रौँको जरा विभिन्न कारणले विकृत भई रौँ खुइलिन्छ । जस्तैः रौँमा हुने दादको कारण, स्त्रीमा रजस्वला बन्द भएपछि आदि ।
घरेलु उपचार
– धेरै चिसो वा धेरै तातो पानीले नुहाउने गर्नुभएको छ भने त्यसलाई मिलाउनुहोला ।
– तनावका कारण पनि कपाल झर्ने समस्या आउन सक्छ । तनावले अन्य रोग पनि निम्त्याउने भएका कारण तनावबाट टाढै रहनुहोला ।
– मनतातो तेलमा अदुवाको रस मिलाई कपालको जरा–जरासम्म पुग्ने गरी मालिस गर्ने ।
– हेनाको पात र चुकन्दरको पात मसिनो गरी पिनेर कपालको जरामा लगाउँदा पनि कपाल झर्न कम हुन्छ ।
– तपाईंको कपाल चायाँका कारण झरेको छ भने अमिलो बनेको गाईको मोहीले नुहाउँदा कपालमा चायाँ पनि कम हुन्छ र कपाल झर्न पनि बन्द हुन्छ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट













