• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शिक्षालाई जीवन उपयोगी बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड

by
२९ फाल्गुन २०७९,
0
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् ।

सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार गर्नुपर्ने बताएका हुन् ।

शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्षसमेत रहेको भन्दै प्रधानमन्त्रीले शिक्षाको गुणस्तर र विकासले नै विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्ने बताए ।

सम्बोधनको पूर्णपाठः

समारोहका सभापतिज्यू,
माननीय सांसदज्यूहरू,
नेपाल सरकारका सचिवज्यूहरू,
विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू,
उपस्थित शिक्षाविद एवं सामाजिक व्यक्तित्वहरू,
शिक्षक एवं कर्मचारी मित्रहरू,
राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरू,
सञ्चारकर्मी मित्रहरू,
विद्यार्थी भाइबहिनीहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू ।

सर्वप्रथम जहानियाँ राणाशासन कालका कारण अन्धकारमा रुमल्लिरहेको तत्कालीन नेपाली समाजलाई चेतनाको दीयो बाल्ने ध्येयका साथ वि।सं। २००३ सालमा स्थापित यस विद्यालयको हीरक जयन्तीको ऐतिहासिक अवसरमा सम्पूर्ण शिक्षक–कर्मचारीहरू, अभिभावकज्यूहरू, विद्यार्थीहरू एवं सिंगो विद्यालय परिवारमा हार्दिक अभिवादनसहित शुभकामना व्यक्त गर्दछु ।

आजभन्दा ठीक ७६ वर्षपहिले आजकै दिन संस्थापक प्रधानाध्यापक ईश्वरराज अर्याल र संस्थापक शिक्षकहरू आनन्दप्रसाद ढुङ्गाना, झङ्कबहादुर श्रेष्ठ, प्रेम बहादुर कंसकार, कृष्णबहादुर मानन्धर, रत्नमान मास्के र गौरीप्रसाद राजभण्डारी लगायतका शिक्षाप्रेमी एवं सामाजिक व्यक्तित्वहरूको पहलमा स्थापित यस विद्यालयले आफूलाई देशकै अब्बल विद्यालयको रूपमा स्थापित गरेको छ । ७६ वर्षको इतिहासमा विद्यालयले देशकै नेतृत्व गर्ने राजनीतिज्ञ, कर्मचारी, सामाजिक व्यक्तित्व, नागरिक अभियान्ताहरू, न्यायाधीश, कलाकर्मी एवं प्राज्ञिक व्यक्तत्वहरू जन्माएको छ । यो हामी सबैका लागि खुसी र गौरवको कुरा हो ।

काठमाडौँको मुटुमा रहेको यस विद्यालयले शैक्षिक गुणस्तर र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गर्दै आएको छ । शिक्षा प्रविधियुक्त हुनुपर्ने कुरालाई ह्रदयङ्गम गरी सूचना र प्रविधिको माध्यमबाट नेपाली समाज र युगले मागेको सार्वजनिक शिक्षा प्रदान गरिरहेको छ, जसमाः मन्टेश्वरी शिक्षा, कम्प्युटर शिक्षा, प्रविधियुक्त शिक्षा, पुस्तकको अध्ययनलाई सामाजिक अध्ययनसँग जोड्ने प्रचलनको विकास, सामाजिक एकता र सहअस्तित्वमा जोड, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतका पूर्वाधारहरू, छात्रवृत्ति, अतिरिक्त क्रियाकलापहरू लगायतका विषयमा विद्यालयले दिएको प्राथमिकता र प्राप्त गरेको नतिजा स्मरणीय छ ।

शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्षसमेत हो । जुन राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिन्छ, त्यो मुलुकले विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्दछ, त्यो देशको जनशक्ति राष्ट्रिय मात्र नभएर विश्वबजारमा प्रतिस्पर्धामा अग्रता हासिल गर्दछ, सामाजिक सभ्यता र संस्कृतिमा गुणस्तर प्रगति हासिल गर्दछ । यस अर्थमा शिक्षाको विकास मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ हो भन्ने तथ्य हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्छ । शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ ।

प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्नयोग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक छ । यसका निम्ति नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य जरूरी छ ।

देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रासामु छ । यसै यथार्थलाई ध्यान दिँदै वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ । उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।

नेपालको शैक्षिक जगतको इतिहासमा नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस विद्यालयले पनि बदलिँदो राजनीतिक परिस्थिति, २१ औँ शताब्दीको विश्वव्यापी चरित्र, हाम्रो राष्ट्रिय मान्यता र आवश्यकतालाई समेत ध्यान दिँदै गुणस्तरीय, सर्वसुलभ, प्राविधिक र स्वरोजगारीमुखी शिक्षा प्रदान गर्न थप प्रभावकारी भूमिका खेल्नेछ भन्ने विश्वासका साथ हीरक जयन्तीको पूर्ण सफलताको शुभेच्छा व्यक्त गर्दछु, धन्यवाद ।

Previous Post

खन्ती–जोमसोम सडक कालोपत्र सुुरु

Next Post

धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In