• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मर्दी पदयात्रामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याइँदै

by
२० फाल्गुन २०७९,
0
मर्दी पदयात्रामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जिल्लाको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा विश्वमै प्रख्यात छ । दशकअघिसम्म गुमनाम जस्तै रहेको माछापुच्छ«े गाउँपालिकामा पर्ने यो ‘ट्रेकिङ रुट’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ । हाल मर्दीमा क्षेत्रभरिका पर्यटक भेटिन्छन् । पर्यटकलाई सेवा दिन यहाँ सानाठूला गरी ८० होटल तथा रेष्टुरेन्ट खुलेका छन् । बर्सेनी पर्यटक वृद्धि भए पनि पर्यटकले विद्युत्, इन्टरनेट र टेलिफोनको सुविधा पदयात्रामा पाउन सकेका छैनन् । मर्दीमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन अझै पुग्न नसक्दा बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्न समस्या छ । मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ । त्यसबाट पर्यटकले हैरानी पाउने गरेका छन् ।

बिजुली बत्ती नहुनु मर्दीको प्रमुख समस्या हो । मर्दी क्षेत्रका पर्यटन व्यवसायी, गाउँपालिका लगायतको प्रयासपछि अब भने मर्दी पदयात्रामा प्राधिकरणले केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारको तयारी गरेको छ । मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पु¥याउनका लागि नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर सम्झौताको तयारी भएको माछापुच्छ«े–८ का वडाध्यक्ष राम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले लामो समयदेखि मर्दीमा विद्युतीकरणका लागि माग गरेका थियौँ, अहिले केन्द्रीय प्रसारण लाइनबाट बिजुली विस्तारका लागि प्राधिकरणबाट ठेक्का आह्वान भएर केही दिनमा खुल्दैछ, मर्दीको पर्यटनमा यसले ठूलो योगदान पुग्नेछ ।” विद्युत् विस्तारका लागि माछापुच्छ«ेको सिदिङ वा कालीमाटीको ट्रान्सफर्मरबाट माथिल्लो क्याम्पसम्म हाइटेन्सनमार्फत लैजाने गरी पोखरा वितरण केन्द्रले गत वर्ष अध्ययन गरे पनि काम सुरु भएको थिएन ।

यस वर्षको सुरुआतमै प्राधिकरणले प्राथमिकतामा राखेर काम अघि बढाएको थियो । मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका संस्थापक सचिव एवं मर्दी हिमाल इको भिलेजका सञ्चालक शिवप्रसाद भण्डारीले विद्युत् नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको बताउनुभयो । मर्दीको केही क्षेत्रमा सोलारबाट बत्ती बाल्ने र इन्टरनेट सुविधा रहे पनि मौसम प्रतिकूल हुँदा समस्या पर्ने गरेको थियो । “मर्दी क्षेत्रको मुख्य समस्या भनेकै बिजुली बत्तीको थियो, बिजुली नहुँदा पर्यटकलाई चाहेजस्तो सुविधा दिन सकिएको छैन, पर्यटक बढेसँगै होटल अत्यधिक बढे तर पर्यटकलाई सुविधा भएन, अहिले बिजुली लैजान ठेक्का आह्वानसँगै हामी उत्साहित छौँ”, पर्यटन व्यवसायी भण्डारीले भन्नुभयो ।

मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा समस्यामा परेको पर्यटन व्यवसायीको गुनासो थियो । मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा पर्यटकलाई सेवा दिनका लागि होटल सञ्चालनमा छन् ।

Previous Post

चीनको तिब्बतसम्म रेलमार्ग निर्माण गर्ने योजना

Next Post

भारतकाे सन् २०३० सम्ममा वार्षिक ‘ट्रिलियन अमेरिकी डलर’ बराबरको निर्यात गर्ने लक्ष्य

सम्बन्धित खबर

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
आर्थिक

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

१४ अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
आर्थिक

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

१४ अशोज २०८३,
Load More
Next Post
भारतकाे सन् २०३० सम्ममा वार्षिक ‘ट्रिलियन अमेरिकी डलर’ बराबरको निर्यात गर्ने लक्ष्य

भारतकाे सन् २०३० सम्ममा वार्षिक 'ट्रिलियन अमेरिकी डलर' बराबरको निर्यात गर्ने लक्ष्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In