• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लम्जुङको दोर्दीमा पदमार्गको खोजी

by
१० फाल्गुन २०७९,
0
लम्जुङको दोर्दीमा पदमार्गको खोजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १० फागुन । लम्जुङको दोर्दी गाउँपालिकामा तीन रात चार दिनको नयाँ पदमार्ग खोजी कार्य हालै सम्पन्न भएको छ ।  भेडा र भैंसी चर्ने लेकका दशकौं पुराना बाटोहरुमा पदयात्री हिंडाएर पर्यटनको नौलो स्वाद पस्कने उद्देश्यका साथ यो खोजी तथा अनुसन्धान अगाडि बढाइएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।

दोर्दी गाउँपालिका र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको संयुक्त आयोजनामा यो कार्यक्रम भएको हो । दोर्दीको इलम पोखरीबाट लिपेलेक हुँदै दाम्राङ पुग्ने यो मार्ग केम्पिङमा आधारित हो । अन्नपूर्ण क्षेत्र लगायत नेपालका थुप्रै विश्वप्रसिद्ध पदयात्रा मार्गहरु मोटरबाटोले निलेपछि विकल्पको रुपमा नयाँ पदमार्गको खोजी सम्पन्न भएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

यो मार्गको पदयात्रालाई विस्तार गरी नौ रात १० दिन सम्मको बनाउन सकिने दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । नासिने अवस्थामा रहेका भेडीगोठ र भैंसी गोठमा पर्यटक पुर्याएर यिनै संरचना वरपर पर्यटकलाई रात बिताउने वातावरण तयार गर्ने गरी यो मार्ग विकास गर्न लागिएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्र भन्दा बाहिर पर्ने यो पदमार्गको अधिकांश भाग जंगल र लेकाली पाखाले ढाकेको छ । पहिलो रात दुई हजार एक सय ७० मिटर उचाईमा अवस्थित इलम पोखरीमा विताउन सकिन्छ । चैत पूर्णिमा र ठूली एकादशीमा मेला लाग्ने यो ठाउँमा ठूलो पोखरी रहेको छ । गजुर राख्ने ठाउँमा निगालोघारी निस्किएको इलमदेवीको अनौठो मन्दिर पनि यहीं छ । त्यसपछि दोश्रो रात दुई हजार नौ सय ५० मिटर उचाईमा रहेको धौथलीमा विताउन सकिन्छ । बाक्लो लालीगुराँसको जंगल यहाँ देख्न सकिन्छ । भोलिपल्ट विहान आधा घण्टा माथिको लिपेहिल अवलोकन गर्न सकिन्छ । तीन हजार एक सय मिटर उचाईमा रहेको यो नांगो डाँडो नै पदमार्गको सबैभन्दा माथिल्लो विन्दु हो ।
लिपेहिलबाट हिमालचुली, मनाश्लु, बौद्ध हिमाल, अन्नपूर्ण, डा. हर्क पीक लगायतका हिमाली चुचुरा देख्न सकिन्छ । नजिकै रहेको ढुंगेसाँघु पनि पर्यटकलाई आकर्षक लाग्न सक्छ । तेश्रो दिन भने ओरालो यात्रा गरी गोरु जुरे डाँडालाई अवलोकन गर्दै दाम्राङ रात विताउन पुग्न सकिन्छ । यहाँ आकर्षक दाम्राङ पोखरी र गुफा रहेका छन् । खुलाल गढी, पाण्डे गढी र घले गढी गरी तीन वटा ऐतिहासिक गढीहरु पनि नजिकै रहेका छन् । चौंथो दिन भने थप ओरालो पदयात्रासँगै नौथर शेरा पुगी यात्रा टुंग्याउन सकिन्छ । दाम्राङबाट शेरासम्म १७ किलोमिटर मोटरयात्रा गर्न पनि सकिन्छ ।

पुरानो गोठ संस्कृति, विशाल लालीगुराँसको जंगल, पोखरी र मठमन्दिर यो पदमार्गको विशेषता हुन् । जैविक विविधता, पानी र पूर्वाधारको हिसावले यो मार्ग केम्पिङमा आधारित पदयात्राका लागि उपयुक्त रहेको नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले बताए । टानले विगतमा पनि नयाँ पदमार्गहरुको अध्ययन, अनुसन्धान र खोजी गर्दै आएको र यो मार्गलाई पनि थप विस्तार गरेर अगाडि बढ्न सकिने संभावना रहेको कार्यक्रमका सहसंयोजक एवं टान गण्डकीका कार्यसमिति सदस्य दीपकप्रसाद सापकोटाले बताए ।

नेटाँचेबाट उखण्ड, मेमे पोखरी, १२ पोखरी, चित्रे डाँडा हुँदै लम्जुङकै बेंसीशहरसम्म पदमार्ग विस्तार गरी यसलाई १० दिनको बनाउन सकिने दोर्दी गाउँपालिका अध्यक्ष अधिकारीले सुनाए । नेटाँचेबाट दूधपोखरी, चुमभ्याली, लार्के पास हुँदै मनाङ निस्कने अर्को मार्ग पनि विकास गर्ने भविश्यको योजना उनले सुनाए । पृथ्वी राजमार्गको डुम्रे बजार वा पोखराको बेगनासतालबाट बस यात्रा सुरु गरी लम्जुङको सुन्दरबजार र राइनास नगरपालिका स्थित मस्र्याङ्दी माथिको पाउँदी पुल तरेर राइनासकोटको होमस्टेमा पहिलो रात बिताउन पनि सकिन्छ । यसो गर्दा यात्रा थप एक दिन लम्बिन्छ । राइनासकोटबाट पैदल वा बसयात्रा गरी गौंडा हुँदै जोर्नी पुगेर पदयात्रा सुरु गर्न सकिन्छ । जोर्नीबाट इलम पोखरीसम्म जीपहरु जान सक्छन् ।

नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको कार्यक्रमको अन्तिम क्याम्प दाम्राङमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले लम्जुङका नेता जमिन्द्रमान घलेको पनि सहभागिता रहेको थियो । लम्जुङ जिल्लाले ठूलो पर्यटकीय संभावना बोकेको बताउँदै आगामी दिनमा नामुन पास लगायत मेमे पोखरी क्षेत्रमा पनि पदयात्रा मार्गको विकास र विस्तार गर्ने योजना रहेको युवा पर्यटन व्यवसायी एवं लम्जुङका वासिन्द बोबरजंग गुरुङले बताए । कार्यक्रमको अन्तिम दिन सोमबार दोर्दी गाउँपालिकाले पालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी पदयात्राका सहभागीलाई धन्यवाद ज्ञापन गरेको थियो । पदमार्ग खोजी तथा अनुसन्धान कार्यक्रममा संचारकर्मी, पर्यटन व्यवसायी, टानका पदाधिकारी, गाउँपालिकाका पदाधिकारी, पदयात्रा सहयोगी गरी २९ जनाको सहभागिता रहेको थियो ।

Previous Post

परीक्षणको लागि साठी वर्ष पुरानो रुख काटियो

Next Post

भारतले नवीकरणीय उर्जामा पनि नेतृत्व लिनुपर्ने जर्मन दूतको भनाई

सम्बन्धित खबर

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

१९ बैशाख २०८३,
Load More
Next Post
भारतको जीडीपी ७ प्रतिशत हुने प्रक्षेपण

भारतले नवीकरणीय उर्जामा पनि नेतृत्व लिनुपर्ने जर्मन दूतको भनाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In