लन्डन– दूतावास भवन बाहिर फेला परेको शंकास्पद वस्तुलाई लिएर झूटो सुरक्षा डरले बेलायतको लन्डनस्थित अमेरिकी दूतावास केही समय तालाबन्दी गरिएको थियो ।
तर बुधबारदेखि शंकास्पद सुरक्षा जोखिमलाई सामन्यीकरण गर्दै दुतावास पुरानै लयमा आफ्नो नियमित काममा फर्किएको छ । स्थानीय अधिकारीहरूले दूतावासबाहिर एउटा शंकास्पद वस्तुको अनुसन्धानपश्चात् त्यसलाई हटाएका छन् लन्डनस्थित अमेरिकी दूतावासले ट्विट गरेको छ।
यसैबीच अमेरिकी दूतावासले लन्डनको मेट्रोपोलिटन प्रहरीलाई छिटो अनुसन्धान सम्पन्न गरेकामा धन्यवादसमेत व्यक्त गरेको छ ।











