• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दक्ष जनशक्तिको उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छः प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

by
१९ चैत्र २०७९,
0
दक्ष जनशक्तिको उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छः प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहने बताएका हुन् ।

‘विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दीगो विकास, वातावरण संरक्षणबारे गहन् अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ ।

प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ,’ उनले भने, ‘हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बन्न सक्ने गरी तयार गर्नुका साथै खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ। यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछन् ।’

सम्बोधनको पूर्णपाठः

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका सह–कुलपतिज्यू,
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिज्यू,
रजिष्ट्रारज्यू,
डीनज्यूहरु एवं विद्वान् सभासद्ज्यूहरू,
प्राध्यापकज्यूहरु,
आज दीक्षित हुनुहुने सम्पूर्ण विद्यार्थीहरू,
अभिभावकज्यूहरु,
विश्वविद्यालयका कर्मचारीहरु,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आमन्त्रित महानुभावहरू।

सर्वप्रथम पूर्वाञ्चल विश्वविद्यालयको कला, कानून, शिक्षाशास्त्र, व्यवस्थापन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा तोकिएका मापदण्डहरू पूरा गरी एम। फिल।, स्नातकोत्तर र स्नातकतह पारगरी आज दीक्षित हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै तपाईंहरूको उज्ज्वल भविष्यको कामनासहित सफल व्यावसायिक जीवनका लागि शुभकामना व्यक्त गर्दछु।
म आजभन्दा ६ वर्ष अगाडि अर्थात् २०७३ साल चैत २२ गते आयोजना गरिएको पूर्वाञ्चल विश्वविद्यालयको आठौँ दीक्षान्त समारोहमा कुलपतिका हैसियतले सहभागी हुने अवसर प्राप्त भएको स्मरण गर्न चाहन्छु। आज दोस्रोपटक एघारौँ दीक्षान्त समारोहमा पूनः कुलपतिका हैसियतले सहभागी हुन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ।

हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहेको हुन्छ। राष्ट्रको सर्वाङगीण विकास र समुन्नतिका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने पवित्र उद्धेश्यसहित करिब तीन दशक अगाडि स्थापित यस विश्वविद्यालयले तीन दशकको यस अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छु। यस अवसरमा विश्वविद्यालय स्थापनाका लागि योगदान पु¥याउनुहुने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबै महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै, आगामी दिनमा विश्वविद्यालयको संस्थागत सुधार गर्दै उच्चशिक्षामा प्रतिस्पर्धी गुणस्तर प्राप्त गर्नका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त होस् भन्ने शुभकामनासमेत व्यक्त गर्दछु।

आज हाम्रा सामू जनताको बलिदानबाट निर्मित संबिधानको सफल कार्यान्वयन गर्दै देशको समुन्नति, समृद्धि एवम् विकासका साथै नेपाली जनताको जीवनस्तर माथि उठाउन आइपर्ने हरेक प्रकारका कठिनाई र व्यवधानहरूको सामना गर्दै अगाडि बढ्ने चुनौतीहरु छन्। यस यात्रामा विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवं अन्तर्राष्ट्रिय श्रमबजार समेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ।

पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानूनको क्षेत्रमा राष्ट्रको आवश्यकताका र अन्तर्राष्ट्रिय मागसमेत सम्बोधन हुने हिसाबले दक्ष जनशक्तिको उत्पादनमा ध्यानकेन्द्रित गर्दै गइरहेको थाहा पाउँदा खुशी लागेको छ। विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ ब्यापक बनाएर मानवजाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र सम्बर्धन गर्दै गरिने दिगो विकासका मोडलहरुको खोजी गर्नु आवश्यक छ। साथै हामी बाँचेको पृथ्वीमा भइइरहेको तापक्रम वृद्धि र वातावरणीय उथलपुथलबाट हिमालय र यस क्षेत्रमा उत्पन्न सबै प्रकारका चुनौतीहरु र समस्याहरूको समाधानमा विषेश ध्यान केन्द्रित गर्नु आवश्यक भइसकेको छ ।

विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दीगो विकास, वातावरण संरक्षणबारे गहन् अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ । प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ । हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बन्न सक्ने गरी तयार गर्नुका साथै खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ। यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछन्।

२१औँ शताब्दीमा हाम्रा आवश्यकता परिपूर्तिका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै वैकल्पिक साधन र स्रोतहरूको खोजी गर्न विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्दै लैजानु आवश्यक छ। लोकतान्त्रिक मूल्य–मान्यता र संस्कारका साथै लोककल्याणकारी राज्यको मर्म र भावनाअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सम्बन्ध विस्तारमा भूमिका निर्वाह गर्नसक्ने जनशक्तिको उत्पादनमा समेत विश्वविद्यालयहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने मलाई लागेको छ।

अथाह सम्भावनाले भरिएको यस प्रदेशमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ठ अध्ययन, अनुसन्धानको केन्द्र बन्न सकोस् भन्ने मेरो चाहना छ। यस सन्दर्भमा समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा पर्न सक्ने बाधा–अड्चन र कानूनी तथा नीतिगत समस्याहरूको समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु। साथै, ऐनको समयाकुल परिमार्जन र संसोधनका लागिसमेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउन चाहन्छु।

गोठगाउँमा जति सक्दो चाँडै मेडिकल कलेज सञ्चालन भई जनतामा गुणस्तरीय स्वास्थ्य सेवासमेत उपलब्ध होस् भन्ने यस क्षेत्रका जनताको अपेक्षाबारे म जानकारी राख्दछु। त्यसका लागि उपयुक्त उपायहरूको खोजी गर्दै समन्वयात्मक रूपमा स्पष्ट कार्ययोजनाका साथ स्रोत–साधन जुटाएर र कानूनी जटिलतालाई हटाएर मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइ चाँडै एबिबिएस तहको शैक्षिक कार्यक्रमको पठनपाठन शुरू गर्न नेपाल सरकारका तर्फबाट सक्दो सहयोग रहनेछ। मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका जनसंख्यालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ नेपाल सरकारका तर्फबाट निरन्तर पहल र प्रयत्न भइरहेको समेत स्मरण गराउन चाहन्छु।

प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण, उर्जा, उद्योग, पर्यटन र वैज्ञनिक कृषि शिक्षा, कृषिमा यान्त्रिकरण र जैविक विविधताको अनुसन्धान मार्फत् प्रदेशका साथै समग्र देशकै अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा यस विश्वविद्यालयले अग्रणी भूमिका खेलोस् भन्ने म चाहन्छु। यस क्षेत्रका महत्व पूर्ण कृषि उपजहरु अलैँची, चिया, जुट, फलफूल, रुद्राक्ष, जडिबुटी लगायत मौलिक उत्पादनहरूमा समेत सूक्ष्म शोध–अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पु-याउने कार्यमा समेत यो विश्वविद्यालयले महत्वपूर्ण योगदान दिन सक्नेछ भन्ने मेरो विश्वास छ।

अन्त्यमा पूर्वाञ्चल विश्वविद्यालयको कला, कानून, शिक्षाशास्त्र, व्यवस्थापन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा तोकिएका मापदण्डहरू पूरा गरी एम। फिल।, स्नातकोत्तर र स्नातक तह पार गरेर आज दीक्षित हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै तपाईंहरूले प्राप्त गरेको ज्ञानबाट समाज र राष्ट्रको उत्थानमा योगदान पुर्‍याउनुका साथै आफ्नो दैनिक व्यवहार र व्यावसायिक जीवन समेत सकारात्मक प्रभाव पार्न सकोस् भन्ने शुभकामना समेत दिन चाहन्छु ।

Previous Post

महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ

Next Post

नेविसंघ अध्यक्षको राजीनामा माग गर्दै रिले अनसन

सम्बन्धित खबर

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
Load More
Next Post
नेविसंघ अध्यक्षको राजीनामा माग गर्दै रिले अनसन

नेविसंघ अध्यक्षको राजीनामा माग गर्दै रिले अनसन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In