• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, २३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    संरक्षणको अभावमा छेडेदह ताल

    संरक्षणको अभावमा छेडेदह ताल

    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

    पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

    पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

    कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

    कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

    किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

    बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    संरक्षणको अभावमा छेडेदह ताल

    संरक्षणको अभावमा छेडेदह ताल

    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

    पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

    पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

    कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

    कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

    किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

    बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ कात्तिक २०८३,
0
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अर्घाखाँची, २३ कात्तिक : नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ ।

परम्परागत बाजाको गुञ्जन, आकर्षक भेषभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत गरिने यो नाचले नेवार समुदायको सांस्कृतिक विरासतलाई मात्र होइन, जिल्लाको सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई समेत उजागर गर्दै आएको छ ।

पुस्तौँदेखि संरक्षण हुँदै आएको भैरव नाच अर्घाखाँचीका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायको साझा सांस्कृतिक पहिचान हो । सन्धिखर्क नगरपालिका–१ को पटुवाथुम, वडा नं १२ को डिभर्ना तथा भूमिका स्थान नगरपालिका–८ को नुवाकोट र लात्तेबाँजमा बसोबास गर्ने नेवार समुदायले फरकफरक वर्षमा यो नाच निकाल्ने परम्परा कायम राखेका छन् । यसवर्ष भूमिकास्थान–८ को नुवाकोट भैरव समाजले नाच प्रदर्शन गरेको छ । नेवा समाज अर्घाखाँची–रुपन्देहीले बुटवलमा समेत यसको प्रदर्शन गरेको छ । दुवै समाजले सन्धिखर्कलगायत विभिन्न स्थानमा भैरव नाच देखाएका छन् ।

भैरव नाचको आफ्नै धार्मिक विधि र समय सीमा छ । अर्घाखाँचीमा श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने यो नाच कात्तिक औँसीसम्म प्रदर्शन गर्ने चलन छ । अर्घाखाँची भैरव नाच संरक्षण समितिका संयोजक राजकुमार श्रेष्ठका अनुसार देउसी–भैलोको मादल बज्नुअघि नै भैरव नाच विसर्जन गरिसक्नुपर्ने स्थानीय मान्यता छ । यसले नाचलाई सामान्य मनोरञ्जनभन्दा माथि उठाएर धार्मिक आस्था र परम्परागत अनुशासनसँग जोडेको छ ।

भैरव नाचमा काल भैरव मुख्य पात्रका रूपमा प्रस्तुत हुन्छन् भने श्वेत भैरव र रक्त भैरव सहायक पात्रका रूपमा रहन्छन् । उनीहरूसँगै डंकिनी अर्थात् नर्तकीको भूमिका पनि महत्वपूर्ण हुन्छ । पात्रअनुसार फरक रङ, शृङ्गार र पहिरन प्रयोग गरिन्छ । भैरवको स्वरूप धारण गर्ने कलाकारलाई परम्पराअनुसार ख्वापः अर्थात् खप्पर, विशेष कपडा, माला र चमरले सजाइन्छ । चमरका रूपमा चौँरी गाईको पुच्छर प्रयोग गर्ने चलनसमेत रहेको छ ।

यी भेषभूषा र शृङ्गारले नाचलाई दृश्यात्मक रूपमा आकर्षक बनाउनुका साथै पात्रको धार्मिक महत्व पनि झल्काउँछन् । समयक्रममा शृङ्गारका सामग्रीमा केही परिवर्तन र नयाँ सामग्रीको प्रयोग भए पनि यसको मौलिक स्वरूप र धार्मिक मान्यता जोगाउनुपर्नेमा समुदाय सचेत छ । भैरवको स्वरूपमा सजिएका कलाकारलाई भगवानको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको संयोजक श्रेष्ठ बताउनुहुन्छ । नाच सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार पूजा गरिन्छ र त्यसपछि निर्धारित ताल तथा परम्पराअनुसार प्रस्तुति अगाडि बढाइन्छ ।

यस नाचको अर्को विशिष्ट पक्ष सात तालको लय हो । सामान्यतया सात तालसम्म नाचिने भैरव नाचमा प्रत्येक तालको गति र प्रस्तुति फरक हुन्छ । अर्घाखाँची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठका अनुसार एउटा ताल करिब १० मिनेटसम्म चल्ने गर्छ । त्यसपछि छोटो विश्राम लिएर अर्को ताल सुरु गरिन्छ । सातवटै तालको आफ्नै विशेषता हुने भएकाले नर्तक र बाजा बजाउने कलाकारबीचको तालमेलले नाचलाई थप आकर्षक बनाउँछ ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार भैरव नाचमा खीं बाजा अर्थात् मिर्दुङ मुख्य बाजाका रूपमा प्रयोग गरिन्छ । यसका अतिरिक्त झुर्मा अर्थात् झ्याली, सहनाई र धंकुरीलगायतका बाजा बजाइन्छन् । यी बाजाको विशिष्ट धुनसँगै नर्तकको चाल र ताल मिल्दा नाचको मौलिकता झल्किन्छ । मुख्य बाजा बजाउने व्यक्ति नेवार समुदायका हुने परम्परा रहे पनि सहायक वाद्यवादकका रूपमा अन्य समुदायका व्यक्तिसमेत सहभागी हुने गरेका छन् । यसले समुदायबीचको सांस्कृतिक सहकार्यलाई समेत अभिव्यक्त गरेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

भैरव नाचमा धार्मिक तथा तान्त्रिक विधिलाई विशेष महत्त्व दिइन्छ । स्थानीय जनविश्वासअनुसार पाँचौँ र छैटौँ तालमा तान्त्रिक विद्यामा निपूर्ण व्यक्तिमा भैरव उत्रिने गर्छन् । यस्तो अवस्थामा नर्तक मात्र नभई दर्शकसमेत काम्ने गरेको विश्वास स्थानीयमा छ । विधि र पूजामा त्रुटि भए क्षति हुन सक्ने मान्यता रहेकाले नाचको तयारीदेखि विसर्जनसम्म विशेष सावधानी अपनाइन्छ । यही विश्वास र अनुशासनले यस नाचलाई अन्य मनोरञ्जनात्मक प्रस्तुतिभन्दा अलग पहिचान दिएको छ ।

भैरव नाचको कार्यक्रममा धार्मिक प्रस्तुतिसँगै मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिन्छ । लाठी नाच अर्थात् टाकुनडोली, घोडा नाच, चरा नाच र लाहुरे–लाहुरेनी नाचजस्ता प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाउँछन् । यसबाट स्थानीय कलाकारले आफ्नो कला प्रदर्शन गर्ने अवसर पाउनुका साथै विभिन्न परम्परागत नृत्य र सीपको संरक्षणमा समेत सहयोग पुग्ने गरेको छ ।

सन्धिखर्क नगरपालिका–१ का माधव श्रेष्ठका अनुसार भैरव नाच नेवार समुदायको ऐतिहासिक तथा प्रचलित नाच भए पनि यसको लोकप्रियता समुदायको सीमाभन्दा बाहिरसम्म फैलिएको छ । सन्धिखर्कको टुँडिखेलमा आयोजना हुने भैरव नाच अवलोकन गर्न हजारौँ दर्शक उपस्थित हुने गरेका छन् । नाच हेर्न नेवार समुदायका अतिरिक्त अन्य समुदायका मानिसको समेत उल्लेख्य सहभागिता रहने गरेको छ ।

भैरव नाच पश्चिम नेपालका विभिन्न जिल्लामा प्रचलित छ । अर्घाखाँचीका अतिरिक्त पाल्पा, बागलुङ र दैलेखलगायतका क्षेत्रमा पनि यससँग सम्बन्धित परम्परागत नाच प्रदर्शन गरिन्छ । ठाउँअनुसार यसको शैली र प्रस्तुतिमा भिन्नता पाइन्छ । कतिपय स्थानमा कालिका नाच वा लाखे नाचका रूपमा समेत चिनिने यस्ता परम्पराले पश्चिम नेपालको सांस्कृतिक विविधता झल्काउँछन् । अर्घाखाँचीको भैरव नाच गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु र रुपन्देहीमा पनि लोकप्रिय रहेको भैरव नाच संरक्षण समितिका संयोजक श्रेष्ठ बताउनुहुन्छ ।

रोजगारी, व्यापार र अध्ययनका सिलसिलामा जन्मथलोबाट टाढा पुगेका समुदायले आफ्नो मौलिक संस्कृति जोगाउन गरेको प्रयास पनि उल्लेखनीय छ । यस वर्ष बुटवलमा नेवा समाज अर्घाखाँची–रुपन्देहीले गरेको भैरव नाच प्रदर्शन त्यसैको उदाहरण हो । यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक इतिहाससँग परिचित गराउनुका साथै विभिन्न स्थानमा रहेका समुदायबीच सम्बन्ध र आत्मीयता कायम गर्न सहयोग पु¥याउँछन् ।

यद्यपि बदलिँदो जीवनशैली, आधुनिक मनोरञ्जनका माध्यम र नयाँ पुस्ताको रुचिका कारण परम्परागत संस्कृतिको निरन्तरतामा चुनौती थपिँदै गएको छ । भैरव नाचलाई जीवन्त राख्न वर्षमा एकपटक प्रदर्शन गरेर मात्र पुग्दैन । यससँग सम्बन्धित धार्मिक विधि, सात तालको ज्ञान, बाजा बजाउने सीप, भेषभूषा तयार गर्ने कला र ऐतिहासिक पृष्ठभूमिबारे नयाँ पुस्तालाई सिकाउनु आवश्यक रहेको उहाँको तर्क छ ।

समुदायका ज्येष्ठ नागरिक तथा अनुभवी कलाकारसँग रहेको ज्ञानलाई लिखित, श्रव्यदृश्य र डिजिटल माध्यमबाट अभिलेखीकरण गर्न सके भविष्यका पुस्तालाई परम्परा हस्तान्तरण गर्न सहज हुनेछ । स्थानीय तह, सांस्कृतिक संस्था, नेवार समुदायका अगुवा र युवाबीच सहकार्य बढाएर विद्यालयस्तरमा स्थानीय संस्कृतिबारे जानकारी दिने तथा नियमित अभ्यास र प्रदर्शनका अवसर सिर्जना गर्न सकिन्छ ।

अर्घाखाँची प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र धार्मिकस्थलका साथै मौलिक संस्कृतिका दृष्टिले पनि महत्वपूर्ण जिल्ला हो । भैरव नाचको व्यवस्थित प्रचारप्रसार र संरक्षणले जिल्लाको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउन सक्छ । तर यसलाई पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा मात्र नभई धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको सम्पदाका रूपमा सम्मान गर्न आवश्यक रहेको बताइन्छ ।

काल भैरव, श्वेत भैरव र रक्त भैरवका विशिष्ट स्वरूप, सात तालको लय, परम्परागत बाजाको गुञ्जन र तान्त्रिक पूजाविधि भैरव नाचका पहिचान हुन् । पुस्तौँदेखि नेवार समुदायले जोगाउँदै आएको यो परम्परा आज अन्य समुदायको सहभागिता र समर्थनसमेत प्राप्त गर्दै अघि बढिरहेको छ । यसको संरक्षणले एउटा नाचको निरन्तरता मात्र होइन, अर्घाखाँचीको ऐतिहासिक पहिचान, सामाजिक सद्भाव र सांस्कृतिक विविधताको संरक्षणमा समेत योगदान पुर्याउनेछ ।

अघिल्लो समाचार

पशुपन्छीको बीमा गर्दै किसान

अर्को समाचार

तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

संरक्षणको अभावमा छेडेदह ताल
आवाज

संरक्षणको अभावमा छेडेदह ताल

२३ कात्तिक २०८३,
सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध
समाचार

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

२३ कात्तिक २०८३,
पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो
समाचार

पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

२३ कात्तिक २०८३,
कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग
फिचर-ब्यानर

कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

२३ कात्तिक २०८३,
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
आवाज

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

२३ कात्तिक २०८३,
बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा
फिचर-ब्यानर

बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

२३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

संरक्षणको अभावमा छेडेदह ताल

संरक्षणको अभावमा छेडेदह ताल

२३ कात्तिक २०८३,
सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

२३ कात्तिक २०८३,
पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

पटाकाको धुवाँले दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा, एक्यूआई ४१८ नाघ्यो

२३ कात्तिक २०८३,
कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको माग

२३ कात्तिक २०८३,
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

२३ कात्तिक २०८३,
बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

बाढी गएको साढे दुई महिना बित्दा पनि जोखिम उस्तै, हाकुबेँसीका १५६ परिवार विस्थापित हुनुपर्ने अवस्थामा

२३ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन