• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्ता गठबन्धनमा संकटः के चैत १२ गते पछि प्रचण्डको सरकार ढल्छ त ?

by
२१ फाल्गुन २०७९,
0
सत्ता गठबन्धनमा संकटः के चैत १२ गते पछि प्रचण्डको सरकार ढल्छ त ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – निर्वाचन पछि सरकार गठन गर्न बालकोटमा बनेको सात दलिय गठबन्धन भत्केर राष्ट्रपतिको निर्वाचनमा आठ दलिय गठबन्धन बनेको छ । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसका उम्मेद्वारलाई समर्थन गरे पछि एमाले र राप्रपा सरकार बाट बाहिरएका छन ।

शक्ति वाडफाटका विषयमा कुरा नमिल्दा समिकरण भत्किएकोले पुन नयाँ समिकरणमा त्यो दोहोरिने धेरैको तर्क छ । त्यसमाथी एमाले माओवादी केन्द्रको समिकरणबाट छोटो समयमै वाहिरीएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अस्थिर राजनीतिका कारण थप समस्या हुने धेरैको आकलन छ ।

त्यसमाथी पहिले पनि कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई धोका दिएकाले फेरिपनि त्यो अवस्था नआउला भन्न सकिने अवस्था नभएको अनुमान गर्न थालिएको छ ।राष्ट्रपतिमा राष्ट्रिय सहमित भन्दै सात दलिय गठबन्धनलाई धोका दिएको गुनासो गरेका प्रतिपक्ष दलहरुले राष्ट्रपतिको निर्वाचन लगत्तै आठ दलिय गठबन्धनको भविष्य समाप्त हुने भविष्यवाणी गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा आठ दलिय गठबन्धन एक हुँदा एमालेलाई जित निकाल्न कठिन छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनले ३३ हजार भन्दा बढी पाउने देखिएका बेला एमालेलाई भने मुस्किलले २० हजार मत भार मात्रै आउने अनुमान गरिएको छ ।

आवधिक निर्वाचनमा जस्तो भोट क्रस नहोस भनेर विहिबार देखि आठ दलिय गठबन्धनले केन्द्र देखि सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रम समेत सुरु गरेका छन । राष्ट्रपतिको निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउँन एक ढिक्का भएका दलहरुले एमालेले भने जस्तो गठबन्धनको भविष्य राष्ट्रपति निर्वाचन सम्मका लागि मात्रै नभएको दाबी गरेका छन ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवा दाहाल पछि पालै पालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । तर संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले दुई वर्ष पछि राजीनामा दिएमा अथवा उनको सरकार बीचैमा ढलेमा संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने र संसदको सबै भन्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ भने माधव नेपाललाई प्रधानमन्त्री बन्न कठिन भएको संविधान विद्को भनाई छ । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेका छन् ।

जस अनुसार आगामी चैत १२ गते प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिनु पर्ने छ । राष्ट्रपतिको निर्वाचन पछि विश्वासको मत लिदा नेपाली कांग्रेसले माओवादी केन्द्रलाई नसघाउने विपक्षीहरुको अनुमान छ । यद्यपी कांग्रेस नेताहरुले भने नेपाली राजनीतिमा कांग्रेस सधै इमान्दारीताको पहरेदार भएको भन्दै भोलीका दिनमा भने सहमितलाई कार्यान्वयन गरेर अघि बढ्ने प्रतिबद्दता जनाएका छन् ।

आगामी निर्वाचन सम्म आठ दलिय गठबन्धनलाई कायम राख्ने नेताहरुको दाबी छ । नेपाली राजनीतिको सहज अनुमान गर्न कठिन छ । राजनीतिका जानकारहरुले समेत सहि अनुमान गर्न सकेको देखिदैन । अन्तिम समयमा नेपाली राजनीति कसरी अगाडी बढ्छ अहिले नै अनुमान गर्न नसकिएपनि आठ दलमा शक्ति वाडफाट पेचिलो बन्ने निश्चित छ । यस्तो अवस्थामा आफु कमजोर बन्ने अवस्था विपरीत धु्रवमा रहेका दलहरुसंगको समिकरण बन्ने अवस्था नआउला भन्न भने सकिदैन ।

विपक्षीले गरेको दावी जस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले अव विश्वासको मत लिन सक्छन सक्दैनन, आठ दलको शक्ति वाडफाट सहज वा सकसपूर्ण हुन्छ त्यो भने समयलेनै देखाउने छ । यद्यपी राजनीतिलाई विज्ञान मानिने र सजातिय मिलननै दिगो हुने भएकोले आठ दलिय गठबन्धनमा समस्या आउँदैन भनेर भन्न सकिने अवस्था भने छैन ।

Previous Post

धर्मभन्दा ठूलो हो मातृभूमिः एक प्रेरक प्रसङ्ग

Next Post

असल बुहारीको कर्तव्य

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
असल बुहारीको कर्तव्य

असल बुहारीको कर्तव्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In