• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा

by
१४ फाल्गुन २०७९,
0
विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमण तिर लाग्नुभएको हो । कक्षा १ देखि १२ सम्मका पठनपाठन पूर्णरूपले ठप्प पारेर शुक्रबार १२ गतेदेखि १७ गतेसम्मका लागि भ्रमणमा निस्केको कोटहीमाई गाउँपालिकास्थित सो विद्यालयको भ्रमण टोली शनिबार भारतको हरिद्वार पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत देखिएको छ । आगामी चैत ५ गतेदेखि कक्षा १ देखि कक्षा ७ र कक्षा ९ को परीक्षा सञ्चालन हुने सूचना छ । कक्षा ८ को परीक्षा चैत ६ गतेदेखि सञ्चालन हुने निश्चित छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १० को एसइई परीक्षा पनि चैत १७ गतेदेखि सञ्चालन हुने समयसारिणी छ । फागुन १४ देखि १७ गतेसम्म भारतको उत्तराखण्ड भ्रमणमा जान लागेको भन्दै बिदाको जानकारीसहित सो विद्यालयले गाउँपालिकालाई एक पत्र पठाए पनि १२ गते शुक्रबारदेखि नै विद्यालय ठप्प बनाई व्यवस्थापन समितिसहित शिक्षक कर्मचारी यात्रामा निस्किनुभएको हो । विद्यालय बन्द भएकाले परीक्षाको तयारीमा बाधा पुगेको सोही विद्यालय कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताउनुभयो । “अहिले कोर्ष पनि पूरा भएको छैन, झन तयारी गराउनुपर्ने अवस्थामा विद्यालय नै बन्द गरेर हाम्रो परीक्षा र भविष्यलाई बेवास्ता गरिएको छ, मेरो नाम नखोली दिनुहोला अप्ठ्यारो पर्छ”, उहाँले दुःखेसो पोख्दै उहाँले भन्नुभयो, “विद्यालय बन्दको कुनै लिखित सूचना पनि छैन, मौखिक जानकारी मात्र दिइएको छ ।

यस विद्यालयमा विद्यार्थीको भविष्यप्रति कोही जवाफदेही देखिँदैनन्, न विद्यालय व्यवस्थापन समिति जिम्मेवार देखिन्छ न त शिक्षक नै ।” वार्षिक परीक्षा मुखैमा पुगेको बेला शिक्षक–कर्मचारी र विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गरी अक्षम्य गल्ती गरेको आक्रोश पोख्दै अभिभावक पारस यादवले भन्नुभयोे, “सरोकारवाला निकायले तत्काल कारबाही गरी उचित क्षतिपूर्ति भराउने व्यवस्था हुनुपर्छ ।” “मर्चवार क्षेत्रकै मुख्य विद्यालयमा भएको यस्तो गैरजवाफदेही हर्कतले मर्चवारलाई नै बदनाम गर्ने कार्य भएको छ”, स्थानीयवासी गुरुवचन यादवले भन्नुभयो, “बालबालिकाको जीवन अन्धकारमा पारेर शिक्षक कर्मचारीसहित विद्यालय व्यवस्थापन समिति तीर्थाटन गएको कुनै फलदायी हुने छैन ।”

विद्यार्थीको भविष्यप्रति हेलचेक्र्याइँ गर्ने प्रधानाध्यापकलाई कारबाही गरी विद्यालय व्यवस्थापन समितिसँग स्पष्टीकरण माग्न र कारबाही गर्न आग्रह गर्दै यादवले भन्नुभयो, “यस्तो गल्तीप्रति गाउँपालिका शिक्षा शाखा पनि उत्तिकै जिम्मेवार छ ।” यसबारे गाउँपालिकास्थित शिक्षा शाखा प्रमुखसित सम्पर्क हुन नसके पनि कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले विद्यालय बन्दबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मनपरी हिसाबले विद्यालय बन्द गरी जान पाइने छैन, त्यसबारे विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठीसँग सोधपुछ गर्नेछु ।”

कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले यसबारे आफूलाई कुनै लिखित जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले मौखिक जानकारी पाएको थिएँ र विद्यालय बन्द नगर्न अनुरोध पनि गरेको थिएँ ।” आफ्नो अनुरोधप्रति वास्ता नगरी मनपरी ढङ्गले सबै भारत भ्रमणमा जानुभएको जानकारी पाएको उहाँले बताउनुभयो । “विद्यालय खुलेपछि यसबारे सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने छु”, उहाँले भन्नुभयो ।

Previous Post

नेता खनाल स्वदेश फिर्ता

Next Post

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In