चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को नाममा जे गरिरहेको छ, त्यो पूर्वाधारको हिसाबले ठूलो कदम हो। इतिहासमा यो स्केलको अर्को कुनै उदाहरण छैन। चीनले तेस्रो विश्वका कैयौं देशमा एक लाख करोड डलरभन्दा बढी ऋण दिएको छ। ऋण बाँड्ने मामिलामा चीन विश्व बैंकभन्दा अघि छ। पश्चिमेलीहरू लामो समयदेखि चीनसँग भिडिरहेका छन्।
चीनले ऋण बाँड्दा उनीहरू चिन्तित छन्। दुई वर्षअघि पश्चिमेलीहरू पनि चीनको सिको गर्दै ऋण बाँड्न तयार भए। चीनलाई ऋणबाटै जवाफ दिन खोजे। तर सकेनन्। उनीहरूले पूर्वाधारमा पनि चीनको जस्तो योजना बनाए। त्यो पनि योजनामै थन्कियो।
खैर, यस्ता तथ्य इतिहास बनिसके। वर्तमान चीन घेराबन्दीमा छ। बीआरआई झन्–झन् सकिएको छ। चीन समस्यामा छ। चिनियाँ ऋण प्रवाहको गति सुस्त छ। बीआरआईको ऋण लिएका देशहरू चारैतिरबाट घेरिँदा मृत्युपत्र सामुन्ने छ।
मनोहर ‘जम्मु–कश्मीर’भित्र डरै–डरको साम्राज्य !
कैयौं विकासशील देश ऋण संकटले घेरिएका छन्। यो संख्या अहिले ६० भन्दा धेरै पुग्यो। विज्ञहरू भन्छन्– ऋण संकटलाई सन् २०१० तिर अन्धाधुन्ध ऋण लिनुको परिणम हो। सन् २०१० मा चीनमाथि विदेशी ऋणको ५ प्रतिशत बोझ थपियो। सन् २०२२ मा थप उकालो लाग्यो। यस्ता धेरै देश छन्, जसले चीनलाई पैसा फिर्ता गर्न सक्तैनन्। बीआरआईमा १३९ देश सामेल छन्। यसमा युरोपेली पनि छन्।
बीआरआईका सर्तहरू कडा छन्। चिनियाँ ऋणमा ब्याज दरको सास्ती छ। सहुलियत दरमा ऋणको अंश निकै कम छ। बिआरआईले चीनको आर्थिकतन्त्रमा समस्या थपेको थप्यै छ। प्रभाव पनि घट्दै गएको छ। चीनले बीआरआईमार्फत धेरै देशलाई दनादन ऋण दिइरहेको थियो। उनीहरूसँग मित्रता गाँसिरहेको थियो।
अहिले अवस्था यस्तो छ– बीआरआईले मित्रता गाँस्नुको सट्टा चिस्याइरहेको छ। कैयौं देशले बीआरआईको आलोचना गर्दै आएका छन्। उनीहरूले बीआरआई भनेको ऋणीलाई ऋणको जालमा फसाउने माध्यम भएको बताएका छन्। तेस्रो विश्वमा चीनले दिएको ऋणको अंश नगण्य छ। जाँच नगरी अन्धाधुन्ध ऋण दिएकोमा चीन दोषी छ।
चीनले श्रीलंकाको हम्बनटोटा बन्दरगाहजस्ता परियोजनाहरूलाई आर्थिक सहयोग गरेको छ। चीनदेखि युरोपसम्म रेलमार्गसहितको बीआरआईका धेरै आयोजनाहरू पनि निकै सफल भएपनि ऋण प्रवाहको दबाबका कारण धेरै घटनाको अनुसन्धानमा ढिलाइ भएको थियो। चिनियाँहरू धेरै खर्च गर्दैनन्। बचतमा जोड दिएका छन्।
चिनियाँ जीडीपीको ४६ प्रतिशत बचतले ओगटेको छ। यो लगानीको हिसाबले चीनको आवश्यकताभन्दा धेरै हो। एउटा प्रश्न छ– बिआरआईमा लगानी गर्न चीनले यति धेरै पैसा कहाँबाट ल्यायोरु कुनै समय चीनले अमेरिकी ऋणपत्रमा ठूलो लगानी गर्दथ्यो। तर, एक हिसाबले यो अमेरिकालाई निकै कम ब्याजदरमा ऋण दिनुजस्तै थियो। त्यसैले चीनले विदेशमा ठूला–ठूला पूर्वाधार परियोजनामा लगानी गर्ने कदम चालेको छ। यसले थप डलरको प्रयोग, निर्यात बढेको र कूटनीतिको मामिलामा पनि सहयोग पुर्यायो। यसरी बीआरआईले गति लियो। तर, बीआरआई फैलिएको छ। चिनियाँ पैसा सहि सदुपयोग हुनुपथ्यो। अहिले त्यो देखिँदैन।
(यो सामग्री भारतीय मिडियाको सहयोगमा तयार पारिएको हो)













