• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, २२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

    काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

    तिहारले चम्कायो धरान बजार, मिठाई र झिलीमिली बत्तीको व्यापार बढ्यो

    तिहारले चम्कायो धरान बजार, मिठाई र झिलीमिली बत्तीको व्यापार बढ्यो

    श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

    श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

    इजरायलमा सरकार गठनको जिम्मेवारी विपक्षी नेता आइजेनकोटलाई

    इजरायलमा सरकार गठनको जिम्मेवारी विपक्षी नेता आइजेनकोटलाई

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आज देशभरको मौसम कस्तो रहला ?

    सामूहिक नियम र अनुशासनले फेरियो पार्विक टोलको मुहार

    सामूहिक नियम र अनुशासनले फेरियो पार्विक टोलको मुहार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२१ कात्तिक २०८३,
0
हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

सिरहा। कुनै समय स्थानीयको वनभोज र घुमफिरमा सीमित लहान नगरपालिका–१५स्थित हात्तीदह सिमसार क्षेत्र पछिल्लो समय पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । सङ्घ, प्रदेश, स्थानीय तह र विभिन्न विकास साझेदारको लगानीमा सिमसार संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढेपछि यहाँ पर्यटकको आगमन र आर्थिक गतिविधि बढेको हो ।

सार्वजनिक बजेट र विकास साझेदारको सहयोगलाई सामुदायिक वन संरक्षण तथा पर्यापर्यटनसँग जोड्दा स्थानीय अर्थतन्त्रमा कस्तो परिवर्तन आउन सक्छ भन्ने उदाहरण हात्तीदह बनेको छ । पर्यटकको बढ्दो आगमनसँगै सामुदायिक वनको आम्दानी विस्तार भएको छ । स्थानीयले ई–रिक्सा सञ्चालन, साना व्यवसाय, वनस्टे र महिला उद्यमशीलतामार्फत आयआर्जनका अवसर पाएका छन् ।

हात्तीदह सिमसार कोइरालो खोला नमुना सामुदायिक वनभित्र चुरेको फेदीमा अवस्थित छ । विसं २०५७ मा हस्तान्तरण भएको यस सामुदायिक वनका ११९ घरधुरी उपभोक्ता आबद्ध छन् । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्रनारायण चौधरीका अनुसार वन हस्तान्तरण भएपछि उपभोक्ताले वन तथा सिमसार संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकासलाई पनि प्राथमिकता दिएका हुन् ।

उहाँले भन्नुभयो, “वन हस्तान्तरण भएपछि हामीले संरक्षणसँगै पर्यटन विकासलाई पनि प्राथमिकता दियौँ । वन तथा सिमसार संरक्षण, जलाशय व्यवस्थापन, बोटिङ, प्राणी उद्धार केन्द्र सञ्चालन र अन्य पर्यटकीय पूर्वाधार थपिँदै जाँदा आन्तरिक पर्यटकसँगै सीमावर्ती भारतीय पर्यटकको आगमन बढ्दै गएको छ ।”

वन समितिको विवरणअनुसार आव २०८१/८२ मा एक लाख २० हजार पर्यटक हात्तीदह पुगेका थिए । आव २०८२/८३ मा यो सङ्ख्या बढेर एक लाख ३५ हजार पुगेको छ । पर्यटकको आगमनसँगै वन समूहको आम्दानी पनि बढेको छ ।

आव २०८१/८२ मा कुल रु ६८ लाख २४ हजार ५८३ आम्दानी भएको थियो । आव २०८२/८३ मा यस्तो आम्दानी बढेर रु एक करोड २९ लाख ६४ हजार ३५० पुगेको छ । अघिल्लो वर्षको तुलनामा आम्दानी करिब ९० प्रतिशतले वृद्धि भएको हो । वन समितिका अध्यक्ष चौधरीका अनुसार वनस्टे र पार्किङ शुल्कजस्ता नयाँ आम्दानीका स्रोत थपिनु तथा पर्यटकीय गतिविधि विस्तार हुनु आम्दानी बढ्नुका प्रमुख कारण हुन् ।

अध्यक्ष चौधरीले वन समूहको आम्दानी र खर्च पारदर्शिताको लागि वार्षिक साधारणसभामार्फत उपभोक्तासमक्ष सार्वजनिक गर्ने गरिएको बताउनुभयो । आवश्यक खर्च कटाएर बाँकी रकम पर्यटन पूर्वाधार निर्माण तथा विकासका काममा लगानी गर्ने गरिएको उहाँको भनाइ छ । आव २०८२/८३ मा समूहले आफ्नै आम्दानीबाट करिब ३० लाख पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरेको जनाएको छ ।

बहुपक्षीय लगानीमा पूर्वाधार विकास
हात्तीदहको विकासमा सामुदायिक वनको आफ्नै स्रोतसँगै सरकारी निकाय र विकास साझेदारको लगानी जोडिएको छ । लहान नगरपालिकाले सडक स्तरोन्नति, खानेपानी तथा अन्य पूर्वाधारमा सहयोग गरेको छ । नगरपालिकाले आव २०८२/८३ मा हात्तीदह वनस्टेका लागि थप दुईकोठे भवन निर्माण गर्न रु २० लाख र सेल्फी ब्रिज निर्माणका लागि रु १० लाख विनियोजन गरेको थियो । वडाबाट विद्युतीकरण, खानेपानीका धारा तथा कल जडानका काम भएका छन् ।

तत्कालीन सांसद स्वर्गीय प्रदीप गिरीको संसदीय विकास कोषबाट विसं २०७९ मै खानेपानी ट्याङ्की निर्माणका लागि रु १० लाख सहयोग प्राप्त भएको थियो । बृहत् जलाधार व्यवस्थापन कार्यालय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले पनि वनभोजस्थल तथा जलाधार व्यवस्थापनका काममा सहयोग गरेका छन् ।

आव २०८२/८३ मा हात्तीदहको पर्यटन पूर्वाधार तथा संरक्षणका लागि विभिन्न निकायबाट पाँचवटा कार्यक्रममार्फत कुल रु ५२ लाख ३५ हजार ४७६ बराबरको सहयोग प्राप्त भएको थियो । जसमध्ये चुरे उत्थानशील आयोजनाबाट तारबार तथा झाडी सफाइका लागि रु १८ लाख ३३ हजार १३२, लहान नगरपालिकाबाट सौन्दर्यीकरणका लागि रु १९ लाख तीन हजार, डिभिजन वन कार्यालय लहानबाट कार्यक्रम कार्यान्वयनका लागि रु चार लाख ८९ हजार १३१, संरक्षण परियोजनाबाट पाहुना घर निर्माणका लागि रु सात लाख ३९ हजार ४६३ र राष्ट्रिय कृषक समूह महासङ्घमार्फत कृषि वन तथा वृक्षरोपणका लागि रु दुई लाख ७० हजार ७५० सहयोग प्राप्त भएको हो । वन समूहका अनुसार यी कार्यक्रम सम्पन्न भइसकेका छन् ।

नगर प्रमुख महेशप्रसाद चौधरीले आफू जिम्मेवारीमा आएदेखि नै हात्तीदहको विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हात्तीदहको विकासलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी स्थानीय रोजगारी, आयआर्जन र संस्कृति संरक्षणसँग पनि जोडेर अघि बढाएका छौँ । पर्यटकीय पूर्वाधार विस्तारसँगै आसपासका समुदायको जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ । वन समूहसँग आबद्ध करिब ४०० किसानलाई लक्षित गरी कृषि तथा आयआर्जनका कार्यक्रम अघि बढाएका छौँ भने महिला समूहलाई दुना–टपरी बनाउने मेसिन उपलब्ध गराएका छौँ ।”

लहान–१५का वडाध्यक्ष तेजनारायण चौधरीका अनुसार हात्तीदहको विकासमा वडा कार्यालयले पनि खानेपानी र विद्युत् सुविधालाई प्राथमिकता दिएको छ । सुरुमा सामान्य घुमफिर तथा वनभोजस्थलका रूपमा रहेको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय समुदाय, वन समूह र विभिन्न सरकारी निकायबीच सहकार्य हुँदै आएको उहाँले बताउनुभयो ।

वनस्टे र स्थानीय व्यवसायबाट रोजगारी
हात्तीदहमा पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा रोजगारी र व्यवसायका अवसर पनि विस्तार भएका छन् । वन समूहले सञ्चालन गरेको वनस्टे तथा क्यान्टिनमा १० जनाले काम पाएका छन् । तीमध्ये चार जना महिला छन् । वनस्टेमा स्थानीय परिकार, चिया–खाजा र खानाको सुविधा उपलब्ध छ ।

वन समूहकी कोषाध्यक्ष गीताकुमारी चौधरीका अनुसार वनस्टेमा प्रतिव्यक्ति रु ८५० मा चिया, खाजा, स्थानीय खाना र एक रातको बसाइको सुविधा दिइन्छ । यसबाट पर्यटकले स्थानीय थारू परिकार र संस्कृतिको अनुभव गर्न सक्ने तथा वन समूहको आम्दानीमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

वनस्टे निर्माणको पहिलो चरणमा गत आर्थिक वर्षमा दुई कोठा र शौचालयसहितको भवन निर्माण गरिएको थियो । त्यसका लागि रु ११ लाख ७३ हजार ३८३ खर्च भएको थियो । यसमध्ये परियोजनाबाट रु आठ लाख छ हजार ८८ र वन समूहको रु तीन लाख ६७ हजार २९५ लागत सहभागिता रहेको वन समितिले जनाएको छ ।

हात्तीदहमा पर्यटक ओसारपसार गर्ने ई–रिक्सा चालकदेखि आसपासका पसल, खाजाघर र कटेज सञ्चालकसम्मको व्यवसायमा पर्यटकको चहलपहलले प्रभाव पारेको छ । वन समूहका सचिव बद्री सदायका अनुसार लहान बजारदेखि हात्तीदहसम्म पर्यटक ओसार्न १०० भन्दाबढी स्थानीयले ई–रिक्सा सञ्चालन गर्दै आएका छन् ।

लहान–१५ शोभापुरका रामनाथ महतोले दैनिक हात्तीदह र लहान बजारबीच छ पटकसम्म ओहोरदोहोर गर्दा रिक्साबाट रु एक हजार ५०० सम्म आम्दानी हुने बताउनुभयो । यही आम्दानीले चार जनाको परिवारको खर्च चलाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

वन समूहका व्यवस्थापक दुर्गानन्द चौधरीले हात्तीदहको पर्यटकीय गतिविधिले आसपासका बासिन्दाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हात्तीदहमा पर्यटकको चहलपहल बढेसँगै आसपासका कटेज, खाजाघर र किराना पसलको व्यवसाय पनि बढेको छ । यी व्यवसाय जोड्दा करिब १०० जनाले प्रत्यक्ष रूपमा रोजगारी तथा आयआर्जनको अवसर पाएका छन् । पर्यटकको आगमनले स्थानीय उत्पादन र सेवाको माग बढाएको छ ।”

महिला उद्यमशीलता र थारू संस्कृतिको प्रवर्द्धन
हात्तीदहको पर्यापर्यटन विकासले स्थानीय महिलालाई साना उद्यममा जोड्ने अवसर सिर्जना गरेको छ । सिमसार क्षेत्रमा प्लास्टिक प्रयोग घटाउने तथा स्थानीय उत्पादनको प्रयोग बढाउने प्रयाससँगै महिला दुना–टपरी उत्पादनमा सक्रिय भएका छन् । सामुदायिक वनबाट प्राप्त साल तथा भोर्लाका पात प्रयोग गरी महिलाले घरमै दुना–टपरी उत्पादन गर्न थालेका हुन् ।

महिला समूहलाई उपलब्ध गराइएको मेसिनले उत्पादन बढाउन र बजारमा बिक्री गर्न सहज भएको समूहका महिलाको भनाइ छ । यसले स्थानीय स्रोतको उपयोग गर्दै महिलाको आयआर्जनमा सहयोग पु¥याएको छ ।

समूहकी एक सदस्य गीताकुमारी चौधरीले भन्नुभयो, “पहिले घरायसी काममा मात्रै सीमित थियौँ । अहिले वनबाट पाइने साल र भोर्लाका पात प्रयोग गरेर दुना–टपरी बनाउने गरेका छौँ । नगरपालिकाले मेसिन उपलब्ध गराएपछि उत्पादन गर्न सजिलो भएको छ । यसबाट आम्दानी हुनुका साथै घरखर्च र बालबालिकाको पढाइमा सहयोग पुगेको छ ।”

लहानस्थित अर्थशास्त्रका प्राध्यापक धरणीधर कोइरालाका अनुसार छरिएका सार्वजनिक बजेटलाई स्थानीय समुदायको सहभागितामा एकीकृत रूपमा परिचालन गर्दा दीर्घकालीन उपयोग हुने पूर्वाधार तथा उत्पादनशील सम्पत्ति निर्माण गर्न सकिन्छ । उहाँले अगाडि भन्नुभयो, “यस्तो लगानीले वातावरणीय संरक्षणसँगै स्थानीयस्तरमा हरित रोजगारी र आयआर्जनका अवसर सिर्जना गरी समावेशी आर्थिक समृद्धिमा योगदान पु¥याउन सक्छ । हात्तीदहको विकासले सार्वजनिक लगानी, सामुदायिक सहभागिता र स्थानीय उद्यमलाई जोड्न सके ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने सम्भावना देखाएको छ ।”

अघिल्लो समाचार

विपी राजमार्गः जाइकाले सुरु गर्यो पुनःनिर्माण

अर्को समाचार

तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै देशभर सुरक्षा व्यवस्था कडा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै
समाचार

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

२२ कात्तिक २०८३,
तिहारले चम्कायो धरान बजार, मिठाई र झिलीमिली बत्तीको व्यापार बढ्यो
समाचार

तिहारले चम्कायो धरान बजार, मिठाई र झिलीमिली बत्तीको व्यापार बढ्यो

२२ कात्तिक २०८३,
श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा
समाचार

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

२२ कात्तिक २०८३,
इजरायलमा सरकार गठनको जिम्मेवारी विपक्षी नेता आइजेनकोटलाई
अन्तर्राष्ट्रिय

इजरायलमा सरकार गठनको जिम्मेवारी विपक्षी नेता आइजेनकोटलाई

२२ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आज देशभरको मौसम कस्तो रहला ?

२२ कात्तिक २०८३,
सामूहिक नियम र अनुशासनले फेरियो पार्विक टोलको मुहार
समाचार

सामूहिक नियम र अनुशासनले फेरियो पार्विक टोलको मुहार

२२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै देशभर सुरक्षा व्यवस्था कडा

तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै देशभर सुरक्षा व्यवस्था कडा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

२२ कात्तिक २०८३,
तिहारले चम्कायो धरान बजार, मिठाई र झिलीमिली बत्तीको व्यापार बढ्यो

तिहारले चम्कायो धरान बजार, मिठाई र झिलीमिली बत्तीको व्यापार बढ्यो

२२ कात्तिक २०८३,
श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

२२ कात्तिक २०८३,
इजरायलमा सरकार गठनको जिम्मेवारी विपक्षी नेता आइजेनकोटलाई

इजरायलमा सरकार गठनको जिम्मेवारी विपक्षी नेता आइजेनकोटलाई

२२ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

आज देशभरको मौसम कस्तो रहला ?

२२ कात्तिक २०८३,
सामूहिक नियम र अनुशासनले फेरियो पार्विक टोलको मुहार

सामूहिक नियम र अनुशासनले फेरियो पार्विक टोलको मुहार

२२ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन