तिमी गएर त्यो पसलबाट ५ किलो चिनी चोरेर ल्याउ । म तिमीलाई रु. १०० दिन्छु । त्यस पछि उसले गएर चिनी लिएर आएपछि पैसा दिन मान्दैन त्यसैले उसले भनेछ म पुलिस हो । उसले पुलिस भनेको सुनेपछि चोरले पनि भनेछ म यो पसलको मालिक हो ।
रातभरि निद्रा लाग्दैन
लोभि व्यापारीः डाक्टरसाब मलाई रातभरि निद्रा लाग्दैन भनुस् म के गरुँ ? तर म अलि लोभी छु । त्यसैले पैसाचाहिँ धेरै खर्च गर्न सक्दिनँ । सजिलो उपाय बताइदिनुस् न ।
डाक्टरः उसोभए सजिलो छ । राती राती सेक्युरिटी गार्डको जागिर खानुस् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













