• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, ८ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    उग्रतारामा आज भव्य मेला लाग्दै

    उग्रतारामा आज भव्य मेला लाग्दै

    चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

    चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

    आज देशका अधिकांश भागमा बदली हुने

    आज देशभरको मौसम कस्तो रहला ?

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
८ मंसिर २०८३,
0
चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

नवलपुर (नवलपरासी) । चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट-बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ । करिब ११३ किलोमिटर लम्बाइको सडकबीचको तीन मिटर चौडाइको डिभाइडरमा दुबो रोप्ने काम तीव्र रूपमा भइरहेको छ ।

नारायणघाट बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानका सडकको बीचमा रहेका डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ । सडक विस्तार योजना अन्तर्गत कालोपत्र गर्ने काम लगभग सकिएको भन्दै उनले अब सडक किनारका सर्भिस लेन, सडक किनारका डिभाइडरमा रङरोगन तथा बीचको डिभाइडरमा दुबो रोप्ने तथा सडक सुन्दर देखाउने बिरुवा रोप्ने काम भइरहेको जानकारी दिए ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरेर सुरु भएको पूर्वपश्चिम राजमार्ग करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो । नारायणघाट बुटवल सडक विस्तारका लागि ठेक्का भएर २०७५ माघदेखि विस्तार गर्ने सम्झौता भएको थियो । सोही वर्षको चैतमा सडकको शिलान्यास भएपछि विस्तारको काम सुरु भएको थियो । सम्झौता भएको मितिले ४२ महिनाभित्र निर्माण सक्नेगरी सुरु भएको सडक विस्तारको काम विभिन्न समयमा चार पटक म्याद थप गर्दै करिब आठ लगाएर गत साउनमा पूरा भएको सूचना अधिकारी खनालले बताए।

“सडकको लगभग काम सकिएपछि हामीले साउनमा टेकओभर गरिसकेका छौँ, सडक टेकओभर मात्र भएको हो, हस्तान्तरण भने भएको छैन, सडक टेकओभरपछि पाँच वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउने काम गर्दछ । त्यसपछि मात्रै हस्तान्तरण हुन्छ”, सूचना अधिकारी खनालले भने । सडक निर्माणका क्रममा सडकका विभिन्न त्रुटि देखि नसक्ने भएकाले पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत गर्नुपर्ने गरी परीक्षण अवधि हुने उनले बताए ।

सडकको कालोपत्र तथा ढलान गर्नुपर्ने मुख्य काम सकिएपछि अहिले त्रुटि सच्याउने, पैदलयात्रीका लागि पेटी तयार पार्ने, सडक किनारमा रेलिङ राख्ने, ढलान गर्ने काम भइरहेको छ । दुई खण्डमा विभाजन गरी लगाइएको ठेक्काको दुवै खण्ड चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले ग्लोबल टेन्डरमार्फत गरेको हो । गैँडाकोटबाट दाउन्नेसम्म पूर्वीखण्ड (६५ किलोमिटर) र दाउन्नेबाट बुटवलसम्म पश्चिम खण्ड(४८ किलोमिटर)मा विभाजन गरी ठेक्का लगाइएको सडक विस्तारका लागि करिब रु १७ अर्ब बजेट खर्च भएको छ ।

कुल बजेटको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको छ । नारायणघाट–बुटवलको ११३ किलोमिटर सडक विस्तारअन्तर्गत ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन (चार लेनसहित दुवैतर्फ अतिरिक्त सर्भिस लेन) र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनमा सडक निर्माण गरिएको छ । यसरी बजार क्षेत्र, समथर भूभाग र पहाडी क्षेत्रको भौगोलिक तथा यातायात आवश्यकताअनुसार सडकको डिजाइन फरक बनाइएको आयोजनाले जनाएको छ ।

ग्रामीण क्षेत्र र वन क्षेत्रमा चार लेनमा विस्तार भएको सडक सहरी क्षेत्रमा छ लेनमा विस्तार भएको छ भने दाउन्नेमा भौगोलिक कठिनाइ रहेका क्षेत्रमा तीन लेनमा सडक विस्तार गरिएको हो । यसका अतिरिक्त सडकमा लेन मार्किङ, ट्राफिक संकेत, गति सीमा संकेत तथा निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था गरिएको छ । सडक विस्तारपछि सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरण गर्न गति सीमा तोकिएको सूचना अधिकारी खनालले जानकारी दिए ।

सूचना अधिकारी खनालका अनुसार सिधा तथा खुला सडकमा अधिकतम गति सीमा ८० किमी प्रतिघण्टा, बजार क्षेत्र तथा क्रसिङ क्षेत्रमा अधिकतम गति सीमा करिब ६० किमी प्रतिघण्टा तथा जंगली क्षेत्र र दाउन्नेको पहाडी क्षेत्रमा अधिकतम गति सीमा ४० किमी प्रतिघण्टा तोकिएको छ । दाउन्ने क्षेत्रको पहाडमा पटकपटक कालोपत्र गरिएको सडक बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर क्षेत्रमा सिमेन्ट कङ्क्रिट गरिएको छ । गैँडाकोटदेखि बुटवलसम्म करिब ११३ किमी सडक विस्तारका लागि ४९ हजार ८३० वटा रुख काटिएका थिए ।

चार लेनमा सडक विस्तार भएसँगै यो क्षेत्रमा २१ वटा ठूला पुल, ४३ वटा साना पुल तथा सडकको पानी निकासका लागि ४६ वटा कल्भर्ट (नाली)निर्माण गरिएको छ । सडक विस्तारका क्रममा साना पुल तथा कल्भर्ट चार लेनमा तयार गरिएको छ भने ठूला पुलहरू पुराना पुलको दक्षिणतर्फ दुई लेनमा तयारी पारिएको छ । पुराना पुलको आवश्यकता र प्राविधिक अवस्थाअनुसार स्तरोन्नति तथा प्रतिस्थापन गरिएको सूचना अधिकारी खनालले बताए ।

अघिल्लो समाचार

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

अर्को समाचार

उग्रतारामा आज भव्य मेला लाग्दै

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित
समाचार

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

८ मंसिर २०८३,
उग्रतारामा आज भव्य मेला लाग्दै
समाचार

उग्रतारामा आज भव्य मेला लाग्दै

८ मंसिर २०८३,
१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका
फिचर-ब्यानर

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

८ मंसिर २०८३,
आज देशका अधिकांश भागमा बदली हुने
फिचर-ब्यानर

आज देशभरको मौसम कस्तो रहला ?

८ मंसिर २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

८ मंसिर २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
उग्रतारामा आज भव्य मेला लाग्दै

उग्रतारामा आज भव्य मेला लाग्दै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

८ मंसिर २०८३,
उग्रतारामा आज भव्य मेला लाग्दै

उग्रतारामा आज भव्य मेला लाग्दै

८ मंसिर २०८३,
चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

८ मंसिर २०८३,
१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

८ मंसिर २०८३,
आज देशका अधिकांश भागमा बदली हुने

आज देशभरको मौसम कस्तो रहला ?

८ मंसिर २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

८ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन