• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

    सरकार आयो, युवा गए

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

    सरकार आयो, युवा गए

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२० कात्तिक २०८३,
0
परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री
3
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बनेपा (काभ्रे), २० कात्तिकः तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् ।

पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त हुनुहुन्छ । परदेशमा १७ वर्ष बिताएर फर्किनुभएका उहाँले पाँच रोपनीबाट सुरु गरेको फूलखेती अहिले १४ रोपनीमा विस्तार गर्नुभएको छ ।

नौ वर्षअघि स्वदेश फर्किएको दुई–तीन वर्ष खासै काम गर्नुभएन तर घरमै निष्क्रिय भएर बस्न सहज नलागेपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले उहाँले कृषि व्यवसाय रोज्नुभयो । यसमा परिवारबाट पनि पूर्ण साथ र सहयोग प्राप्त भयो ।

पाँच वर्षअघि कृषि व्यवसाय सुरु गर्नुभएका उहाँले सुरुका दुई वर्ष गोलभेँडा र काँक्रोखेती गर्नुभयो । तरकारीखेतीबाट अनुभव बटुल्नुभएका उहाँले पछि फूलखेतीको सम्भावना देख्नुभयो । दसैँ र तिहारजस्ता पर्वमा सयपत्री फूलको माग हुने भएकाले त्यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने सोच बनाउनुभयो । सोही सोचअनुसार पाँच रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गर्नुभयो ।

पहिलो वर्षको उत्पादन र बिक्रीको अनुभवले उहाँलाई यस व्यवसायमा अघि बढ्न थप हौसला मिल्यो । सुरुमा सीमित क्षेत्रफलमा गरिएको खेतीलाई विस्तार गर्दै अहिले १४ रोपनीमा पु¥याउनुभएको छ । उहाँले जापानी र थाई जातका हाइब्रिड सयपत्री फूल लगाउनुभएको छ ।

फूलखेतीका लागि बिरुवा रोप्ने काम साउन महिनादेखि सुरु हुन्छ । रोपेको करिब तीन महिनामा फूल बिक्रीका लागि तयार हुने उहाँले बताउनुभयो । दसैँ र तिहारमा फूलको खपत बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर खेती व्यवस्थापन गर्दै आउनुभएको छ ।

फूलको मौसम सकिएपछि उहाँ खेतबारी खाली राख्नुहुन्न । सयपत्री फूलको बिक्रीको समय सकिएपछि अन्य सागसब्जी तथा तरकारी लगाउने गर्नुहुन्छ । एउटै खेतीमा मात्र निर्भर नभई वर्षभरि जमिनको उपयोग गर्ने उहाँको अभ्यास छ । घिमिरेको फूलखेतीले उहाँलाई मात्र होइन, अन्य व्यक्तिलाई पनि रोजगारी दिएको छ । खेतीमा १० जना कामदार संलग्न छन् । फूल रोप्ने, गोडमेल गर्ने, स्याहार गर्ने र टिप्ने काममा उनीहरूको सहयोग लिने गरिएको छ ।

गत वर्ष करिब छ हजार किलो फूल उत्पादन गर्नुभएका घिमिरेले बिक्रीबाट खर्च कटाउनुअघि करिब रु १८ लाख आम्दानी गर्नुभएको थियो । यसवर्ष पनि फूलको उत्पादन राम्रो भएको उहाँले बताउनुभयो । तर उत्पादन राम्रो हुँदैमा आम्दानी सुनिश्चित नहुने उहाँको अनुभव छ । बजारको माग र मूल्यले किसानको आम्दानी निर्धारण गर्ने भएकाले उहाँ अहिले फूल बिक्रीको उचित समय पर्खिरहनुभएको छ ।

यस वर्ष तिहार केही ढिलो परेकाले फूलको बिक्री र मूल्यमा असर पर्न सक्ने उहाँको अनुमान छ । उत्पादन राम्रो भए पनि तत्कालै सबै फूल बिक्री नगरी तिहारको मुखमा मूल्य बढ्ने आशासहित बजारको अवस्था पर्खिरहेको उहाँले बताउनुभयो । यस वर्ष फूलको मूल्य प्रतिकिलो करिब रु २५० पुग्ने उहाँको अपेक्षा छ । “उत्पादन राम्रो भएको छ । अब बजारले कस्तो मूल्य दिन्छ भन्ने भोलिको कुरा हो । हतार गरेर फूल बिक्री गरेको छैन । तिहारको मुखमा राम्रो भाउ आउछ कि भन्ने आशा छ”, उहाँले भन्नुभयो ।

किसानका लागि उत्पादन गर्नु एउटा पक्ष हो भने उत्पादित वस्तु उचित मूल्यमा बिक्री गर्नु अर्को चुनौती हो । फूलको उत्पादन राम्रो भए पनि बजारमा माग र मूल्य कस्तो हुन्छ भन्ने कुरा पहिल्यै निश्चित गर्न सकिँदैन । पर्वको समयमा एकैपटक धेरै किसानको उत्पादन बजारमा पुग्ने भएकाले मूल्यमा उतारचढाव हुन सक्ने जोखिम रहने उहाँको अनुभव छ । किसानले उत्पादन गरेको फूलको बजार सुनिश्चित हुनसके व्यवसायलाई थप व्यवस्थित बनाउन सहज हुने उहाँले बताउनुभयो ।

स्वदेशमै फूल उत्पादन भइ रहेका बेला विदेशबाट फूल आयात हुने गरेकोप्रति उहाँको असन्तुष्टि छ । नेपाली किसानले उत्पादन गरेका फूललाई प्राथमिकता दिनसके स्वदेशी उत्पादनको बजार विस्तार हुने र किसानलाई थप प्रोत्साहन मिल्ने उहाँले भन्नुभयो । विशेषगरी तिहारका बेला स्वदेशी फूलको माग र खपत बढाउनसके स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने उहाँको अपेक्षा छ । “स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिएर विदेशबाट फूल आयात नगर्ने हो भने किसानलाई धेरै राहत हुन्थ्यो”, उहाँले भन्नुभयो ।

विदेशमा लामो समय बिताएर फर्किनुभएका घिमिरे अहिले आफ्नै गाउँमा कृषि व्यवसायमा रमाउनुभएको छ । उहाँका लागि फूलखेती आम्दानीको माध्यम मात्र बनेको छैन, काम गर्ने इच्छा र अनुभवलाई आफ्नै माटोमा उपयोग गर्ने अवसर समेत बनेको छ । फूलको मौसममा सयपत्री र अन्य समयमा सागसब्जी तथा तरकारी उत्पादन गर्दै उहाँले वर्षभरि खेतबारीलाई व्यस्त राख्नुभएको छ ।

कृषि व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका उहाँ अहिले उत्पादनसँगै बजारको अवस्थालाई पनि उत्तिकै महत्व दिनुहुन्छ । मिहेनत गरेर उत्पादन गरेको फूलले उचित मूल्य पाउनसके किसानलाई यस क्षेत्रमा टिकिरहन सहज हुने उहाँको विश्वास छ । स्वदेशमै उत्पादन र बजारीकरणको वातावरण बन्न सके पुष्पखेतीले किसानको आम्दानी बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सक्ने उहाँको अनुभव छ ।

अघिल्लो समाचार

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

अर्को समाचार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने
आवाज

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

२० कात्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२० कात्तिक २०८३,
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

२० कात्तिक २०८३,
सरकार आयो, युवा गए
आवाज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

२० कात्तिक २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

२० कात्तिक २०८३,
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
आवाज

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

२० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सरकार आयो, युवा गए

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

२० कात्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२० कात्तिक २०८३,
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

२० कात्तिक २०८३,
सरकार आयो, युवा गए

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

२० कात्तिक २०८३,
परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

२० कात्तिक २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

२० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन