काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राखेको छ । आइतबार नेपालमा छापावाल सुन प्रतितोला एक लाख दश हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि माघ १९ गते छापावाल सुनको मूल्य एक लाख सात हजार कायम थियो । अमेरिकाका तीनवटा ठूला बैंक डुबेका कारण सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आइतबार शुक्रबारको भन्दा तोलामा दुई हजार नौ सयले सुनको मूल्य बढेको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा एक लाख नौ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।












