• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

by
१२ चैत्र २०७९,
0
सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन । बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका(५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ ।

भौगोलिकरूपमा निकै विकटमा रहेको खुङ्खानीगाउँ छेउमै चिटिक्क रङरोगन गरेर सिङ्घारिएका केही भवन देखिन्छन् । भवन वरिपरि घेराबारले लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो । दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा कम छैन ।

आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले मुहार फेरेको छ । भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको छ । केही वर्ष पहिलेसम्म विद्यार्थी धुलोमै बसेर पढ्ने गर्थे । पर्याप्त डेक्स-बेन्च थिएनन् । खानेपानी र शौचालयको अवस्था पनि उस्तै थियो । जब स्थानीय सरकार आयो, तब शान्ति माविको स्वरुप नै परिवर्तन भएको छ ।

गाउँको विद्यालय भए पनि यहाँ डिजिटल माध्यमबाट पढाइ हुन थालेको छ । प्रविधिमैत्री शिक्षा अवलम्बन गरेको विद्यालय जिल्लाकै नमूना बनेको छ ।भौगोलिक विकटताका कारण विभिन्न समस्या झल्दै आएको शान्ति मावि अहिले बजारका विद्यालयका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।

जिल्ला सदरमुकाम नजिकै रहेका कतिपय सामुदायिक विद्यालयमा अहिले पनि डिजिटल माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप हुँदैनन्, तर यहाँ अघिल्लो वर्षदेखि नै ‘पेपरलेस’ पढनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले बताए ।

सिंहले पछिल्लो आधा दशकमा विद्यालयले भौतिक संरचना र शैक्षिक गुणस्तरमा धेरै सुधार गरेको बताए । उनले अहिले आफूहरूले समयानुसार प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन सुरु गरेको बताउँछन् । उनले पाँच वर्ष अगाडिसम्म विद्यालय भौतिक, शैक्षिक र अन्य प्राविधिकरूपमा कमजोर रहेको सुनाउँदै अहिले अब्बल बन्न थालेको बताए ।

कक्षा १–५ स्थानीय पाठ्यक्रम लागू गरेको र कक्षा ६–१० डिजिटल माध्यमबाट पठनपाठन हुने गरेको प्रधानाध्यापक सिंहको भनाइ छ । ‘आजभन्दा पाँच–सात वर्ष अगाडि विद्यालयको अवस्था निकै दयनीय थियो, कक्षाकोठा नपुग्दा बालबालिकालाई भुईंमै राखेर पढाउनुपथ्र्यो, पूर्वाधार जीर्ण थिए, विद्यालय घेराबार थिएन, असुरक्षित थियो,’ प्रधानाध्यापक सिंहले भने, ‘अहिले विद्यालयमा धेरै संरचना बने, शैक्षिक गुणस्तर पनि राम्रो भएको छ, अब हाम्रो ध्येय भनेको शैक्षिक गुणस्तरलाई बढाउनु हो, हामी सोहीअनुसार लागिरहेका छौँ, अहिले पनि धेरै सुधार गरेका छौँ ।’

पूर्वाधारमा सम्पन्न भएसँगै विद्यालयले शैक्षिक गुणस्तरलाई पनि बढाएको छ भने विद्यार्थी सङ्ख्या पनि बढेको छ । पहिले ४० प्रतिशतमात्रै शैक्षिक प्रगति गरेको विद्यालयले अहिले ८० प्रतिशत बढी उपलब्धि हासिल गर्न थालेको प्रअ सिंह बताउँछन् ।

पहिले दुई सय विद्यार्थी हुने गरेकामा अहिले करिब साढे तीन सय विद्यालर्थीले अध्ययन गरिरहेको उनको भनाइ छ । विद्यालयप्रति समुदाय र अभिभावकको भरोसा बढेपछि विद्यार्थीको आकर्षण बढेको उनले जानकारी दिए ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर यस विद्यालय विकटमा रहेर पनि छुट्टै पहिचान बनाउन सफल भएको बताउँछन्। गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको जनाउँदै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उनको भनाइ छ ।

अध्यक्ष बुढामगरले पहिलो कार्यकालको सुरुआतदेखि नै शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अहिले पनि पालिकाका थुप्रै विद्यालयमा सुधार गरिरहेको बताए ।

अध्यक्ष बुढामगर भन्छन्, ‘खुङ्खानी गाउँ भौगोलिक हिसाबले टाढा र विकटमै छ, यहाँ विकास गर्न त्यत्ति सहज थिएन, तर पनि निरन्तरको प्रयासले सफल भयौँ, अहिले एउटा चरणमा पुग्यो, विद्यार्थीको चाप पनि राम्रो छ, गुणस्तरलाई बढाउनतर्फ जोड दिएका छौँ, इन्टरनेट र अन्य प्राविधिक सहयोग पनि गाउँपालिकाले गरिरहेको छ ।’

कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो । विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ । यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा पुग्नुपर्छ ।

छ घन्टा हिँडेर पढ्ने बाध्यता हट्दै
तमानखोला गाउँपालिका–६ नर्जाखानी, पात्ले, भित्रीवनलगायतका गाउँबाट विद्यार्थी दैनिक छ घण्टा हिँडेर माध्यमिक तहको अध्ययन गर्दै आएका छन् ।

वडा नं ६ का दर्जनौँ विद्यार्थी आधारभूत तहको पढाइ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि उनीहरू शान्ति माध्यमिक विद्यालयमा पुग्नुपर्छ । नर्जाखानीबाट शान्ति मावि खुङ्खानी पुग्न तीन घन्टा बढी लाग्छ ।

वर्षौंदेखि घन्टौं हिंडेर माध्यमिक शिक्षा हासिल गर्दै आएका नर्जाखानी क्षेत्रका विद्यार्थीले अब छात्रबासमै बसेर माध्यमिक तहको पढाइ गर्न पाउने भएका छन् । शान्ति माविमा छात्राबास सञ्चालनका लागि चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको प्रधानाध्यापक सत्यनारायण सिंह बताउँछन् ।

नर्जाखानीबाट आएर कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिने भएको उनको भनाइ छ । प्रधानाध्यापक सिंहले भने, ‘यहाँका विद्यार्थीलाई निकै समस्या थियो, दैनिक छ घन्टा पूरै हिँड्नुपर्थ्यो, हिँडाइको थकाइले गर्दा उनीहरूमा पढाइप्रति रुचि कम हुने गरेको पाइयो, त्यसले गर्दा यस वर्षबाट छात्रबासमा राखेर पढाउन थालेका छौं, यस वर्ष छोटो समय राख्यौं, आगामी वर्षदेखि थप व्यवस्थापनका साथ विद्यार्थीलाई सहज हुने गरी पठनपाठन गराउँछौं ।’

Previous Post

प्रचण्डले धोका दिएको विष्णु पौडेलको आरोप

Next Post

लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय

लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In