आउदो मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट कास्की २ मा विद्या भट्टराईसहित ४ जनाको नाम सिफारिस
विद्या भट्टराईसहित, भुपेन्द्र गिरी, केशव आचार्य र प्रभा कोइराला को नाम जिल्ला कमिटि कास्कीमा सिफारिस भएको नेकपा एमाले क्षेत्रीय कमिटिले जनाएको छ ।
एमालेका रविन्द्र अधिकारी उक्त क्षेत्रमा २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए । उनको निधनपछि धर्म पत्नी विद्या भट्टराई उपनिर्वाचनमा विजयी भएकी थिइन् ।