• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उद्योग बाणिज्य महासंघमा आबद्ध भएको अनुभवको आधारमा नेतृत्व लिन तयार छुः वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ

बैंकहरुले ब्याजदरमै २० प्रतिशत भन्दा बढि नाफा खाएः वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठ

by
१४ चैत्र २०७९,
0
उद्योग बाणिज्य महासंघमा आबद्ध भएको अनुभवको आधारमा नेतृत्व लिन तयार छुः वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको बताएका छन्। लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित चन्द्रौटामा आयोजित “लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक” कार्यक्रममा उनले अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए्।

सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पूँजी निर्माण गर्न कठिन भएको श्रेष्ठले बताए। उनले बैंकले उद्योगीहरुसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन माग गरे। “उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशत भन्दा धेरै लिन नपाईने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानून लागु गरेर दुख दिईन्छ, तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन्।” वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले भने।
निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भुमिका बढिरहेको बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको बताए। आफूले लुम्बिनी प्रदेशमा लगानी बिस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको श्रेष्ठले जानकारी दिए।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै अब आफूले नेतृत्व गर्ने पालो आएको बताए। “म युवा छु तर संस्थागत संलग्नता लामो समय भएको छ। यसले मलाई परिपक्क बनाएको छ र सोहि अनुभवको आधारमा आफूले नेतृत्वमा दाबी गरेको हुँ,” श्रेष्ठले भने। कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले देशको पूँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै यसलाई कसरी गतिशिल बनाउने भन्नेमा राज्य लाग्नुपर्ने बताए। “पूँजी निर्माणमा निजी क्षेत्रको योगदान ७५ प्रतिशत भन्दा धेरै ५ र सरकारको योगदान न्यून मात्र छ। त्यसले देशको पूँजी निर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर सरकारले हेर्नुपर्दछ,” उनले भने। सरकारले अर्थतन्त्रलाई सुदृढ गर्नका लागि आफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने भन्दै उनले राजस्व र साधारण खर्चमा मात्र हेर्न नहुने बताए।

“अहिले तीनै तहका सरकारहरुसँग ३५१ अर्ब रुपैयाँ रहेको छ यो रकमबाट सरकारले खर्च गर्न सक्दछ। र अर्थतन्त्र सुधार भएपछि त्यसबाट पूर्ति गर्न सक्दछ,” उनले भने। अर्थतन्त्रलाई कसले गति दिने भन्ने महत्वपूर्ण विषय भएको भन्दै पूर्व कार्यकारी निर्देशक थापाले सरकारले नै पहल गर्नुपर्ने बताए । उनले देशभित्र उद्योग व्यवसाय दर्ता र संचालनको लागि सहज व्यवस्था गरिनुपर्नेमा जोड दिए।
यसका साथै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आर्थिक समस्या वा मन्दीबाट नेपालमा कसैले नसिकेको वा सुधार गर्न नचाहेको बताएका छन्। उनले विश्वमा ठूला आर्थिक मन्दिबाट सबै देशहरुले सिकेपनि हामीले कहिलेपनि सिक्न र सुधार गर्न नसकेको बताए।

उनले यसको लागि संस्थागत अभ्यासमा सुधार गर्नुपर्ने र यथार्थवादको अन्त्य गर्नुपर्ने बताए। “विश्वका सबै देशहरुले आर्थिक मन्दी र चुनौतीबाट पाठ सिकेर नयाँ नीति र व्यवस्था गर्ने गरेको भएपनि हामीले कहिले सिक्न चाहेनौं,” सांसद झाले भने, “हामीले के सिक्ने र कसरी व्यवस्थापन गर्ने भन्ने निश्चित हुनुपर्दछ।” उनले उद्योग व्यवसायलाई गाउँगाउँमा पुर्याउनुपर्ने भन्दै औद्योगिक क्षेत्रमा पनि संघियतालाई कार्यान्वयन गर्न अनुरोध गरे। कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले निजी क्षेत्रको माग र समस्यालाई सम्बोधन गर्न र आन्दोलनको रुपमा अगाडि बढाउन पनि अन्जन श्रेष्ठको नेतृत्व आवश्यक भएको बताए।

Previous Post

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो

Next Post

झापामा हात्तीमैत्री ‘सामूहिक खेती’

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
झापामा हात्तीमैत्री ‘सामूहिक खेती’

झापामा हात्तीमैत्री ‘सामूहिक खेती’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In