• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ३० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटनको सहायक गन्तव्य जलजला

    ढोरपाटनको सहायक गन्तव्य जलजला

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    एनपिएलको लिग चरण सकियो

    उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

    उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    ढोरपाटनको सहायक गन्तव्य जलजला

    ढोरपाटनको सहायक गन्तव्य जलजला

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    एनपिएलको लिग चरण सकियो

    उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

    उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

ढोरपाटनको सहायक गन्तव्य जलजला

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३० कात्तिक २०८३,
0
ढोरपाटनको सहायक गन्तव्य जलजला
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

म्याग्दी, ३० कात्तिकः धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला ढोरपाटन सिकार आरक्षको सहायक गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

सडक यातायात, प्रचारप्रसार र गोठ‘स्टे’ सञ्चालन भएपछि ढोरपाटन उपत्यका भ्रमणमा आएका पर्यटकहरु हिमशृङखला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन तथा प्राकृतिक वातावरणमा रमाउनका लागि जलजला पुग्न थालेका हुन् ।

बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला– ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् ।

समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा सात वर्षदेखि ‘गोठ स्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–२ लुलाङका फुलबहादुर बिकले दैनिकजसो पर्यटकहरु आउन थालेका बताउनुभयो ।

“यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए,” उहाँले भन्नुभयो, “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार÷पाँच वटा गाडी तथा १५÷२० वटा मोटरसाइकलमा पर्यटकहरु आउन थालेका छन् ।”

बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरु जलजलादेखि मुना हुँदै फर्कने ‘रुट’ बनाउन थालेका धवलागिरि गाउँपालिका–२ का वडाअध्यक्ष अकप्रसाद विश्वकर्माले बताउनुभयो ।

मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ । सात जनाको समूहमा मोटरसाइकलमा जलजला हुँदै ढोरपाटन पुगेर फर्किएका बेनीका व्यवसायी कृष्णराज पौडेलले नयाँ मार्गमा साहासिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाउनुभयो ।

जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । खुलेको आकाश । वसन्तयाममा पाखाभरि ढकमक्क फुल्ने लालीगुराँस । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण बस्तीदेखि टाढा रहेको जलजलाको आकर्षण हो ।

जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका भीषण खत्रीले बताउनुभयो । “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ,” उहाँले भन्नुभयो, “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”

जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«े र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।

गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । तल्लो र उपल्लो जलजलामा गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको सुविधा छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा ३० मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ ।

दुई तर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले म्याग्दीको मुना हँुदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु पनि भएको बताउनुभयो ।

बर्खामा अवरुद्ध सडकमा जिप र मोटरसाइकल चल्न सक्ने बनाए पनि थप मर्मतको प्रयास भइरहेको उहाँले बताउनुभयो । गत वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालय, खानेपानी निर्माण र प्रवद्र्धनको कार्यक्रम आयोजना गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गुर्जा, ढोरपाटन, जलजला, मुनामालिका र ताकमकोत जोड्ने रेडपाण्डा पदमार्गको अवधारणा अघि सारेर सम्भाव्यता अध्ययनमा जुटेको बताउनुभयो । सिकार आरक्षमा पर्ने भएकाले ढोरपाटनको दृश्य अवलोकन स्थलका रुपमा विकास भएको जलजलामा पर्यटकीय पूर्वाधार विस्तार गर्न नीतिगत समस्या भएको उहाँले बताउनुभयो ।

अघिल्लो समाचार

कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
आवाज

कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

३० कात्तिक २०८३,
रैथाने बासमती धान लोपोन्मुख अवस्थामा
आर्थिक

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

३० कात्तिक २०८३,
बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान
आर्थिक

बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

३० कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
खेलमैदान

एनपिएलको लिग चरण सकियो

३० कात्तिक २०८३,
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न
जीवन शैली

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

३० कात्तिक २०८३,
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
आवाज

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

३० कात्तिक २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ढोरपाटनको सहायक गन्तव्य जलजला

ढोरपाटनको सहायक गन्तव्य जलजला

३० कात्तिक २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

३० कात्तिक २०८३,
रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

३० कात्तिक २०८३,
बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

३० कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

एनपिएलको लिग चरण सकियो

३० कात्तिक २०८३,
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

३० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन