न्यूमोनियालाई फोक्सोको गम्भिर रोगको रुपमा लिइन्छ । ब्याक्टेरिया, भाइरस ढुसी वा अन्य किटाणुहरुको संक्रमणबाट यो रोग लाग्ने गर्दछ । कुनै पनि उमेरका मान्छेलाई यो समस्या हुने सम्भावना रहन्छ । शरीरमा विषाक्त तत्वहरु जम्मा हुनु, धुलो, धुवाँ ग्याँसहरु आदिमा बढी रहनु, ब्याक्टेरिया भाइरस आदि किटाणुले संक्रमण गराउनु, श्वासनली तथा फोक्सोका कोष एवं तन्तुहरु विषाक्त एवं कमजोर बन्दै जानु, गलत खानपान र अस्वस्थकर जीवनशैली बाँच्नु आदि कारणले न्यूमोनिया हुनेगर्दछ ।
यो समस्यामा एलोप्याथिक उपचार अनिवार्य भएजस्तै वैकल्पिक उपचारले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
खानपानमा ध्यान दिनुपर्ने
– भिटामिन सी र ई ले उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ । तसर्थ भिटामिन ई को श्रोतहरु: भटमास, जौ, चोकरसहितको गहुँ, अण्डा, हरियो साग, देशी वदाम आदिलाई दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।
– हरेक दिन कम्तिमा ३ गिलास फलफूलको जूसले उपचारमा सघाउँछ । जूस, भुइँकटहर, अंगुर, मौसम, सुन्तला, गाँजर, गोलभेँडा आदिको पिउन सकिन्छ ।
– समग्र रुपमा भन्नुपर्दा जति सकिन्छ धेरै थरीका फलफूल, तरकारी र सलादहरुको सेवन गर्नु लाभदायक हुन्छ ।
– मेथी पानी उमालेर ३–४ कप दैनिक पिउनाले फाइदा गर्छ ।
– लसुन (३–४ केस्रा) तुलसीको पात ५ वटा, ल्वाङ १ वटा मिलाएर पानीमा पकाएर सो पानी पिउनाले लाभ गर्दछ ।
– १ चम्चा आलस वा १–२ चम्चा जैतुनको तेल लाभदायक हुन्छ ।
– उपचारको क्रममा मासु, चिया, कफि, चिनी, मैदा आदिको सेवन बन्द गर्नु हितकर हुन्छ ।
– चिल्लो तारेका खानाहरु खान बन्द गर्नुपर्दछ ।
– सिसीको अचार, प्रिजरभेटिभ्स मिसाइएका खानेकुरा, जंक फुडहरुको सेवन बन्द गर्नुपर्दछ ।
– धुम्रपान र रक्सी सेवन बन्द गर्नुपर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













