एक जना जँड्या बिहान उठेर पत्रिका पढ्न बसेछ । पत्रिका पढ्दै जाँदा पत्रिकाको एउटा लेखमा उसको आँखा प¥यो । त्यसमा लेखिएको थियो ‘रक्सी खाँदा हुने नराम्रो असर’ उसले त्यो लेख सबै पढेछ र एकछिन पछि श्रीमतीलाई ‘ल अब भोलिदेखि बन्द’ भनेछ । यो सुनेर श्रीमतीले दङ्ग परेर भनी— साँच्चै हो र भोलिदेखि रक्सी बन्द नै हो त ?
जँड्याहाले भन्योः ‘रक्सी होइन पत्रिका चाहिँ बन्द भनेको….।
एक रुपैयाँ
भिखारीः साहब, एक रुपैयाँ दिनुस् न ।
साहबः तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारीः अनि के एक रुपैयाँकै लागि म अफिस खोलौँ त ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













