राज ज्योतिषीले सम्राट वायुसेनलाई अन्धविश्वासी बनाइदिएका थिए । उनी कुनै काम बिनामुहूर्त गर्दैनथे । शत्रुले पनि सम्राटको यो दुर्बलताको फाइदा उठाउन चाहे । सबै सभासद सम्राटलाई यी ज्योतिषीको चंगुलबाट निकाल्न चाहन्थे । तर उनीहरुले केही सोच्नै सकिरहेका थिएनन् ।
एक दिन सम्राट वायुसेन राज ज्योतिषीसँग नगर भ्रमण गर्न निस्किए । बाटोमा एउटा किसान काँधमा हलो राखेर खेततिर गइरहेको थियो । राज ज्योतिषीले भने, मूर्ख जनु दिशामा तँ गइरहेको छस्, त्यो अशुभ छ । किसानले नम्रतापूर्वक भने, म त महिनाको ३० दिन नै यसै दिशामा जान्छु । यदि तपाईंको कुरा सही भएको भए मेरो सर्वनाश पहिला नै भइसक्थ्यो ।
ज्योतिषीले आफ्नो तृष्णा मेटाउनको लागि भने, तेरो हस्तरेखा अवश्य प्रबल होला, आफ्नो हात देखा त । किनासले भने, जुन हातले म कमाएर खान्छु, त्यो हात तपाईंको अगाडि कसरी फैलाउनु ? सम्राटले किसानको कुरामा गम्भीरताले विचार गरे र ज्योतिषीको भ्रम जालबाट मुक्त भए ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













