवादी दल जनमत पार्टीकै मुख्य चुनौती हुनेछ । यहाँ जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई आफ्नो उम्मेदवार बनाएको छ । गत निर्वाचनमा माओवादी केन्द्रबाट यही क्षेत्रमा उम्मेदवारी बनेका कुशवाह यसपटक जनमत प्रवेश गरी उम्मेदवार बनेका हुन् । गत निर्वाचनमा कुशवाह जसपाका रामसहायप्रसाद यावदसँग पराजित भएका थिए ।

उनीहरुलाई रास्वपाका उम्मेदवार रमेश खरेलले चुनौती दिनेछन् । खरेल अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुन् । यस्तै, एमालेका पुरुषोत्तम पौडेल, नेमकिपाका मुक्ति यादव पनि उम्मेदवार छन् ।

Previous Post

लिभरपुलसँग चेल्सी गोलरहित बराबरीमा रोकियो

Next Post

घटेको हवाई भाडा आजदेखि लागू, कहाँको कति घट्यो

सम्बन्धित खबर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
Load More
Next Post
बैतडीमा छ महिनादेखि हवाई सेवा बन्द

घटेको हवाई भाडा आजदेखि लागू, कहाँको कति घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In