काठमाडौं – वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त एको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुनर्निमाण तथा प्रबलिकरण सुरु भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत शहरि विकास तथा भवन निर्माण विभागले दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि काम सुरु भएको जनाएको छ ।
नेपालको इतिहास बोकेको त्रिचन्द्र क्याम्पसमा क्षतीका कारण पठनपाठन प्रभावित भएकै थियो । शहरि विकास तथा भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्वान्यन इकाईका अनुसार कलेजको दक्षिण पट्टीको पुरै भाग क्षतिग्रस्त भएकाले पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाइने छ । त्यस्तै उत्तरपट्टीको जिओलोजी, मेट्रोलोजी विभाग रहेको भवन भने प्रवलीकरण गरिनेछ । शहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक प्रभाकरलाल कर्णका अनुसार भवन पुनर्निमाण साथै प्रवलिकरणका लागी झण्डै ३५ करोडको सम्झौता भएकोे छ ।

हाल धमाधम क्यापस पुर्निनिर्माणको काम भइरहेको छ । गएको पुस पौष २ देखी २ बर्षैमा काम सक्ने गरी न्यु टेक्नीकल इन्फ्रा प्रा.लीले निर्माणको जिम्मा लिएको हो । कम्पनीले झण्डै ४० जना मजुदर खटाएर काम भइरहेको जनाएको छ । घण्टाघर तर्फ रहेको १३ रोपनी जमिनपट्टि बनेको पुरानो भवन भत्काएर नयाँ जग राख्न सुरु गरिएको छ । निर्माण सुरु गरिएको २ महिना भित्रमा झण्डै १० प्रतिशत काम भएको कम्पनीको दाबी छ ।
ढिलै भएपनि पुरानै ढाँचामा क्यापस निर्माण हुने भएपछि विद्यार्थीहरु हर्षित छन् । १०४ वर्ष लामो इतिहास बोकेको क्याम्पस समयमै निर्माण सम्पन्न हुनु पर्नेमा उनिहरुको जोड छ । विसं १९७५ मा स्थापना भएको त्रिचन्द्र क्याम्पसको । एक शताब्दी लामो इतिहास छ । पुरातात्विक महत्वको त्रिचन्द्र क्याम्पस भुकम्पले क्षति पुगेको झण्डै ७ वर्ष पछी पुनर्निमाण हुदैछ । सरकारले क्याम्पससँगै जोडिएको घण्टाघरलाई पनि स्वचालित प्रविधिबाट चलाउने निर्णय गरेको छ ।











