अरविन्द घोषका केही अमर वाणीहरु
१) संसारका क्रुरता र पापका कुरा नगर । यस कुरामा खेद मनाऊ कि अझै पनि तिमी क्रुरता हेर्न विवश छौ तिमीलाई यसैमा दुःख लाग्नुपर्दछ कि तिमी सबैतिर केवल पाप हेर्न बाध्य छौ । यदि तिमी संसारको सहायता गर्न आवश्यक ठान्दछौ भने संसारको निन्दा नगर । त्यसलाई अझ बढी कमजोर नबनाऊ । पाप, दुःख आदि सबै के हुन् ? अरु केही होइनन्, केवल कमजोरीका परिणाम हुन् । यस प्रकारका उपदेशले, संसारलाई दिनप्रतिदिन आधिकारिक कमजोर बनाउँदै लगिएको छ ।
२) असफलताको चिन्ता नगर, ती एकदम स्वाभाविक छन्, तिनै त जीवनका सौन्दर्य हुन् । यी नभए जीवन कस्तो होला ? यदि जीवनमा संघर्ष छैन भने जीवित रहनु नै व्यर्थ छ । संघर्षमा नै जीवनको काव्य छ । संघर्ष र त्रुटिको वास्ता नै नगर । यी त झिनामसिना चिप्लाई हुन् । आदर्शलाई अघिल्तिर राखेर हजार पटक अघि बढ्ने प्रयत्न गर । यदि हजार पकट नै असफल भयौ भने पनि एकपटक पुनः प्रयत्न गर ।
३) कमजोरीको विचारले कमजोरीको उपचार हुँदैन । शक्तिको विचार गर्नुपर्दछ । मानिसलाई शक्तिको शिक्षा देऊ, जो उनीभित्र पहिलेदेखि नै विद्यमान छ ।
४) मनुष्यलाई जति तल खस्न सक्छ खस्न देऊ । यस्तो समय अवश्य आउने छ जब ऊ माथि उठ्नलाई सहारा पाउनेछ । आफूमा विश्वास गर्न सक्ने छ । तर हाम्रो लागि असल हुन्छ कि समयभन्दा पहिले नै हामी त्यो बुझौँ । स्वयम्मा विश्वास गर्न सिक्नलाई हामीले त्यस प्रकारका कटु अनुभव किन गर्ने ?
५) हामी देख्न सक्छौँ कि एक र अर्काे मानिसका बीच अन्तर हुनुको कारण उसको स्वयम् माथिको विश्वास हुनु र नहुनु नै हो र स्वयम्मा विश्वास भए नै सबकाम हुन सक्छ । मैले आफ्नो जीवनमा यसको अनुभव गरेको छु । अहिले पनि गरिरहेको छु । मेरो आत्मविश्वास अझ दृढतर हुँदै गएको छ ।
६) जड् यदि शक्तिशाली छ भने विचार सर्वशक्तिमान छ । यस विचारलाई आफ्नो जीवनमा उतार र स्वयम्लाई सर्वशक्तिमान, महिमान्वित र गौरवसम्पन्न अनुभव गर । ईश्वर कृपाले तिम्रो मस्तिष्कमा कुनै कुसंस्कारलाई स्थान मिलोस् । जन्मैदेखि कुसंस्कार सिक्ने वातावरणमा नरहौँ र कमजोरी तथा दोषपूर्ण विचारबाट बचौँ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













