• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

by
६ चैत्र २०७९,
0
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको घडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ ।

वनैभरि फुलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट मोटर बाटोले जोडिएको सोलेडाँडामा पर्यटक कतिपय गाडी लिएर त कति पैदलयात्रामार्फत यहाँ घुम्न आउने गरेका छन् । पुस माघमा हिउँले सेताम्य हुने यो ठाउँ यस वर्ष वर्षा नहुँदा हिउँ परेन । हिउँ नपर्दा खडेरीले सोलेडाँडा उराठिलो बन्यो । पर्यटक हिउँ खेल्न पाएनन् ।

पुस माघमा हिउँ खेल्न नपाएका पर्यटक यतिबेला गुराँस फूलसँग रमिरहेका छन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिक रहेको सोलेडाँडामा पुग्ने सडक सहज हुँदा पर्यटकको आगमनमा बढेको पाइएको छ । केही दिनदेखि वनभोज, ‘क्याम्प फायर’ र पदयात्राका लागि टाढा–टाढादेखि पर्यटक आउने गरेको स्थानीय प्रेमबहादुर विकले बताए ।

दुई हजार छ सय ३० मिटरको उचाइमा रहेको सोलेडाँडा घना जङ्गलको बिचमा हुँदा मनोरोगीलाई प्राकृतिक उपचारका उपयुक्त हुने उनको भनाइ छ । पछिल्लो समय प्राकृतिक उपचारका लागिभन्दा घुमफिर र रमाइलो गर्न आउने गरेको विकले बताए । खासगरी बिदाका दिनमा शैक्षिक भ्रमणका साथै वित्तीय संस्थाका कर्मचारी वनभोजका लागि बढी आउने गरेको उनको भनाइ छ ।

विक भन्छन्, ‘गाउँपालिकाले सोलेडाँडामा ठूलो लगानी गरेर राम्रो बनाएको छ, तमान आउने सजिलै सोलेडाँडा पुग्न सक्छन्, पहिलेको जस्तो अप्ठ्यारो बाटो छैन, गाडीमै त्यहाँसम्म पुग्न सकिन्छ, अहिले त झन गुराँस फुलेर वनै ढोकेको छ, त्यसले गर्दा धेरै मान्छे रमाउन आउँछन्, होटल, रेष्टुराँको व्यवस्था छैन, त्यसले गर्दा उनीहरु घुम्ने फर्किने गर्छन् ।’

गुल्मीको मुसिकोटबाट घुम्न आउनुभएको सुनिले घिमिरेले वनभरि फुलेको लालीगुराँसले मनै लोभ्याएको बताए । सोलेडाँडा घुम्न दुई वर्ष अगाडि आएको सुनाउँदै पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको बताउछन् । पदयात्राका लागि सोलेडाँडा उपयुक्त गन्तव्य भएको भन्दै यहाँ पर्यटकीय संरचना निर्माण गर्नसके बाह्य पर्यटकलाई पनि भित्र्याउन सकिने उनको भनाइ छ ।

‘सम्भवत यो बागलुङकै उच्च स्थान होला, पहाडको शिरमा यति सुन्दर समथर भाग वीरलै ठाउँमा हुन्छन् होला, हिमाल त आँखै अगाडि देखिँदो रहेछ’, घिमिरेले भने, ‘केही पूर्वाधार त बनेका रैछन्, बाहिर पर्यटक ल्याउने हो भने यहाँ यतिले मात्रै पुग्दैन, यसलाई थप व्यवस्थापन गर्न जरुरी देखिन्छ, म त पटक–पटक आएँ, तर घुमेर धितनै मरेन ।’

सोलेडाँडा आफैँमा सुन्दर छ, त्यसमाथि देखिने हिमशृङ्खला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । यहाँबाट बागलुङ र म्याग्दीका सयौँ गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुछ्रे, मानापाथीलगायतका दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । तमानखोला गाउँपालिका–४ मा पर्ने सोलेडाँडालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

अध्यक्ष बुढा मगरले पहिलोपटक निर्वाचित हुँदा सोलेडाँडाको विकासका लागि खाका तयार गरेको भन्दै अहिले विस्तारै यहाँ पूर्वाधार निर्माणका काम भइरहेको बताए । आगन्तुकलाई लक्षित गरी यहाँ शौचालय र स्वच्छ खानेपानीको धारो निर्माण गरेको अध्यक्ष बुढा मगरको भनाइ छ । उनी भन्छन्, ‘सोलेडाँडा तमानखोलाको मात्रै नभई समग्र जिल्लाकै उत्कृष्ट गन्तव्यमा पर्छ, विगतमा सरोकारवाला निकायको ध्यान पुगेको थिएन, हामी आएपछि केही परिवर्तन भएको छ ।’

सालिका निर्माण
तमानखोला गाउँपालिकाले विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा सोलेडाँडामा उद्यान निर्माण गरि सालिक स्थपाना गरेको छ । गाउँपालिकाले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक स्थापना गरेको अध्यक्ष बुढा मगरले जानकारी दिए ।

सोलेडाँडालाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकमार्फत बुर्तिबाङ बजार हुँदै सोलेडाँडा पुग्न सकिने हुँदा केही वर्षमै सोलेडाँडाले मुहार फेर्न अध्यक्ष बुढा मगर बताउछन् ।

उनी भन्छन्, ‘सोलेडाँडा देशकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्यको बीच भागमा छ, लोकमार्ग हुँदै ढोरपाटन र सालझण्डी हुँदै मुक्तिनाथ जाने पर्यटक यहाँ आउने सक्छन्, अझ मुक्तिनाथ जाने मुख्य सडक त सोले हुँदै म्याग्दी जोडिने छ, अहिले सडक कच्ची हुँदा बाहिरी पर्यटक भित्र्याउन सकिएको छैन, केही वर्षमै यहाँका सडक स्तरोन्नति भए भने यो ठाउँ विदेशीको रोजाइमा पर्ने अपेक्षा लिएका छौँ ।’

Previous Post

जड कुरा के भने राजालाई चाहिने भनेका सिपाहीहरु नै हुन् – पृथ्वीनारायण शाह

Next Post

आजदेखि महाराष्ट्रमा जी–२० अन्र्तगत नागरिक समाजको बैठक

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

आजदेखि महाराष्ट्रमा जी–२० अन्र्तगत नागरिक समाजको बैठक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In