• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल ट्रष्टको जग्गा हत्याउन १० करोडको चलखेल

by
१५ चैत्र २०७९,
0
नेपाल ट्रष्टको जग्गा हत्याउन १० करोडको चलखेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल ट्रष्टको जमिन लामो समयसम्मका लागि लिजमा हत्याउन ठूलो रकमको चलखेल सुरु भएको छ । यसमा ट्रष्टकै पदाधिकारी समेत संलग्न रहेको आशंका गरिएको छ ।

काठमाडौंको लाजिम्पाटमा ट्रष्टको ६ रोपनी १४ आना जमिन प्रयोगविहीन छ । व्यवसायीका दृष्टिले प्राइम लोकेसन मानिने सोही जमिनलाई उपयोग गर्दै अर्थ उपार्जन गर्ने ट्रष्टले नीति लिएको छ । ट्रष्टको सोही नीतिमा चलखेल सुरु भएको हो ।

उक्त जमिन लामो समयसम्मका लागि लिजमा दिने ट्रष्टको बोर्ड बैठकले निर्णय गरिसकेको छ । तर, लिजमा दिनका लागि आवश्यक बोलपत्र आह्वान लगायतको काम भने हुन सकेको छैन ।

ट्रष्टका प्रवक्ता विष्णुराज ढकालका अनुसार लामो समयका लागि लिज प्रकृया अघि बढाउन ट्रष्टले चाँढै इ–बिडिङ प्रक्रियाबाट बोलपत्र आह्वान गर्दैछ ।

प्रवक्ता ढकालले भने– ‘उक्त जमिन लामो समयसम्म प्रयोगका लागि लिजमा दिने निर्णय भएको हो । तर, बोलपत्रका लागि प्रकृया अघि बढेको छैन । केही समयपछि इ–बिडिङ हुनेछ । त्यसपछि यसबारे थप प्रकृया अघि बढ्ने छ ।’

उक्त जमिन लिजमा हत्याउन लागिपरेका गिरोहको प्रभावमा परेर बोर्डले जमिन लिजमा दिने निर्णय गरेको स्रोतले बताएको छ । स्रोतले भन्यो– ‘एउटा समूह र बोर्डका केही पदाधिकारीबीच १० करोडको डिल भएको छ । सोही डिलका आधारमा ट्रष्टले लामो समयको लागि त्यो जमिन लिजमा दिने निर्णय गरेको हो ।’

बोर्डका केही सदस्य भने लाजिम्पाट जस्तो अति प्राइम लोकेसनमा रहेको जमिनमा आफै संरचना बनाएर आय आर्जन गर्नुपर्ने पक्षमा रहेका थिए । तर, बहुमत सदस्यले लिजमै दिने भनेपछि उक्त जमिन लिजमा दिने निर्णय भएको हो ।

स्रोतका अनुसार १० करोडको डिलमा रहेको समूह मात्र योग्य हुनेगरि अतिरिक्त मापदण्डसहित ट्रष्टले बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

स्रोतले भन्यो– ‘ट्रष्टसँग सबै कुरा मिलिसकेको छ । सेटिङका आधारमा १० करोड बुझाउने समूहले नै उक्त जमिन लिजमा पाउने निश्चित भएको छ । त्यसका लागि बोलपत्र आह्वान गर्दा सोही समूह मात्र योग्य हुनेगरी अतिरिक्त मापदण्ड समेत तोकिने भएको छ ।’

उक्त जमिन हत्याउन गिरोह १० करोड बुझाउन तयार भएको र ट्रष्ट पनि सोही समूहलाई सेटिङकै आधारमा जमिन दिन तयार भएको आरोप लागे पनि प्रवक्ता ढकाल भने त्यो सम्भव नहुने बताउँछन् ।

प्रवक्ता ढकालले भने– ‘इ–बिडिङ प्रकृयाबाट बोलपत्र आह्वान गरिने हो । यो प्रकृयामा सेटिङका आधारमा निर्णय हुने ठाउँ नै हुँदैन । कसैले गलत तरिकाले टेन्डर पार्ने कोसिस गरे पनि सम्भव हुँदैन ।’

प्रवक्ता ढकालले सेटिङका आधारमा कुनै समूहले जमिन पाउन नसक्ने बताए पनि दृष्टिन्यूजलाई प्राप्त एक फोन संवाद रेकर्ड अनुसार ट्रष्ट र गिरोहबीच १० करोडमा कुरा मिलेको छ ।

सरकारले कुनै पनि सरकारी जग्गा विभिन्न निकाय वा व्यक्तिलाई ४० वर्षसम्म लिजमा दिन सक्ने व्यवस्था गरेको छ ।

यसै आधारमा ट्रष्टको करिव ७ रोपनि जमिनमा व्यवसायीक संरचना बनाउन सके अर्बौँ कमाउन सकिने जग्गा हत्याउन लागिपरेको गिरोहको ठम्याइ रहेको छ । त्यसैले ठूलो रकम बुझाएर भए पनि जग्गा हातपार्न सो समूह लागिपरेको हो ।

Previous Post

नेपाल प्रहरीका चार एआईजीको पदस्थापन, को कहाँ पुगे ?

Next Post

श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा

श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In