• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लोकभजन जोगाउन महोत्सव

by
२७ फाल्गुन २०७९,
0
लोकभजन जोगाउन महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्राचीन संस्कृति र परम्परासँग गाँसिएको लोकभजन जगेनार्थ पोखरामा भजन महोत्सव सुरु भएको छ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबारदेखि राष्ट्रव्यापी भजन चुड्का प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा देशभरबाट ३२ भजन समूहले सहभागिता जनाएको प्रतिष्ठानका सदस्य सचिव डा तुलसीराम खनालले जानकारी दिनुभयो । भजन महोत्सवसँगै बृहत् ज्ञान महायज्ञको शुभारम्भ बिहीबार गरिए पनि प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । लोपोन्मुख अवस्थामा पुगेका लोकभजनको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सदस्य सचिव डा खनालले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रजापति पुराजुलीले धार्मिक गीतका रुपमा प्रचलित भजन लोप हुन नदिन प्रतिष्ठानले महोत्सव, प्रतियोगितालगायत संरक्षणका काम गर्दै आएको बताउनुभयो ।

नेपाली भजन संस्कृतिमा राष्ट्रव्यापी रुपमा नयाँ जागरण ल्याउन आफूहरु लागिपरेको उहाँको भनाइ छ । “महोत्सवले लोकभजनको उत्थान र जगेर्नामा टेवा पुग्छ, नयाँ पुस्ताले भजनबारे बुझ्ने मौका पाउँछन्”, अध्यक्ष पराजुलीले भन्नुभयो । कुनै ताका मठ, मन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको लोकभजनले पछिल्लो मेला, महोत्सवमा ठाउँ लिन थालेको छ । प्रतिष्ठानले यसअघि पनि पोखरामै भजन महोत्सव गर्दै आएको थियो । बागलुङलगायतका जिल्लामा पनि भजन महोत्सव हुने गरेका छन् । समाज आधुनिक बन्दै जाँदा भजन जस्ता परम्परागत गीत, कला र संस्कृति हराउने चिन्ताबीच संरक्षण अभियान अघि बढेको हो । भजनले मानिसलाई आत्मिक शान्ति दिने र सत्मार्गमा लाग्न प्रेरित गर्ने बागलुङस्थित जैमिनी सङ्कीर्तन समूहका अध्यक्ष टेकबहादुर क्षत्रीले बताउनुभयो ।

इश्वरीय कथा, गाथा, भगवान्को गुणगान र वर्णन गरेर भजन गाउने गरिएको उहाँको भनाइ छ । उक्त समूह पनि यसअघि विभिन्न ठाउँमा हुने भजन प्रतियोगितामा भाग लिएर पुरस्कृत भएको छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणिक कथा अभिव्यक्त गर्ने गरिन्छ । प्रतियोगितामा सहभागी हुने भजन समूहले गायनसँगै भगवान् शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभियनमा उतार्ने गरेका छन् । धर्म, सभ्यता र संस्कृतिसँगै सामाजिक विषयलाई समेत उठान गरेर भजन गाउने गरिएको कलाकार बताउँछन् । मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ पु¥याउन पनि धार्मिक मेला, महोत्सव र प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार, द्वितीयलाई रु ३१ हजार, तृतीयलाई रु २१ हजार र सान्त्वनालाई रु ११ हजार पुरस्कार राखिएको छ । उत्कृष्ट झाँकी, वेशभूषा, नाच आदिलाई पनि नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । आउँदो चैत २ गतेसम्म चल्ने ज्ञान महायज्ञ एवं भजन महोत्सवमा आध्यात्मिक गुरु गुरु चैतन्य कृष्णले भागवत् वाचन गरिहनुभएको छ । महोत्सवबाट सङ्कलित रकम प्रतिष्ठानको केन्द्रीय कार्यालय भवनमा निर्माण खर्च गरिने जनाइएको छ । महोत्सवमा रु एक करोड आम्दानी र रु ३५ लाख ४४ हजार खर्च हुने आयोजकको अनुमान छ ।

Previous Post

निर्यात जीडीपीको २० प्रतिशत पुर्‍याउने लक्ष्य

Next Post

मुखमा खटिरा आँउदा उपनाउनुस् यी घरेलु उपाए

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
मुखमा खटिरा आँउदा उपनाउनुस् यी घरेलु उपाए

मुखमा खटिरा आँउदा उपनाउनुस् यी घरेलु उपाए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In