• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

by
२९ फाल्गुन २०७९,
0
चिराइतोको मूल्य अलैँचीको भन्दा बढी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुँदै चिराइतो झापामा पु¥याउँदा प्रतिमन रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । “गत वर्ष रु ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार भइरहेको छ”, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भन्नुभयो । गत वर्ष रु १८ हजार हुँदै रु ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर रु ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन रु ३२ हजारदेखि रु ३३ हजारसम्ममा लिने गरिएको छ । चिराइतो सङ्कलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताउनुभयो । व्यवसायीका अनुसार चिराइतो सुुके नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ ।

झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् । “कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्, उनीहरूले बिर्तामोडका व्यापारीले दिने भन्दा रु एक हजार बढी दिन्छन्”, व्यवसायी बरालले भन्नुभयो । केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ । मूल्य वृद्धि भएसँगै चिराइतो सङ्कलन गर्ने र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन् । लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैँचीको भन्दा माथि पुगेपछि यहाँका किसान हर्षित बनेका हुन् । यो वर्ष प्रतिमन रु ३२÷३३ हजारका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताउनुभयो । व्यावासायिक खेती गर्दै आउनुभएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गर्नुभएको छ । उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उहाँले बताउनुभयो । यता लेलेपका बुद्धिमान राईले मूल्य बढेर किसानलाई उत्साहित बनाएको बताउनुभयो । हालको मूल्य कायम रहिराखेमा अलैँचीलाई जस्तै जङ्गल फाँडेर उच्च लगानीका साथ खेती गर्ने किसानको लगानी खेर नजाने उहाँको भनाइ छ । आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैँचीपछि चिराइतोको खेती धेरै गर्दै आएका छन् ।

मूल्य नपाउँदा भने केहीले यसलाई निरन्तरता दिन सकेनन् । तर चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो सङ्कलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष एक सय ५० मन चिराइतो सङ्कलन गर्नुभएका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पु¥याएको बताउनुभयो । “गत वर्षको तुलनामा सङ्कलन न्यून छ, यसरी न्यून हुनुमा उत्पादन घटेर हो, सङ्कलन गर्ने र खेती गर्ने क्रम केही घट्दै गएको छ”, उहाँले भन्नुभयो । उता सिरिजङ्घा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीेले गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो सङ्कलन भएको बताउनुभयो । उहाँका अनुसार प्रायले चिराइतो खेती छाडेका छन् । तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएको उहाँले बताउनुभयो । ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त कार्यालयका अनुसार सङ्कलक तथा व्यवसायीले भने आधाजसोको मात्र पुर्जी लिने गरेको तथ्याङ्कले देखाएको छ । उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य जडीबुटी हो ।

समुन्द्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्णरूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उक्लिन्छ । भूगोल हेरी मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ । प्रायले जङ्गलमा गएर चिराइतो सङ्कलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्नेले जङ्गल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन् । बीउ छरेको तीन वर्षमा उखल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन् । औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ ।

Previous Post

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई

Next Post

देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना

देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In