• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

    शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

    कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै

    खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२८ अशोज २०८३,
0
शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामुदायिक विद्यालयका शिक्षकको सरुवा प्रक्रियामा तीन वर्षको बाध्यकारी अवधि घटाएर एक वर्ष कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ मार्फत शिक्षा नियमावली, २०५९ को नियम ९९ संशोधन गर्दै शिक्षक सरुवासम्बन्धी व्यवस्थामा फेरबदल गर्न लागिएको हो।

प्रस्तावित व्यवस्थाअनुसार स्थायी सेवा अवधि एक वर्ष पूरा भएका र अनिवार्य अवकाश हुन एक वर्षभन्दा बढी समय बाँकी रहेका शिक्षकले एउटा सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवाका लागि निवेदन दिन सक्नेछन्।

यसअघि सामान्य अवस्थामा सरुवाका लागि तीन वर्षको अवधि पूरा गर्नुपर्ने व्यवस्था रहेकामा संशोधनमार्फत उक्त अवधि घटाएर एक वर्षमा झार्न प्रस्ताव गरिएको छ।

यसले सरुवा चाहने शिक्षकलाई तुलनात्मक रूपमा छिटो अवसर उपलब्ध गराउनेछ। यद्यपि, एक वर्ष पूरा हुँदैमा सरुवा स्वतः हुने भने होइन। सरुवाका लागि सम्बन्धित प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्नेछ।

पारस्परिक सरुवामा पनि एक वर्ष

नयाँ संशोधनको प्रस्तावले दुई शिक्षक वा दुई विद्यालयबीच हुने पारस्परिक सरुवालाई पनि समेटेको छ। यस्तो सरुवाका लागि निवेदन दिने शिक्षकको कम्तीमा एक वर्ष सेवा अवधि बाँकी हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यसअघि पारस्परिक सरुवामा पनि तीन वर्षको बाध्यकारी अवधि रहेकोमा त्यसलाई घटाएर एक वर्षमा झार्न लागिएको हो। यस व्यवस्थाले आपसी सहमतिमा विद्यालय परिवर्तन गर्न चाहने शिक्षकलाई सहजता दिन सक्नेछ।

अपाङ्गता भएका र गर्भवती शिक्षकलाई पहिलो प्राथमिकता

सरुवाका लागि प्राप्त निवेदनमाथि विचार गर्दा मानवीय तथा विशेष अवस्थालाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।
प्रस्तावित नियमअनुसार निम्न अवस्थाका शिक्षकलाई सरुवामा पहिलो प्राथमिकता दिइनेछ

‘ख’ र ‘ग’ वर्गका अपाङ्गता भएका शिक्षक।

अरूको सहाराबिना हिँडडुल गर्न नसक्ने फरक क्षमता भएका शिक्षक।

गर्भवती महिला शिक्षक।

दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिला शिक्षक।

अन्य सामान्य शिक्षकको हकमा भने विद्यालयले नै प्राथमिकताक्रम निर्धारण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

विशेष अवस्थामा अवधि नपुगे पनि सरुवाको सुविधा

प्रस्तावित संशोधनले विशेष अवस्थालाई पनि स्पष्ट पारेको छ। स्थायी विपद्मा परेका शिक्षक, आकस्मिक वा आपत्कालीन परिस्थितिका कारण ज्यान जोगाउनुपर्ने अवस्था भएका शिक्षक तथा पति वा पत्नी, छोराछोरी वा आमाबुवालाई गम्भीर बिरामीका कारण निरन्तर हेरचाह गर्नुपर्ने अवस्थालाई विशेष परिस्थितिमा समेटिएको छ।

यस्तो अवस्थामा सम्बन्धित व्यक्तिको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सक वा मानसिक स्वास्थ्य विशेषज्ञबाट प्रमाणित भएको हुनुपर्ने व्यवस्था उल्लेख छ।

त्यसैगरी, सरकारले तोकेको कडा रोग लागेका वा मेडिकल बोर्डले सिफारिस गरेका फरक क्षमता भएका शिक्षकले पनि विशेष व्यवस्थाअनुसार सरुवाको सुविधा पाउने प्रस्ताव गरिएको छ।

साविकको एउटा व्यवस्था हटाउने प्रस्ताव

शिक्षा नियमावलीको नियम ९९ मा संशोधन गर्दा साविकको उपनियम ९१५० हटाउन पनि प्रस्ताव गरिएको छ। यससँगै शिक्षक सरुवासम्बन्धी विद्यमान व्यवस्थामा थप फेरबदल हुने देखिन्छ।

Previous Post

कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै

Next Post

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ
फिचर-ब्यानर

बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

२८ अशोज २०८३,
अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

२८ अशोज २०८३,
बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो
आर्थिक

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

२८ अशोज २०८३,
कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै
समाचार

कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै

२८ अशोज २०८३,
खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान
समाचार

खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

२८ अशोज २०८३,
दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

Load More
Next Post
बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In