• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, २३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    संरक्षणको अभावमा छेडेदह ताल

    संरक्षणको अभावमा छेडेदह ताल

    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

    पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

    पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

    कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

    कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

    किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

    बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ कात्तिक २०८३,
0
संरक्षणको अभावमा छेडेदह ताल
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बाजुरा, २३ कात्तिकः छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् ।

खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा सङ्कटमा पर्न थालेको हो ।

डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यो ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो । प्राकृतिक पहिचानका रूपमा रहेको उक्त ताल आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ ।

प्राकृतिक सुन्दरताका कारण पर्यटकीय सम्भावना उच्च भए पनि आवश्यक संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा तालले अपेक्षित पर्यटकीय पहिचान बनाउन नसकेको स्थानीय राजेश सुनारले बताउनुभयो ।

“खप्तड छेडेदह–४ को पड्नापानीमा लागेको पहिरो ताल नजिकै पुगिसकेको छ”, उहाँले भन्नुभयो, “त्यहाँका करिब ७० परिवार बढीको खेतीयोग्य जमिन बगाएको छ, अब तालको छेउमै पुगेका कारण खोलिने सम्भावना छ, तत्काल कुनै पहलकदमी नभए ताल खोलिएर सयौँ परिवार विस्थापित हुने जोखिम छ ।”

उक्त ताल खप्तड छेडेदह गाउँपालिका–४ र ७ को बीचमा पर्छ । प्रसिद्ध धार्मिक तथा पर्यकटीय क्षेत्र खप्तड र छेडेदह तालकै नामबाट गाउँपालिकाको नामकरण गरिएको छ ।

तर तालको पहिरो रोकथाम र संरक्षणका लागि ठोस पहल नहुँदा अस्तित्व नै खतरामा पर्ने जोखिम रहेको स्थानीयहरु बताउँछन् । खप्तड छेडेदह–४ का वडाध्यक्ष दलबहादुर धामीले पुर्खादेखिको जग्गा विवादका कारण नै ताल ओझेलमा परेको बताउनुभयो ।

“ताल वरिपरि रहेको जग्गा वडा नं ४ र ७ का स्थानीयले आआफ्नै भनेर दाबी गर्दै आएको छन्”, अध्यक्ष धामीले भन्नुभयो, “जग्गा विवाद समाधान नहुँदा तालको उचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धनमा पालिकाले केही गर्न सकिरहेको अवस्था छैन ।”

वडाध्यक्ष धामीका अनुसार जग्गाधनीले गाउँपालिकाले नीतिगत रूपमा निर्णय गरेर आफूलाई मुआब्जा दिएर व्यवस्थित गर्नुपर्ने अडान राख्दै आएका छन् ।

यस्तै, खप्तड छेडेदह–७ का वडाध्यक्ष खगेन्द्र रावतले स्थानीयबीच पहिलेदेखिकै विवाद रहेको भन्दै समाधानका लागि अघिल्लो कार्यकालबाट नै पहल गरिरहेको भए पनि नसकिएको बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष बिशुदेवी नाथले गाउँपालिकाकै नामकरण गरिएको यो ताल संरक्षण गर्न नसके भविष्यमा अस्तित्व सङ्कटमा पर्ने जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले जग्गा विवाद समाधान गर्न नसक्दा पहिरो रोकथाम र संरक्षणका लागि काम गर्न नसकिएको बताउनुभयो । यसअघि वडाध्यक्षमार्फत सम्बन्धित वडाका स्थानीयसँग छलफल सुरु गरे पनि समाधान नहुँदा अब केही दिनमै सबै पक्षको सहभागितामा व्यापक छलफल गरी निष्कर्षमा पुग्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

“ताल आसपासको जग्गा नापेर आफूहरूले मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ”, उहाँले भन्नुभयो, “जग्गा विवादकै कारण तालको अस्तित्व सङ्कटमा पर्ने जोखिम छ, अब विवादभन्दा पनि सहयोग र समन्वय गरेर निर्णायक छलफल गरी संरक्षण र प्रवर्द्धनमा जुट्नुपर्छ ।”

यस्तै, अध्यक्ष रावतकाअनुसार उक्त तालमा पूर्वाधार निर्माणका लागि स–सानो बजेट पालिका र प्रदेशबाट बर्सेनि यसअघि ताल नजिकै पुगेको पहिरो नियन्त्रणका लागि पालिकाले डिपिआर गरेको छ तर जग्गा विवादकै कारण तालको डिपिआर हुन नसकेको उहाँको भनाइ छ ।

तालको अवलोकनका लागि बझाङ, अछामलगायतका जिल्लाबाट समेत पर्यटकहरू पुग्ने गरेका छन् । यो ताल बझाङ नजिकै अर्थात् मार्तडी थामलेख तथा खप्तड–जयबागेश्वरी–डोगडी–मार्तडी सडकखण्डको छेउमै पर्छ ।

रारा खप्तड पैदल यात्रासँगै जोडिएकाले तालको महिमा अझ बढी छ । तर संरक्षण अभावमा ओझेलमा छ । छेडेदह तालको महत्व केवल प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन । धार्मिक आस्थाले पनि प्रसिद्ध छ । तालकै छेउमा खापर मन्दिर छ ।

ताललाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके बाजुराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको स्थानीय गणेश बुढाले बताउनुभयो ।

पर्यटकलाई आकर्षित गर्न तालसम्म पुग्ने सडक तथा पदमार्गको स्तरोन्नति, सुरक्षित पैदलमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय, सूचना बोर्ड र फोहर व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार आवश्यक छन् ।

त्यसैगरी तालको प्राकृतिक स्वरूपमा असर नपर्नेगरी पर्यटकीय संरचना निर्माण गर्नुपर्ने देखिन्छ । तालको संरक्षणका लागि दीर्घकालीन गुरुयोजना निर्माण गरी बजेट तथा कार्यक्रमको व्यवस्था गर्न राज्यको पनि ध्यान जान जरुरी छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण छेडेदह ताल अहिले संरक्षण, व्यवस्थित विकास र प्रवर्द्धनको पर्खाइमा छ ।

पहिरो नियन्त्रण गर्दै यसको प्राकृतिक पहिचान जोगाउन सम्बन्धित निकायले समयमै ध्यान दिनसके यो ताल जिल्लाकै पर्यटन विकास र स्थानीय समृद्धिको महत्त्वपूर्ण आधार बन्न सक्ने देखिएको छ ।

अघिल्लो समाचार

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध
समाचार

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

२३ कात्तिक २०८३,
पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो
समाचार

पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

२३ कात्तिक २०८३,
कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग
फिचर-ब्यानर

कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

२३ कात्तिक २०८३,
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
आवाज

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

२३ कात्तिक २०८३,
बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा
फिचर-ब्यानर

बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

२३ कात्तिक २०८३,
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
खेलमैदान

एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित

२३ कात्तिक २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

संरक्षणको अभावमा छेडेदह ताल

संरक्षणको अभावमा छेडेदह ताल

२३ कात्तिक २०८३,
सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

२३ कात्तिक २०८३,
पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

२३ कात्तिक २०८३,
कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

२३ कात्तिक २०८३,
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

२३ कात्तिक २०८३,
बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

२३ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन