• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीनै प्रदेशमा एमाले सरकार ढल्ने निश्चित, कुन प्रदेशमा कस्तो अवस्था ?

by
१६ फाल्गुन २०७९,
0
तीनै प्रदेशमा एमाले सरकार ढल्ने निश्चित, कुन प्रदेशमा कस्तो अवस्था ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पुरानो गठबन्धन ब्यूँतिएपछि केन्द्रदेखि प्रदेशसम्म नेकपा एमालेको सरकार धरापमा परेको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सहकार्य तोड्दै आठ दलीय मोर्चा बनाएपछि सबैतिर एमाले सरकार संकटमा परेको हो ।

एमालेले पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा ८ मन्त्री सरकारमा पठाएको थियो । तर, प्रचण्डबाट धोका पाएसँगै एमाले केन्द्रमा प्रतिपक्षमा रहने सम्भावना प्रवल छ ।

गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट प्रतिपक्षमा पुगेको एमालेले माओवादीसँग सहकार्य गर्दै सत्तामा पुगेको थियो । तर, आसन्न राष्ट्रपति निर्वाचनमा दलहरुबीच सहमति हुन नसक्दा केन्द्रमा मात्रै नभएर एमालेले नेतृत्व गरेको प्रदेश १, गण्डकी र लुम्बिनी सरकार पनि संकटमा परेको छ । सुदूरपश्चिम सरकार भने यसअघि नै ढलिसकेको छ ।

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने नेकपा एमालेले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । सरकार बनेको दुई महिनामै प्रचण्डबाट धोका भए पनि एमाले सरकारबाट बाहिरिएको छैन । उसले २५ फागुनसम्म सरकारमै रहने निर्णय गरेको छ ।

यता राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँतिएपछि राप्रपा प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । त्यस्तै उसले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ । पार्टीको निर्णयअनुसार राप्रपा बागमती प्रदेश सरकारबाट बाहिरिइसकेको छ ।

लुम्बिनी र गण्डकीसहित सबै प्रदेशमा सरकारबाट बाहिरिने निर्णय केन्द्रले गरे पनि राप्रपाको प्रदेशस्तरीय कमिटीले प्रदेश १ मा भने तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । यद्यपि गण्डकी र लुम्बिनीमा एमाले सरकार रहेकोमा लुम्बिनीमा पनि एमाले सरकार सुरक्षित भने देखिन्न ।

प्रदेश १–
यस प्रदेशमा नेकपा एमालेका हिक्मत बहादुर कार्की मुख्यमन्त्री छन् । यहाँ ९३ प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ । ४७ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिलेर एमालेको नेतृत्वमा सरकार बनेको थियो । तर, अहिले एमाले र राप्रपा नयाँ गठबन्धनमा छुट्दा यहाँको सरकार पनि धरापमा हो ।
प्रदेशसभामा नेकपा एमालेको ४० सिट छ । राप्रपाको ६ सिट छ । एक सांसद अपुग हुँदा मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढल्ने सम्भावना छ । प्रदेश १ मा कांंग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४, जसपाको १ सिट छ । यी सबै दल मिल्दा सरकार बनाउन आवश्यक ४७ सिट पुग्छ ।

गण्डकी प्रदेश
एमालेको सरकार रहेको गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेशसभा छ । त्यहाँ एमालेका खगराज अधिकारी मुख्यमन्त्री छन् ।
यस प्रदेशमा एमालेका २१, माओवादीका ७ र राप्रपाका २ सांसदले अधिकारीलाई विश्वासको मत दिएका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन निर्माण गरेसँगै माओवादी सरकारबाट बाहिरिएमा स्वतः अधिकारी अल्पमतमा पर्नेछन् ।

नयाँ गठबन्धनमा कांग्रेस २७, सभामुखबाहेक माओवादी ७ र नेकपा एकीकृत समाजवादी १ गरी ३५ सांसद पुग्नेछन्, जुन सहज बहुमत हो । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरिसकेकाले पनि यहाँ अन्य दलबाट अधिकारीले विश्वासको मत पाउने सम्भावना कम छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको पद पनि संकटमा परेको छ । ८७ सदस्यीय यस प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यकता पर्छ । यहाँ नयाँ गठबन्धनबाट ५० सांसद छन्, जुन सहज बहुमत हो । प्रदेश सरकारमा एमालेका २९ र राप्रपाका ४ सांसद छन् । नयाँ मोर्चाका ५० सांसद रहेको यस प्रदेशसभामा २ स्वतन्त्र सांसद रहेका छन् ।

राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरिसकेकाले यहाँ पनि एक महिनाभित्र गिरीले पुनः विश्वासको मत लिनुपर्नेछ । २ स्वतन्त्र सांसद समेतगरी एमाले र राप्रपाको मतमा जम्मा ३५ सांसद पुग्दा गिरीले विश्वासको मत पाउने सम्भावना देखिदैन ।

एमालेको नेतृत्वमा रहेका तीन प्रदेशमा सरकार संकटमा परे पनि अन्य प्रदेशमा भने मुख्यमन्त्रीहरूलाई झन् बलियो साथ मिलेको देखिन्छ । नयाँ गठबन्धन बनेपछि माओवादी नेतृत्वको बागमती र कर्णाली तथा जसपा नेतृत्वको मधेस सरकार थप बलियो बनेका हुन् । उता एमालेको सरकार ढलेपछि सुदूरपश्चिमका मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कमल शाहलाई पनि विश्वासको मत लिन सहज भएको छ ।

Previous Post

यस्तो छ आज फागुन १६ गते मंगलबारको राशिफल

Next Post

शुभ कर्म गर । अशुभ कर्ममा सहयोग नगर । कुनै पापकर्म नगर – गौतम बुद्ध

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
शुभ कर्म गर । अशुभ कर्ममा सहयोग नगर । कुनै पापकर्म नगर – गौतम बुद्ध

शुभ कर्म गर । अशुभ कर्ममा सहयोग नगर । कुनै पापकर्म नगर – गौतम बुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In