रसायन शास्त्रका प्रसिद्ध प्रोफेसर प्रफुल्ल चन्द रायसँग एक पटक उनका शिष्यले प्रश्न सोधे, ‘महोदय, तपाईंको जीवनको सबैभन्दा व्यस्त दिन कुन रह्यो ?
प्रोफेसर रायले मुस्कुराएर जवाफ दिए— बाबु अल्छी र निकम्मा मानिसलाई दैनिक आवश्यक काम गर्ने समय मिल्दैन, जबकि वास्तवमा सही ढङ्गले व्यस्त मानिसको जीवनमा समयको अभाव हुँदैन ।
मेरो जीवनको सबैभन्दा व्यस्त दिन साठी वर्ष पार गरेपछिको हो । यो अवधिमा मैले प्रदर्शनीको उद्घाटन, राष्ट्रिय संस्थाको काम र स्वदेशी प्रचार प्रसारको लागि देशमा दुई लाख माइलको यात्रा गरेँ । यद्यपि मैले आफ्नो वैज्ञानिक शोधकार्यमा कहिल्यै रोकावट आउन दिइन । आफ्नो छुट्टी काटेर शोधकार्य पूरा गरिरहेको छु ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













