• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटक मौसममा पनि बेगनास सुनसान

by
१६ चैत्र २०७९,
0
पर्यटक मौसममा पनि बेगनास सुनसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १६ चैत । यतिबेला पर्यटक आउने अनुकुल मौसम हो, तर लेखनाथको पर्यटकीय क्षेत्र बेगनास तालमा मौसममा पनि पर्यटक फाट्ट फुट्ट मात्र देखिएपछि डुंगा व्यावसायीको मुहारमा खुसी देखिएको छैन ।

कोरोनाकै कारण तीन वर्षदेखि घटेका पर्यटक यस वर्षपनि शून्य प्राय नै भएपछि बेगनासका डुंगा व्यावसायी चिन्तित मात्र हैन, व्यवसाय नै धरापमा परेको छ । सार्वजनिक बिदाका दिन केही मात्रामा बेगनास पुग्ने गरेका आन्तरिक पर्यटक मध्ये ५० प्रसतिशतले मात्र डुंगा चढेर ताल गुम्ने गरेका कारण व्यावसायीलाई थप निरास बनाउने गरेको बेगनास ताल डुंगा व्यवसायी समितिका अध्यक्ष रबिराज कंडेलले बताउनुभयो ।
यतिवेला विदाका दिन पनि प्रयाप्त मात्रामा पर्ययक छैनन्, गत दसैं र तिहारमा केही मात्रामा वाहिरी जिल्लाका पर्यटक देखिएको भएपनि त्यसपछि पर्यटक देख्न पाइएको छैन, अध्यक्ष कँडेलले भन्नुभयो–‘ बेगनास तालमा भएका २ सय ५४ डुंगामा अहिले प्रतिदिन १० वटा मात्र चल्ने गरेका छन् । ’

’आज चैते दशै भएकै कारण केही पर्यटक वढ्छन् कि भनेर पच्चीस– तीस जना डुंगा व्यावसायी ताल किनारको डुंगा घाटमा आए तर आज बिहानदेखि एक बजेसम्म जम्मा चार वटा डुंगा मात्र चलेका छन्,’ अध्यक्ष कँडेलले भन्नुभयो ।

माछाका परिकारका लागि बेगनास ताल वर्षौदेखि प्रसिद्ध मानिदै आएको भएपनि त्यस्ता परिकार खान पोखरा तथा आसपासका क्षेत्रबाट बेगनास पुग्ने पर्यटक पनि विस्तारै घटेका छन्, देशमा लागेको आर्थिक मन्दीका कारण माछा खाने पर्यटकको संख्यापनि घटेको अनुमान डुंगा व्यावसायी टीकाराम तिवारीले बताउनुभयो ।
‘कोरोना अघि नौका विहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने बेगनासमा तीन वर्षदेखि पर्यटक खोज्नुपर्ने अवस्था आयो,’ तिवारीले भन्नुभयो–‘अहिले ति दिन सम्झना मात्र रहने भए ।’ कोरोनाका कारण कारण व्यवसाय नै नचलेपछि बेगनास तालका २५ प्रतिशत डुंगा व्यावसायी विस्थापित भएको र केही डुंगा व्यावसायी विदेश पलायन हुने क्रम वढिरहेको जानकारी तिवारीले दिनुभयो ।

पोखराका नौ वटा तालमध्ये बेगनास ताल क्षेत्रफलको रुपमा दोस्रो ठूलो ताल मानिन्छ, ३ सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनास तालमा डेढ सय डुंगा व्यवसायी र २ सय ५४ वटा डुंगा संचालनमा रहेका छन् । वरिपरी बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको लेकसाइड स्थित फेवा तालमा भन्दा बेगनासमा नै नौका बिहान गर्न अन्तरिक एवम् वाह्य पर्यटकले मन पराउने गर्छन, डुंगा व्यावसायी बसन्तराम कँडेलले बताउनुभयो ।

‘पर्यटक कम भएकै कारण डुंगा व्यवसायीले आलोपालो गरेर डुंगा संचालन गर्दै आएका छौं, हप्तामा एक दिन पनि पालो आउँदैन,’ डुंगा व्यावसायी अरुण अधिकारीले भन्नुभयो ‘तीन वर्ष अघि डुंगा व्यवसायबाट प्राप्त पैसाले घरखर्च चल्थ्यो अहिले नून–तेल किन्न पनि पैसा पुग्दैन ।

बेगनास तालमा एक घण्टा नौका बिहार गरेवापत व्यवसायीले ७ सय रुपैयाँ र पाइडलबोटको एक हजार रुपैयाँ लिने गरिएको छ । डुंगाबाट ताल वरपरका जंगल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमश्रृंखला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरी डाँडाको मनमोहक दृष्र्यावलोकन गर्न सकिन्छ ।

बेगनास तालमा वि.स.२०३७ सालदेखि डुंगा संचालन हँुदै आएको भएपनि संगठित रुपमा वि.स. २०५२ सालदेखि संचालन भएको हो । २०५२ साल अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुंगा व्यवसाय नौका बिहार मात्र नभई कास्कीका गाउँहरु बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरेडाँडा र लमजुङको पर्यटकीय पसगाउँवासीले डुंगा मार्फत छोटो बाटोको रुपमा प्रयोग गर्दै आएका थिए ।

 

Previous Post

एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका

Next Post

पहिचावादीद्वारा धरान उपमहानगर र वडा कार्यालयहरुमा ताला

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
पहिचावादीद्वारा धरान उपमहानगर र वडा कार्यालयहरुमा ताला

पहिचावादीद्वारा धरान उपमहानगर र वडा कार्यालयहरुमा ताला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In