अन्डाकार अनुहारः
अन्डाकार अनुहारमा बीचमा घना (बाक्लो) भएको छोटो आँखीभौँले सुन्दर देखिन्छ ।
गोलो अनुहारः
गोलो अनुहारमा लामो वा किनाराबाट चिल्लो रौँ झुकेको छ भने त्यस्तो आँखीभौँ सुन्दर देखिन्छ ।
चौडा अनुहारः
चौडा अनुहारमा छोटो, अर्धवृत्ताकार, दुवै किनाराबाट झुकेको आँखीभौँ राम्रो देखिँदैन । आँखीभौँको झुकाव मध्य भागबाट प्रारम्भ हुनुपर्दछ ।
त्रिकोण आकारको अनुहारः
त्रिकोण आकारको अनुहारमा घना वा सधा आँखीभौँको तिहाइ भाग किनाराबाट तलतिर झुक्नुपर्दछ ।
नास्पाती आकारको अनुहारः
नास्पाती आकारको अनुहार वा चौडा निधारमा सिधा आँखीभौँ आकर्षक देखिन्छ । तर आँखीभौँको लम्बाइ बढी हुनु हुँदैन ।
साभारः ‘नारी सौन्दर्यको विज्ञान’ पुस्तकबाट











